Tuesday, October 24, 2017

परमप्रभुको डर मान्नु

July 29, 2015 11:22 am by: Category: Sermons A+ / A-

10982032_10204306283631386_7026859655428746387_nशायद तपाई जीवनमा एक्लो महसूस गर्नुभएको छ । प्रभुको डर भय मान्न पनि छोडनु भएको छ । प्रभुदेखि टाढो भएर तीतो जीवन बाँच्नु भएको छ । शायद मेरो मनको कुरा कसैले बुझन सक्दैन अनि मेरो कुरा कसैले सुन्दैन भन्ने लाग्दछ । हामी प्रभुका जनहरुका लागि परमेश्वरमा भएर जिउनेहरुको लागि महान आशा र आनन्दका कुराहरु राखिएका छन् । आशिषका कुराहरु हाम्रा निम्ति राखिएका छन् । केवल हामीले प्रभुको डरमा जिएर उहाँको धार्मिकताको मार्गलाई हरेक दिन पछयाउनु जरुरी हुँदछ ।

“तव परमप्रभुको डर मान्नेहरुले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरुको कुरा ध्यानसित सुन्नुभयो । परमप्रभुको डर मान्नेहरु र उहाँको नाउँको मान गर्नेहरुका सम्झनाको पत्र मुठ्ठामा उहाँको उपस्थितिमा लेखियो ।” मलाकी ३:१६ ।

मलाकी एज्रा र नहेम्याहको समयपछि बाँचेका अगमबक्ता थिए । यो समयमा यहुदीहरु वेवीलोनको कैदबाट फर्की आएका थिए ।  मानिसहरु प्रभुबाट पछाडि हटीरहेको अवस्था थियो । व्याभिचार, सम्बन्धविच्छेद अनि अनेक प्रकारका पापहरुले ग्रस्त भएका थिए ।  परमेश्वरको व्यवस्थालाई इन्कार गरेका थिए । परमेश्वरको डर नमान्ने, परमेश्वरको नामको मान आदर नगर्ने जमात बढीरहेको थियो । तर त्यहाँ केही यस्ता मानिसहरु पनि थिए, जोहरुले प्रभुको डर मान्थे । प्रभुको नामको आदर गर्थे ।

मलाकीको अर्थ “मेरो संदेश वाहक हो । मलाकीले ४३० देखि ४०० ई. पू. सम्म यहूदाको लागि भविष्यवक्ताको सेवकाई गरे । धेरै मानिसहरुको हृदय परमेश्वरदेखि टाढा भएका थिए । सर्वसाधारण मानिसहरु र पुजहारीहरुले मोशाका व्वस्थामा उल्लेखित वलिदानको पालन नगर्ने, दशांस र भेटी नदिने कुरा गरीरहेका थिए । त्यही समयमा मलाकीले परमेश्वरको सन्देश यहूदाका मानिसहरुका माझ ल्याएका थिए ।

मलाकी अगमवक्ताले मुलत परमेश्वरको जनहरु पापबाट फर्केर आउनु पर्ने कठोर चेतावनीहरु दिएका थिए । यी यहूदाका मानिसहरु परमेश्वरदेखि टाढो भएका थिए । परमेश्वरको प्रेमप्रति शंका गरेका थिए । अरु मानिस उनीहरुको छिमेकी देशका मानिसहरु उन्नति भएको अनि उनीहरु त्यति तिनीहरुको तुलनामा उन्नति नभएका कुराको तुलना गरे । तिनीहरुका पुजहारीहरु र मानिसहरुले उचित प्रकारको अराधना, प्रशंसा प्रभुलाई चढाउन सकेका थिएनन् । उनीहरुले काम नलाग्ने लंगडो थूमाको वलिदान चढाएर प्रभु खुशी हुने कुराको आशा गरे । तिनीहरु आराधना गर्ने सिङ्गो समय खेर फालीरहेका थिए । पुजहारीहरु जो परमेश्वरको मन्दिरमा सेवा गर्दथे, तिनीहरुमा परमेश्वरको कुनै आदर, भय राख्दैन थिए । विनकारण पुरुषहरुले उनीहरुका श्रीमतीसँग गरेका विवाहका करारहरु भङ्ग गर्दथे, अनि सम्वन्ध विच्छेद गर्दथे । परमेश्वरलाई तिनीहरुको दशांस र भेटी नदिएर परमेश्वरलाई लुटेको कुरा पनि मलाकी अगमबक्ताले वताएका थिए । निश्चय पनि यो अवस्था तिनीहरुको लागि चुनौतीपूर्ण थियो । कतिचोटी यिनीहरुको अवस्था जस्तै हामीले पनि अनुभव गरेका हुन सक्दछौं । यस्तै अवस्थाबाट भएर गईरहेका हुन्छौं ।

