Tuesday, October 24, 2017

विश्वास र स्वच्छ विवेक

July 8, 2015 6:57 am by: Category: Sermons A+ / A-

10982032_10204306283631386_7026859655428746387_nविश्वास र स्वच्छ विवेकलाई कायम राख्नु हरेक विश्वासीहरुको लागि चुनौतीको विषय हो । कतिचोटी जीवनमा विश्वासको जहाज नै डुबाएर पमरेश्वरबाट अलग भएर सुरक्षाविहिन, एक्लो र पूर्ण रुपमा निन्दा गर्ने, भ्रष्ट र नैतिकहीन अवस्थामा बसेर दुःखदायी अवस्थामा जीवन बाँच्नेहरु पनि कति छन् कति । तर हामी हाम्रो विश्वास र स्वच्छ विवेकलाई कायम राख्नु आवश्यक छ ।

“विश्वास र स्वच्छ विवेक कायम राख । कुनै कुनै मानिसले विवेकलाई इन्कार गरेर आप्mनो विश्वासको जहाज डुबाएका छन् । तीमध्ये हुमेनियस र अलेक्जण्डर हुन्, जुनहरुलाई निन्दा नगर्नु भन्ने कुरा सिकुन् भनेर मैले शैतानको हातमा सुम्पेको छु ।” १ तिमोथी १:१९,२० ।
पावल प्रेरितले यहाँ तिमोथीलाई भनीरहेका थिए कि विश्वास र स्वच्छ विवेकलाई कायम राख्नु पर्दछ । प्रभुलाई विश्वास गर्ने हरेक मानिसहरुको निम्ति यो महत्वपूर्ण कुरा हो । कतिचोटी हाम्रो विश्वास कायम नरहेको, स्थिर नरहेको अवस्था हुँदछ । हामीले हाम्रो स्वच्छ विवेकलाई पनि गुमाईरहेका हुँदछौं । यस्तो प्रकारले गर्दा हाम्रो विश्वासको जहाज पनि डुब्न सक्दछ भनेर पावलले बताएका छन् ।

विश्वासलाई कायम राख्नु
पावलले यहाँ हाम्रो विश्वासलाई कायम राख्नुपर्ने कुरामा जोड दिएका छन् । कायम राख्नु भनेको त्यसलाई स्थिर राख्नु हो । त्यसलाई थामी राख्नु हो । जवान तिमोथी जो पावलले उसको आत्मिक छोरा भनेर भनेका थिए । उनको जीवनमा पनि यस्ता चुनौतीहरु आई लागेका थिए । विश्वास हराउन लागीरहेको अवस्था थियो । विश्वास डगमगाउन लागीरहेको अवस्था थियो । वास्तवमा यस्तो अवस्थामा तिमोथीलाई उत्साहको खाँचो पर्दथ्यो । आज तपाईं कतिजनालाई उत्साहको खाँचो छ? कतिजनालाई विश्वासलाई कायम राख्नुपर्छ र यसलाई थामी राख्नु पर्छ भन्ने लागीरहेको छ? पहिलो तिमोथीको पत्र लेख्दाको समयमा पावल रोमको भ्mयालखानबाट केही समयको लागि छुटकारा पाएका थिए । अनि त्यो समयमा पावल केही बूढा पनि भईसकेका थिए । तिमोथीलाई उनले एफिसस मण्डलीमा अगुवा बनाएर पठाएका थिए । जवान तिमोथीले प्रभुको सेवामा आफूलाई समर्पित गरी अगाडि बढीरहेका थिए । पावलले तिमोथीलाई विश्वासमा मेरो साँचो बालक भनेर पनि भनेका थिए । किनभने तिमोथीले प्रभुमा विश्वास गरेका थिए । उनी विश्वासमा जोशिला मात्र बनेका थिएनन्, उनी त प्रभुको सेवामा आपूmलाई समर्पित गरेका थिए । अनि पावलले उत्साह, अर्ती र आदेशहरु दिदैं १ तिमोथीको पत्र ६३–६५ ए. डी. मा लेखेका थिए । तिमोथी एफिससमा परमेश्वरको सेवा गर्दै विभिन्न चुनौती र समस्याहरुसँग निश्चय पनि जुधीरहेका थिए । एक त उनी जवान पनि थिए । यस्तो बेलामा विश्वासलाई थामी राख्नु पर्ने, विश्वासलाई कायम राखी राख्नु पर्ने चुनौती अवश्य पनि थियो नै । यो तिमोथीको पत्रलाई पाष्टरीय पत्र भनेर भनिएको छ । किनकि तिमोथी एफिससमा एक पाष्टरको भूमिका निभाएर प्रभुको सेवा गरीरहेका थिए । पाष्टर, अगुवा र विश्वासीहरुको लागि उत्साह, अर्ती र आदेशहरु दिएर लेखिएको भएकोले पनि यो परमेश्वरको वचनको उत्साह सबै लिनु आवश्यक हुँदछ । कतिचोटी हाम्रो विश्वास कमजोर हुन्छन् । कतिचोटी हाम्रो विश्वासहरु दुर्वल भएर जाँदछन् । कठिनाई, समस्या, चुनौती अनि अनेक प्रकारका बाधाहरु आउँदा विश्वास कमजोर भएर जाने, कतिको विश्वास हराएर जाने, अविश्वास, शंका र निराशाले थिचेको अनुभव सबैले गरेकै हुनु पर्दछ । यस अर्थमा हामीले हाम्रो विश्वासलाई कायम राख्नु अति नै आवश्यक हुँदछ ।

