एजेन्सी : पाकिस्तानको चर्चमा आइतबार दिउँसो भएको आक्रमण परी कम्तीमा १० जनाको ज्यान गएको छ । लाहोरको रोम क्याथोलिक र क्राइस्ट चर्चमा गरिएको बम आक्रणमा कम्तिमा अन्य ४० जना मानिस घाइते भएका छन् ।
यी दुबै आक्रमणमा ईसाई समुदायलाई आक्रणको तारो बनाइएको पाकिस्तानी प्रहरीले जनाएको छ । लाहोरको योहनावाद ईसाई धर्मावलम्बीको बाक्लो बसोबास भएको सहर हो । त्यहाँ ईसाईहरुमाथि निरन्तर आक्रमण भइरहेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आक्रमणपछि भीडले दुईजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका दुबैजनाबाट हतियार र विस्फोटक पदार्थ समेत भेटिएको छ ।
नियन्त्रणमा लिइएका दुबैजनासँग प्रहरीले सोधपुछ थालेको छ । यसभन्दा अघि पनि पटक पटक पाकिस्तानमा ईसाईहरुमाथि आक्रमण हुने गरेको छ ।
___________
सबैले पाकिस्थान र त्यहाँको इसाइहरूको निम्ति प्रार्थना गरौँ ।
73 Views