Friday, December 15, 2017

म हराएको भेडा – गवाही

July 13, 2015 6:33 am by: Category: Articles, Testimonials A+ / A-

1623643_595718367181900_382715601_nम हराएको भेडा – गवाहीतिमीहरू के विचार गर्छौ? कोहि मानिसका सय भेंडामा एउटा भड्केर गयो भने, उसले उनान्सयओटालाई छोडेर पर्बत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी गर्न जादैन र? यदि उसले त्यसलाई भेट्टायो भने, साँच्चै म तिमीहरूलाई भन्दछु, ती भड्केर नजाने उनान्सयभन्दा त्यस एउटाको लागि उ बढी रमाउनेछ। यसरी नै स्वर्गमा हुनुहुने तिमिहरुका पिताको यो इच्छा छ, की यी सानाहरू मध्ये एकजना पनि नष्ट नहोस्। मत्ती १८:१२-१४ 
साँच्चै नै कोहि बाबु आमाको लागि उनीहरूको छोरा,छोरीहरू कहिल्यै पनि ठुलो हुदैन सधैं साना बालकहरू नै हुन्छ, त्यस्तै परमेशवरको नजरमा पनि हामि बालक नै छौ। अनी हामिहरू मध्ये कोहि पनि, र एकजना पनि नष्ट नहोस् भन्ने उहाँ चाहनु हुन्छ। त्यसैले उहाँले हामीलाई खोज्नु हुन्छ, बोलाउनु हुन्छ, कुबाटोमा लागेकाहरूलाई फर्क भन्नु हुन्छ। किनकी उहाँ हाम्रो आत्मिक बुवा हुनुहुन्छ, शारीरिक बुवाले हामीलाई छोडेर जानु सक्नु हुन्छ, तर उहाँले हामीलाई कहिल्यै एक्लो छोड्नु हुन्न र कहिल्यै टुहुरो बनाउनु हुन्न। 

म त्यहि सय भेंडाहरूमा भड्केर जाने एउटा भेंडा हुँ, जो सँगसंगै हिड्दा हिड्दै म उच्छिटिएर बाटो बिराउन पुगे, तपाईंको आवाज नबिलाइन्जेल सम्म म भागे, प्रभु! तपाईंदेखी यति टाढा पुगे की मेरो आफनै चाल कम्पन भयो। म गुनगुनाए तर मेरो आवाज भित्तामा ठोकियो, अन्तत, मेरो आवाज सुन्ने कोहि भएन। तब मात्र मेरो आँखा खुलेउ, जसै आँखा खुलेउ, प्रभु! मैले देखे म त पूरा अन्धकार भित्र खाल्डोमा परेछु, मैले मेरा ती उनान्सय साथिहरुलाई पुकारे अहँ!, कसैले मेरो आवाज सुनेन म डराउन थाले, मलाइ अन्धकारले निलिहाल्छ कि? मलाई खाल्डोले पुरिहाल्छ कि? म छटपटिए,,, म रोए, कराए, ए आउन कोहि त आउ!!! मलाइ बचाउ, मलाई यो खाल्डोबाट निकाल,, म आफै कसरी निस्कनु? “न समाउने हाँगो न टेक्ने अखेटो” मलाइ भोक लागेउ, प्यास लागेउ, उफ्रिदा- उफ्रिदा चोट पनि लागेउ निश्पट अध्यारो छ थोरै ज्योतिको किरण देख्न पाए मलाइ अलिकति साहस आउथ्यो। कहाँबाट ल्याउने ज्योति? कसले निकाल्ने मलाई खाल्डोबाट? अबिरल आँसुका धारा बगे अब सोचे मलाई ज्योति त प्रभुले मात्र दिन सक्नु हुन्छ।

अब मेरो मुखबाट एउटा नाम निस्कियो प्रभु!, प्रभु!, प्रभु! हे, प्रभु तपाइ त अन्तरयामि, शक्तिशालि, सर्वब्यापि, सबैकुरा जान्नुहुने परमेस्वर हुनुहुन्छ आज म अन्धकारमा रुमलिएकोछु, खाल्डोमा परेकोछु, उम्किने कतै बाटो छैन् तपाईंले पक्का पनि देख्नु भकोछ कृपया मतिर फर्कनुहोस् मलाई निकाल्नुहोस्, हेर्नुहोस् म चोटाई चोट भैसके, भोकले लखतरन भए, प्यासले घाटी सुकिसकेउ अब त मेरो आवाज पनि गुम हुन लागिसकेउ म क गरु?? प्रभु मलाई आवाज दिनुहोस्। हे, प्रभु किन केही बोल्नु हुन्न? के म यतिकै यहि मरु? अहँ प्रभुले मलाई आवाज दिनु भएन र मेरो आवाज पनि सुन्नु भएन। यसरी म धेरै दिन धेरै महिना रोए खाल्डोमा, घरि घरि जंगली जनवारहरूले मलाई चियाउथ्यो र कुनैले त झम्टेर खाइहालु झै गरेयो तर म खाल्डोमा भको कारण तिनीहरूले मलाई नोक्सान पुर्याउन सकेन। मलाइ भुसुनाहरूले समेत जिसकाउन थाले मेरो चोटहरूमा चाट्न र चिथोर्न थाले। म फेरि बेहाल भएर चिच्चाए प्रभु??? अब म यतिकै मर्नु??? तब म भित्रबाट एउटा आवाज आयो। 