तर हामीले बुझनु पर्ने कुरा परमेश्वरसितको सम्बन्ध बलियो बनाउनु नै हो । अनि परमेश्वरको डर मान्नु पर्ने कुरा नै मुख्य हो । मलाकीले भन्दछन्, कि “तव परमप्रभुको डर मान्नेहरुले आपसमा कुरा गरे ।” निश्चय पनि यहाँ परमप्रभुको डर मान्नेहरु एक आपसमा कुरा गरेको बताईएको छ । यहाँ मलाकीले परमप्रभुको डर मान्नेहरु भनेर उल्लेख गरेका छन् । निश्चय पनि यी मानिसहरुले परमेश्वरको न्याय डरलाग्दो छ भन्ने कुरा बुरझीरहेका अवस्थामा यिनीहरुले परमप्रभुप्रतिको भयमा जिउन थालेको कुराको संकेत थियो । परमप्रभुको डर मान्नु भनेको के हो त? हामी हरेकजनाले परमेश्वरलाई लेखा बुझाउनु पर्दछ । हामीले गरेका हरेक कुराको परमेश्वरले लेखा लिनु हुँदछ । हाम्रो अभिप्राय, विचार, बेली, र कार्य हरेक कुरामा पाप र अधर्म गर्ने भएकोले परमेश्वरले यस्ता कार्यहरु, पाप र अधर्मको सजाय, दण्ड दिनुहुन्छ र यस्तो अवस्थाबाट उन्मुक्ति पाउनको लागि हरेक मानिसले परमेश्वरमा भय र डर राख्दै उहाँमा पवित्र र धार्मिक जीवन जिउने कुरा हो । परमेश्वरको डर मान्नु भनेको हरेक पाप र अधर्मबाट अलग रहनु हो । धार्मिक र पवित्र जीवन जिउनु हो । परमेश्वरको वचनअनुसारको जीवन यापन गर्नु हो । धर्मशास्त्रमा पनि परमप्रभुको डर र भय मानेर पवित्र र धार्मिक जीवन जिउनुपर्ने कुराको जोड दिईएको छ ।

