Monday, April 23, 2018

मानिसको जिब्रो

July 7, 2015 11:15 am by: Category: Articles A+ / A-

10329956_290627884429677_7604301935167539037_oआज म हाम्रो शरिरको अङ्ग मध्य एउटा (जिब्रो) को बारेमा भन्न गहिरहेको छु , साच्चै यो अङ्ग हेर्दा सानो भए पनि यसबाट ठुला ठुला कुराहरु हुन सक्छ । यसलाई एउटा आगोको झिल्कासँग तुलना गर्न सकिन्छ जसरी आगोको सानो झिल्काले ठुलो बन नै स्वाहा पार्न सक्छ त्यसरी नै जिब्रोले पनि हाम्रो सारा शरिर नै दुषित पार्न सक्छ र जीवनको सारा क्रममा नै आगो सल्काइदिन्छ र नरकको आगोमा त्यो जल्न सक्छ ।

यो जिब्रोद्धारा नै सृष्टिको हरेक किसिमको पशुपक्षी, जीवजन्तु र मानिसहरुलाई नै तह लगाउन सकिन्छ । तर मानिसले जिब्रोलाई तह लगाउन सकिदैन । हामी ख्रीष्टमा विश्वास गर्नेहरुका लागि यो अत्यन्त महत्वपूर्ण अङ्ग हो । किनकी यसले नै हामीलाई असल पनि बनाउँछ र खराब पनि बनाउँछ । यो एकदम शक्तिशाली हुन्छ । यही जिब्रोद्धारा हामी परमेश्वरलाई प्रशंशा दिन्छौ र मिठो मिठो कुरा गर्छो र यही जिब्रोले फेरि परमेश्वरको स्वरुपमा बनेका मानिसहरुलाई हामी सराप्दछौ त्यसैले यही जिब्रोद्धारा हाम्रो मुखबाट आर्शीबाद र सराप दुइवटै कुराहरु निस्कन्छ त्यसैले हामीहरुले यसलाइृ कसरी चलाएका छौ । त्यो हामी विचार गरौ ।

परमेश्वर हामीबाट के चाहानुहुन्छ त्यो त हामी सबैलाइृ थाहा नै छ त्यसैले हामीलाई दिनु भएको यो अङ्गद्धारा हामी उहाँलाई नै प्रशंशा चढाउने हौ र एक अर्कामा शान्तिमा रहौ । याकूब ३:२–१२

जिब्रोको शक्तिको एउटा सानो उदाहरणः

एक दिन जिब्रो र दाँतहरुको झगडा परेछ र भनेछ हेर जिब्रो त त एक्लै छस् हामी त ३२ वटा छौ हामीले चाहायौ भने तलाई टोकेर घायल पार्न सक्छौ भनेछ अनि जिब्रोले पनि उत्तर दिएछ तिमीहरु ३२ वटा भएर के भयो त मैले चाहे भने एउटा शब्द बाट नै कसैलाई रीस उठाएर त्यो ३२ वटा दाँत झारिदिन सक्छु भनेछ हुन पनि हो जिब्रोको शक्ति याहाँहरु सबैलाई थाहा होला यसले बोलेको वचनले हामी सबैसँग राम्रो भएर पनि बस्न सक्छौ अनि सबैसँग दुश्मनी पनि ।

हामी जिब्रोका रोगहरु हेर्नेछौ

१. धेरै बोल्ने, हितोपदेश १०:१९ । मानिसहरु धेरै बोल्ने भनेकै कसैको विषयमा कुरा गर्ने फलाना यस्तो फलाना उस्तो भनी काटिरहेका हुन्छन त्यसैले जब बढ्ता कुरा गरिन्छ त्याँहा पापको अभाव हुदैन ।

२. व्यर्थको कुरा, मत्ती १२:३६ ।  कति जना व्यर्थको कुरा गरि समय विताइरहेका हुन्छन् यो पनि एउटा रोग हो ।

३. अर्काको कुरा काट्ने, हितोपदेश १८:८ र भजनसंग्रह १५:३ , अहिले मानिसहरुमा सबैभन्दा धेरै रोग भनेको नै अर्काको कुरा काट्ने हो । एक छिन समय पाउने बित्तिकै कुरा काट्न थाल्छन् र यो सुन्नमा पनि ज्यादै इन्छुक हुन्छन् तर हामीहरु आफ्नो जिब्रोलाई यी कुराहरु बाट अलग बस्नु पर्छ ।

४.झुट बोल्ने , यो झन् हामी सबैमा भएको रोग हो ।
५. गन गन गर्ने,
६. जो सँग पनि ठिक्क पारेर देखाउने, यस्ता रोगहरु हामी सबैमा छ होला तर आज देखि नै यी रोगहरुलाई निको पार्नको निम्ति हामीहरुका चङ्गाईकर्ता परमेश्वरसँग प्रार्थना गरौ र यी सबै रोगहरुलाई जरा देखि नै उखेलि फाल्ने काम हामी सबैले गरौ । धन्यवाद!

परमेश्वरले हामी सबैलाई आशिष दिनुभएकोहोस् ।

रेणु  भण्डारी लामा 

1410 Views

प्रतिक्रियाहरू

मानिसको जिब्रो Reviewed by on . आज म हाम्रो शरिरको अङ्ग मध्य एउटा (जिब्रो) को बारेमा भन्न गहिरहेको छु , साच्चै यो अङ्ग हेर्दा सानो भए पनि यसबाट ठुला ठुला कुराहरु हुन सक्छ । यसलाई एउटा आगोको झि आज म हाम्रो शरिरको अङ्ग मध्य एउटा (जिब्रो) को बारेमा भन्न गहिरहेको छु , साच्चै यो अङ्ग हेर्दा सानो भए पनि यसबाट ठुला ठुला कुराहरु हुन सक्छ । यसलाई एउटा आगोको झि Rating: 0
scroll to top