के हो त विश्वास? बाइबलले यसो   भन्दछ “अब विश्वासचाहिं आशा राखिएको कुराको निश्चय र नदेखिएको कुराको दृढ भरोसा हो ।” हिब्रु ११:१ ।  निश्चय पनि विश्वासचाहिं आशा राखिएको कुराको निश्चयता हो । अनि नदेखिएको कुराको दृढ भरोसा पनि हो । नयाँ करारमा विश्वास भनेको परमेश्वर ख्रीष्टमा विश्वास गर्नु भनेको हो । ख्रीष्टको शिक्षालाई सत्य हो र उहाँको मृत्युद्धारा हामीले मुक्ति पाएका छौं  भन्ने दृढ विचारलाई पनि विश्वास भनेर भनिन्छ । तर विश्वासचाहिं एउटा दृढ बिचार मात्र होईन, ख्रीष्टमा पुरै भरोसा राख्नु र उहाँको भरमा हिंड्नुचाहिं विश्वास हो । विश्वासचाहिं हामीले गर्नुपर्ने एक प्रकारको काम होईन तर येशू ख्रीष्टले गर्नु भएको काममाथि भरोसा गर्नु हो । विश्वासचाहिं ख्रीष्टले हाम्रो निम्ति कलवरी क्रुसमा गर्नु भएको काममा भरोसा राख्नु हो । विश्वासचाहिं आशा राखिएका कुराको निश्चय हो । परमेश्वरमा मानव जातिको आशा छ । इश्वरीय आशामा हामी जिउँदछौं । इश्वरीय आशामा तपाईं अगाडि बढ्न सक्नुहुन्छ । अनि विश्वासचाहिं नदेखिएको कुराको दृढ भरोसा पनि हो ।

हाम्रो यो विश्वासलाई कायम राख्नु हाम्रो विश्वसलाई थामी राख्नु हरेक विश्वासीको दायित्व हो । धेरै प्रभुका जनहरु आज आप्mनो विश्वासको जहाज डुबाईरहेका छन् । आप्mनो विश्वासमा कमजोर बनीरहेका छन् । सुमद्रका तेजिलो छालहरुमा हुत्तिएर हराए जस्तै धेरै जना विश्वसीहरु आप्mनो विश्वासमा धरमरिएको अवस्थाहरु हुन्छन् । जीवनको चक्रहरुमा कतिचोटी भेलहरुबाट भएर गएका हुन सक्दछन् । कहिले समतल अवस्थाको अनुभव गरेका हुँदछन् । असजिला अनि कठिनाई समयका छालहरुमा ठोक्किएर कतिपटक विश्वास कमजोर बनेका अवस्था हुँदछन् । यस्तो अवस्थामा पावलले हाम्रो विश्वासलाई स्थिर राख्नु पर्ने, कायम राख्नु पर्ने कुरामा जोड दिएका छन् ।

