Thursday, July 19, 2018

आत्मीकी दियोहरु निभ्दैछन् ! – सिमोन राई

July 7, 2015 10:42 am by: Category: Sermons A+ / A-

दियो भनेको त्यो हो जसले आफु रित्तिएर अरुलाई प्रकाश दिने काम गर्छ ।

अन्धकारमा भौतारी रहेकाहरुलाई बाटो देखाउने काम गर्छ । जसले गर्दा बाटो बिराई रहेकाहरुका निम्ति एउटा नयाँ आशा बन्न सक्छ । दुःख कष्टमा छट्पटिएकाहरुको निम्ति सान्त्वनाको मलम बन्न सक्छ । शोक र उदासले भरिएको जीवनमा खुशी र उमंग ल्याउन सक्छ । अन्धकारलाई छिचोल्दै झिसमीसे उज्यालोमा घामको किरण छरिए झै हरेकको जीवनमा त्यो बिहानी आउन सक्छ । तर जब दियो आफै निभ्दै छन् भने कसरी प्रकाश दिन सक्छ ? कसरी अरुको निम्ति उदाहरण बनेर बाटो देखाउन सक्छ ? कसरी एउटा आशा बनेर खुशी र उमंगसँगै त्यो बिहानी ल्याउन सक्छ ?

त्यसकारण पवित्र आत्माको साहायताले बल्ने यस्ता आत्मीकी दियोहरु प्रति सम्बेदनशील बन्न जरुरी देखिन्छ । किनकी यो आजको आवश्यकता हो नयाँ पुस्ताहरुको निम्ति, जोहरु साँच्चिनै दिन प्रति दिन आत्मीकी जीवनमा कम्जोर बन्दै जादैछन् र एउटा छुट्टै मार्ग पट्टि लम्किदै छन् । पहिल्याउनु पर्ने बाटो छोडेर अन्तै डोर्याईन्दै छन् । त्यस कारण बेलैमा सचेत नभए अबको नयाँ गोठालाहरुले धेरै चुनौतीहरुको सामना गर्नु पर्ने छ ।

पावलले भनेका छन् “तपाईंहरु आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस् । पवित्र आत्माले तापाईंहरुलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाहा तपाईंहरु गर्नुहोस् । किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा ब्वाँसाहरु तिमीहरुका माझमा पस्नेछन्, जसले बगाललाई बाँकी राख्नेछैनन् ।” (प्रेरित २०:२८,२९) 

आजको मण्डलीमा त्यस्ता धेरै ब्वाँसाहरु पसि सकेका छन् । प्रत्येक भेडाहरुका आत्मामा कम्जोर बनाई रहेका छन् । जसले गर्दा परमेश्वरको ब्यवस्थालाई भन्दा संसारिक आवश्यकतालाई पहिलो प्राथमिकता दिईदै छ । त्यस्ता डरलाग्दा ब्वाँसाहरुले आज एउटा भोली अर्को पर्सि अर्कै गर्दै दिन–दिनै प्रभु येशूले अमुल्य रगत बगाएर किनिएका भेडाहरु हराउदै जाँदा बगालका जिम्मावल गोठालाहरु भने आफ्नो पद र ओहदा खोज्दै ठिक्क भएको छ । बगाललाई आवश्यक पर्ने आत्मीकी खुरागहरु पस्किन सकेका छैनन् । आत्मीकी शरीरलाई आवश्यक पर्ने ताजा भोजन जुटाउन सकेका छैनन् । जसो–तसो आत्म विश्वास जुटाएर खडा भएका व्यक्ति पनि जिम्मावालको चरित्र र व्यवहार देखेर पानी नपाएका फुल चर्को घाममा ओईलाए झै भएको छ ।

प्रभु येशूले मत्ती २४ अध्यमा भन्नु भएको कुरा भलै महा संकष्टको लागी होला तर आजको मण्डलीमा पुरा भई रहेको छ । “दुष्टता बढेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ ।” (मत्ती २४:१२) त्यसै कारण मण्डलीमा आत्मीकी दियोहरु निभ्दैछन् । त्यस्ता दियोहरुको संरक्षण कसले गर्ने त ? के यो काम ती जिम्मा लिने गोठालाहरुका होईनन् ? के यो काम ती अगुवाहरुका होईनन् जसले पुल्पिटमा खडा भएर “म प्रभुको दास” भन्छन् ? सायद ती जिम्मावालहरुले ख्रीष्ट येशूले दिनु भएको त्यो अन्तिम आदेशलाई बिर्से जस्तो छ । “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ, मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ ।” (मत्ती २८:१९,२०)

आज हरेक जिम्मावालहरुले निभ्दै गरेको दियोमा आत्मीकी तेल हाल्दै दियो बाल्ने पावलसँग सिक्नु पर्छ कि कसरी आत्मीकी दियोहरुको संरक्षण गर्नु पर्छ ? यसबारेमा सम्बन्धित सबैको ध्यानाकर्षण होस् ।

सिमोन राई
काठमाण्डौ, बाँसवारी 

605 Views

प्रतिक्रियाहरू

आत्मीकी दियोहरु निभ्दैछन् ! – सिमोन राई Reviewed by on . दियो भनेको त्यो हो जसले आफु रित्तिएर अरुलाई प्रकाश दिने काम गर्छ । अन्धकारमा भौतारी रहेकाहरुलाई बाटो देखाउने काम गर्छ । जसले गर्दा बाटो बिराई रहेकाहरुका निम्ति दियो भनेको त्यो हो जसले आफु रित्तिएर अरुलाई प्रकाश दिने काम गर्छ । अन्धकारमा भौतारी रहेकाहरुलाई बाटो देखाउने काम गर्छ । जसले गर्दा बाटो बिराई रहेकाहरुका निम्ति Rating: 0
scroll to top