“के रिसाउने तेरो हक छ?” यो आवाज कहाँबाट आयो? म वरिपरि हेरे कालो भित्ता बाहेक केही देखिन, उफ्फ!! म के गरु? फेरि त्यहि आवाज दोहोरियो “के रिसाउने तेरो हक छ?” तँ योना जस्तै भइस, के तेरो हात प्रभुले छोड्नु भाको हो र रिसाउछस्? के तँबाट प्रभु भाग्नु भाको हो र तँ रिसाउछस्? प्रभुले तँलाई नियुक्त गर्नु भाकोथियो, उहाँको कामको लागि त्यसैकारण सँगसंगै हिडाउनु भाको थियो तर तँ बरालिस, तैले नै प्रभुको हात छोडिस, उहाँको उपस्थितिबाट तँ भागिस, अझ रिसाउछस्? पश्चताप गर्न छोडेर अझ रिसाउछस्? अब चाँही म छर्लङग भए की यो आवाज कसैको नभएर पवित्र आत्माको हो। तब मात्र मेरो आँशु पश्चतापको आँशु खस्यो म रोए प्रभु मलाई माफ गर्नु म पापी हुँ, म दोषी छु, म भागे तपाइबाट, तपाईंको बचनलाई तुच्छ ठाने, अब मलाई तपाईं बाहेक यो खाडलबाट कसैले निकाल्न सक्दैन। यसरी धेरै दिन पश्चतापमा रोए। तर कुनै उत्तर आएन। तब फेरि मैले भने ठिकैछ यदि मलाई तपाईंले नियुक्त गर्नुभएको थियो भने यतिकै चुप बस्नुहुन्न तपाईं प्रभु तपाईंले मलाई निकल्नै पर्छ र आफ्नो साथमा हिडाउनै पर्छ। नत्र म यहाँ भोकै नै मर्छु, तर मलाई थाहा थिएन की प्रभुले मेरो अगीदेखिको आँशु जम्मा गर्दै हुनुहुन्छ भनेर जब मैले थाहा पाए तब प्रभुले भन्नुभो म यहि थिए तेरो नजिक मैले तलाइ देखिरहेथे तर म यो चाहान्थे की तैले आफ्नो गल्ति स्विकारेस र मलाई पुकारेस तब म तलाई छुडाउनेछु, अब हेर म तलाई फेरि नयाँ बनाउछु। 

त्यसपछि उहाँले मेरो नीम्ति उहाँको महान दास मकहाँ पठाउनुभो र उहाँद्वारा मलाई खाड्लबाट निकाल्नु भो र मेरो सबै धुलो मैलो लागेको र रगत लागेको त्यो पापमय वस्त्र फुकालेर मलाई उहाँले सुकिलो, सफा र सेतो धार्मिकताको वस्त्र लगाइदिनुभो, आमेन हाल्लेलुयह परमेश्वरलाई धन्यबाद् होस् आज आनि सदालाइ।

र यी दिनहरूमा उहाँले मलाई साथसाथै हिडाउदै हुनुहुन्छ। र आज ती नभागेका उनान्सय जातिभन्दा म हराएको एउटाको नीम्ति प्रभु खुशी हुनुहुन्छ र स्वर्गमा रमाहट छाएकोछ। र आज त्यो एउटा हराएको भेडा (जाति) म मात्र होईन तपाईं पनि हो। हामि सबै सय मा एक हो। त्यसैले होसियार! तपाईं के बोल्दैहुनुहुन्छ, कहाँ जादै हुनुहुन्छ, के हेर्दैहुनुहुन्छ, प्रभुसँग तपाईंको सम्बन्ध कस्तो छ? मानीसहरुसँग तपाईंको सम्बन्ध कस्तो छ? बिचार गर्नुहोस्, यो कुनै कथा होईन मेरो आफ्नो जीवन गवाही हो। त्यसैले आफू खुशी होईन प्रभुमा जे असल छ त्यहि गरौ र म जस्तो खाडलमा कोहि पनि नपरोस भन्ने प्रभु चाहानु हुन्छ र म पनि, अन्तमा सबैलाई धन्याबाद! परमेश्वरले सबैलाई आशिस दिनु भएको होस्। आमेन!|

सारा राई
मलेशिया

1352 Views

प्रतिक्रियाहरू

म हराएको भेडा – गवाही Reviewed by on . म हराएको भेडा - गवाहीतिमीहरू के विचार गर्छौ? कोहि मानिसका सय भेंडामा एउटा भड्केर गयो भने, उसले उनान्सयओटालाई छोडेर पर्बत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी म हराएको भेडा - गवाहीतिमीहरू के विचार गर्छौ? कोहि मानिसका सय भेंडामा एउटा भड्केर गयो भने, उसले उनान्सयओटालाई छोडेर पर्बत हुँदो गएर त्यस भड्केर जाने एउटालाई खोजी Rating: 0
scroll to top