कमजोर विश्वास बनेर हाम्रो विश्वास कतिचोटी हल्लिन पुग्दछ । विभिन्न आँधीहरु आएर यदि विश्वास दृढ छैन, कमजोर छ भने त्यो कमजोर विश्वासलाई हल्लाई दिन्छ । हामीले गाउने भजनले भन्दछ कि “आँधी झैं शैतान तर्साउन आउँछ, कमजोर विश्वासको जरा हल्लाउँछ ।” निश्चय पनि कति जना विश्वासीजनहरुको विश्वासको जरा हल्लिएको हुन सक्छ । कुनै न कुनै आँधी आएर तपाईंको जीवनको समुद्रिक यात्रामा तपाईंको विश्वासको जहाजलाई हल्लाई दिएका हुन्छन् । शैतान दुष्टले कतिचोटी तपाईंको विश्वासमा शंका ल्याएर जीवन संघर्षपूर्ण बनाएको हुन सक्दछ । प्रभु तपाईं यो समस्या, यो कष्ट र कठिनाईको समयमा कहाँ हुनुहुन्छ? भनेर गन–गन गर्नु भएको होला । अधन्यवादी बनेर जिउनु भएको होला । तर हामीले हाम्रो विश्वासमा बलियो भएर जिएको खण्डमा सबै आँधी हुरीहरु हराएर जानेछन् । ती आँधी र हुरी जीवनमा सँधै आउदैनन् । आई हालेको खण्डमा पनि हामी त्यो समयमा विश्वासमा स्थिर रहनु आवश्यक हुँदछ । प्रार्थनामा लागी रहनु, सेवा संगतिमा सहभागी जनाईरहनु, प्रभुको वचन अध्ययन गर्नु अनि हाम्रो विश्वासमा हामी वलियो भएर जिउनु अति नै आवश्यक कुरा हो ।

पावलले तिमोथीलाई निर्देशन दिएका थिए । उत्साह र अर्ती दिएका थिए । तिमोथी पावलको चेला थिए । उनका आत्मिक छोरा थिए । तिमोथी जवान सेवक थिए । जवान अवस्थामा प्रभुको सेवा गर्न, सुसमाचार प्रचार गर्न आपूmलाई समर्पित गरेका थिए । उनी प्रभुका वोलावट पाएर लागी परेका थिए । तर प्रभुको सेवा गर्दा गर्दै कतिचोटी विभिन्न समस्या र आँधीहरुले सेवा छाडेर जाने विचार पनि आयो होला । प्रभुमा भएको उनको विश्वास पनि हल्लियो होला । पावलले तिमोथीलाई आफ्नो विश्वासलाई कायम राख्नु भनेर उत्साह दिएका थिए ।

आज कतिजना विश्वासीजन तपाईंको विश्वास कमजोर बनीरहेको होला । प्रभुबाट तपाईंको मन टाढो गएको अवस्था होला । तिमोथीले जस्तै तपाईंले पनि जीवनमा विभिन्न चुनौतीहरु सामना गर्नुभएको होला । याद गरौं हामीलाई प्रभुले छान्नु भएको हो । हामीलाई प्रभुले बोलाउनु भएको हो । हाम्रो विश्वासलाई कायम राखौं । हाम्रो विश्वासलाई स्थिर राखौं ।

स्वच्छ विवेकलाई कायम राख्नु
पावलले तिमोथीलाई स्वच्छ विवेकलाई कायम राख्नु भनेर भनेका थिए । स्वच्छ विवेक हरेक विश्वसहरुको लागि महत्वपूर्ण कुरा हो । विवेकचाहिं मानिसको चेतनाको कुरा हो । जुन कुराले तपाईको गलत र सही कुरा छुट्टयाउन सक्दछ । विवेक मानिसको वाहिरी आवाज नभएर भित्री क्षमता हो जो मानिसमा निहित हुन्छ । जब तपाईंले कुनै पाप, भूल गल्ती गर्नु हुन्छ तपाईंको विवेकले दोषयाउँदछ । तपाईंको विवेकले तपाईंको जीवनको गन्तव्य निर्धारण गर्दछ । तपाईंको विश्वासको जहाज डुब्नदेखि जोगाउनलाई तपाईंको स्वच्छ विवेकको खाँचो हुँदछ । पवित्र जीवन जिउनलाई तपाईंको स्वच्छ विवेकले नै मद्धत पुराउदछ। जब हामीले हाम्रो स्वच्छ विवेकलाई कायम राख्दैनो भने हाम्रो विश्वासको जहाज पनि त डुब्दछ । तपाईंले स्वच्छ विवेकलाई काय राख्नु पर्छ । दुष्ट र दोषी विवेक लिएर जिउनु हुदैन । तपाईंको विवेक स्वच्छ हुनुपर्छ किनकि त्यो विश्वाससँग जोडिएको हुँदछ । स्वच्छ विवेकविनाको विश्वासले जहाज डुबाउदछ । शैतान शत्रुले तपाईंको विवेकमा जहिले आक्रमण गर्ने प्रयत्न गर्दछ । उसले तपाईंको स्वच्छ विवेकमा हमला गरेर तपाईंको जीवन बिगार्न चाहन्छ । तपाईंको विवेकलाई कसरी शत्रुले विगार्न सक्छ भन्दा त्यसले खराब र अधर्मका कुरालाई राम्रो देखाएर तपाईंको स्वच्छ विवेकलाई विगार्दछ । १ तिमोथी ४:२  मा पावलले भनेका थिए कि “कतिजनाको विवेकचाहिं तातो फलामले डामेको जस्तो हुन्छ ।” निश्चय पनि एउटा विश्वासीको जीवनमा यस्तो अवस्था आउनु डरलाग्दो र दयनीय अवस्था हो । तातो फलामले डामेको जस्तो विवेक हुनु भनेको चेतनाहीन र केही थाहा नपाउने, असल र खराब छुट्टयाउन नसक्ने चरणमा पुगेको अवस्था हो । पावलले यस्ता मानिसको विषयमा नामै किटेर तिमोथीलाई भनेका थिए । प्रियहरु आज हामी हाम्रो विवेकलाई तातो फलामले डामेको जस्तो बनाउनु हुँदैन । इश्वरहीन, अधार्मिक र दुष्टतामा अनि परमेश्वरदेखि टाढो गएको अवस्थामा पुगेर हाम्रो स्वच्छ विवेक गुमाउनु हुँदैन । यसो भयो भने हाम्रो विश्वासको जहाज डुब्दछ ।  पावलले प्रेरित २४:१६ मा भनेका थिए “यसैले परमेश्वरप्रति र मानिसप्रति सँधै शुद्ध विवेक राख्ने प्रयत्न गर्दछु ।”

