Monday, April 23, 2018

इसाई गीत

July 14, 2015 6:38 am by: Category: Literatures A+ / A-

हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले

दुःख कष्ट सबैलाई बाँच्दा संसारमा
अनन्त जीवन छ है हजूर येशू प्रभुमा
कहाँ मिल्छ मुक्ति यहाँ सम्पत्ति र धनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले

जिन्दगीको अर्थ कहाँ हिंडदा निराशामा
सबले चालौं कदम अघि ख्रीष्टको आशामा
कहाँ हुन्छ जिउनु पापमा ख्रीष्टको जनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले

किन हिंडनु लक्ष्यहीन बिराई सत्य बाटो
येशू ख्रीष्ट मरे क्रुसमा सबको पापको साटो
कहाँ मिल्छ उद्वार शान्ति जिउँदा पापी पनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले

                    रेशम कुमार सुनुवार

597 Views

प्रतिक्रियाहरू

इसाई गीत Reviewed by on . हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले दुःख कष्ट सबैलाई बाँच्दा संसारमा अनन्त जीवन छ है हजूर येशू प्रभुमा कहाँ मिल्छ मुक्ति यहाँ हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले दुःख कष्ट सबैलाई बाँच्दा संसारमा अनन्त जीवन छ है हजूर येशू प्रभुमा कहाँ मिल्छ मुक्ति यहाँ Rating: 0
scroll to top