कुनै कुनै मानिसले विवेकलाई इन्कार गरे 
विश्वासको जहाज डुबाए यहाँ पावलले तिमोथीलाई सम्झाएका छन् कि दुईजना मानिस हुमेनियस र अलेक्जेण्डर जसले उनीहरुको विश्वासको जहाज डुबाएका थिए । निन्दा गर्नुहुदैन भनी सिकुन्  भनेर पावलले उनीहरुलाई शैतानको हातमा सुम्पेका थिए । यहाँ हुमेनियस र अलेक्जेडर दुई पात्रहरु जसले आप्mना विश्वासको जहाज डुबाएका थिए । यिनीहरुले इश्वर निन्दा गरेका थिए । आफू पनि विश्वासको जहाज डुबाउने अनि अरु विश्वासीहरुलाई बाधा पुराएका थिए । इश्वर निन्दा गर्ने, ख्रीष्टिय शिक्षा विपरित उल्टो शिक्षा सिकाउने, अनि विश्वासको जहाजलाई डुबाउने यी दुई जना मानिसहरुलाई पावलले शैतानकै हातमा सुम्पनु पर्ने अवस्थासम्म आएको देखिन्छ । यो शैतानको हातमा सुम्पनु भनेको परमेश्वरको सुरक्षा नरहनु, परमेश्वरको आशिष नरहनु, परमेश्वरको शान्ति र आशा भन्दा बाहिर छोडी दिएको अवस्था हो । यहाँ तिमोथी र एफिससका मण्डलीका विश्वासीहरुलाई यो सन्देश पावलले उत्साह र चेतावनीको रुपमा पठाएका थिए । हामी सबै विश्वासीजनहरुको लागि पनि यो महत्वपूर्ण शिक्षा हो । हामीले हाम्रो विश्वासलाई कायम राख्नु, हाम्रो विवेकलाई स्वच्छ राख्नु र विश्वासको जहाजलाई डुब्नदेखि जोगाउनु हामी सबैको दायित्व हो । परमेश्वरले सबैलाई आशिष दिऊन् ।

                                                              पाष्टर – रेशम कुमार सुनुवार

460 Views

मलाई मनपर्यो l (5)मलाई मन परेन l (1)

प्रतिक्रियाहरू

विश्वास र स्वच्छ विवेक Reviewed by on . विश्वास र स्वच्छ विवेकलाई कायम राख्नु हरेक विश्वासीहरुको लागि चुनौतीको विषय हो । कतिचोटी जीवनमा विश्वासको जहाज नै डुबाएर पमरेश्वरबाट अलग भएर सुरक्षाविहिन, एक्लो विश्वास र स्वच्छ विवेकलाई कायम राख्नु हरेक विश्वासीहरुको लागि चुनौतीको विषय हो । कतिचोटी जीवनमा विश्वासको जहाज नै डुबाएर पमरेश्वरबाट अलग भएर सुरक्षाविहिन, एक्लो Rating: 0
scroll to top