यहाँ मलाकी अगमवक्ताले उल्लेख गरेका छन् कि तव परमप्रभुको डर मान्नेहरु आपसमा कुरा गरे । परमेश्वरको डर नमान्ने अनि परमेश्वरदेखि टाढो भएका अनि परमेश्वरमा गनगन गर्ने, परमेश्वरको विरुद्धमा मानिसहरुले नकारात्मक टिप्पणी गर्ने अनि निराशावादले चरमसीमा नाघेको बेला परमेश्वरमा डर मान्ने र सकारात्मक विचार राख्ने मानिसहरु पनि थिए । मानिसहरु परमेश्वरप्रति शंकालु बनेका थिए । मानिसहरु परमेश्वरप्रति आलोचान्त्मक टिप्पणी गरेका थिए । तर त्यहाँ कोही कोही परमेश्वरमा विश्वास गर्ने उहाँको डर मान्ने मानिसहरु एकसाथ आएका देखिन्छन् । संगतिमा जुटेको देखिन्छ । एक आपसमा वातचित गरेको देखिन्छ । परमेश्वरमा आशावादी मानिसहरु, परमेश्वरमा विश्वास गर्ने मानिसहरु, परमेश्वरमा सकारात्मक सोंच राख्नेहरु अनि परमेश्वरमा डर मान्ने मानिसहरु भेला भएर एकसाथा वातचित गरेका छन् । निश्चय पनि नकारात्मक र आलोचनाले केवल तीतोपना, अविश्वास, शंका ल्याउँदछ । यसले मानिसको जीवनमा असल कुरा गर्दैन । यसले मानिसको जीवनमा सफलता ल्याउँदैन । यसले मानिसको जीवनमा आशिष ल्याउँदैन । यसले मानिसको जीवनमा स्वतन्त्र ल्याउदैन । यसले मानिसको जीवनमा विश्वास, भरोसा र आशा ल्याउँदैन । कतिचोटी हामी पनि परमेश्वरको भय र डर मान्नुको साटो उहाँको अलोचना गरेका हौला । उहाँको विरोध गरेका हुन सक्छौं । उहाँप्रति शंका र अविश्वास गरेको कारणले हाम्रो हृदय परमेश्वरबाट टाढो भएको होला । हाम्रो जीवन समस्याग्रस्त भएका होला । हामी पाप र अधर्मको खातमा पिल्सिएर परमेश्वरको डर मान्न छोडेका छौं भने यो निकै नै दयनीय अवस्था हो । तर मलाकी अगमवक्ताले बताएका छन् यहाँ यहूदामा परमेश्वरको डर नमान्ने, पाप र अधर्ममा लिप्त हुने, शंका, अविश्वास र अलोचना गर्ने भीडहरुमाझ परमेश्वरको डर मान्ने मानिसहरु एकसाथ भेला भएका छन् । अनि एकआपसमा वताचित गरेका छन् । निश्चय पनि यो मानिस जातिको माझमा परमेश्वरको धार्मिकता, पवित्रततालाई कायम राखेर उहाँको भक्ति गर्ने मानिसहरु अझै बाँकी हुनु भनेको एउटा असल कुरा हो । मलाकी अगमवक्तको समयमा मानिसहरुमाझ परमेश्वरप्रतिको मान र सम्मानको कुरा हराएर गईरहेकोले मलाकीले निकै नै कठोर चेतावनीहरु दिनु पर्ने अवस्था आएको थियो । तर यस्तो आशा हराएको समयमा परमेश्वरमा डर मान्नेहरु मानिसहरु एकसाथ भेला भएर बातचित गरेका छन् । जव यिनीहरु एकसाथ भेला भए, तिनीहरु बातचित गरे । एकले अर्कामा उत्साह थपियो । एकले अर्कामा विश्वास बढाउने काम भयो । परमेश्वरको इच्छा र योजना खोज्ने काम भयो । परमेश्वरप्रति भक्ति र सम्मान गर्ने काम भयो । हरेक मण्डलीमा परमेश्वरको जनहरु एकसाथ भेला हुनुको महत्व यहाँ झल्किएको देखिन्छ । एकसाथ भेला भएर एकले अर्कालाई उत्साह दिनु अति राम्रो कुरा हो । एकले अर्कामा इश्वरीय सम्बन्ध गाढा बनाएर आत्मिक जीवन बलियो तुल्याउदै लैजानु अति असल कुरा हो । मानसिहरु भेला भएर आलोचनाका कुरा गरीरहेका बेला, शंका अविश्वास, डाह गरी गरीरहेका बेला परमेश्वरदेखि तिनीहरुको हृदय टाढो बनाईरहेको बेला केही मानिसहरु एकसाथ भेला भएर वतचित गरेर एकले अर्कालाई उत्साह भरीरहेको देखिन्छ । एकसाथ भेला  भएर परमेश्वरको असल गुणगान गाउनु, महिमा चढाउनुचाहिं राम्रो कुरा हो । कतिचोटी हामी के का निम्ति भेला हुन्छौं भन्ने कुरा हो । हाम्रो उद्धेश्य र लक्ष्य स्पष्ट भएन भने हामी गलत दिसातिर जान सक्दछौं । हामी भेला भएर गनगन गर्ने, अर्काको विरोध गर्ने, परमेश्वरको डर नमान्ने, शंका र अविश्वास गर्ने अनि अलोचना गर्ने, अधन्यवादी हुने, अरुसँग तुलना गर्ने परमेश्वरको महिमा नगर्ने यस्तो जमात छ भने तुरुन्त पश्चताप गरेर हामी परमेश्वरमा फर्किनु आवश्यक हुँदछ । कतिचोटी हाम्रो मन विचारमा पनि यस्ता कुराहरु आउन सक्दछन् । निराशावादले दुःख दिन सक्दछ । हामी अरुको अनि परमेश्वरको अलोचना गर्न पुग्दछौं । हामी गनगन गर्दछौं । हामी परमेश्वरलाई दिनुपर्ने मान सम्मान दिएका हुँदैनौं । परमेश्वरमा विश्वास नगरी शंका गरेका हुन सक्छौं । यस्तो अवस्था हुनु भनेको विश्वासीको जीवनमा राम्रो कुरा होईन । यो आत्मिकी समस्या र भयनाक रोग लागेको अवस्था हो । हामी यस्तो अवस्थामा छौं भने शैतानको जालोमा परेको अवस्था हो । बन्धनमा रहेको अवस्था हो । तर हामी परमप्रभुमा भरोसा राख्नेहरुले आपसमा उत्साह भर्ने काम गर्नु जरुरी हुन्छ । प्रार्थना, आराधना र प्रभुको वचनमा दृढ भएर लागी पर्नु आवश्यक छ । एकतामा शुद्ध मन लिएर प्रभुको सेवा गर्नु अनि एकआपसमा उत्साह भर्नु आवश्यक कुरा हो ।

र परमप्रभुले तिनीहरुको कुरा ध्यानसित सुन्नुभयो ।
जव यहूदाका मानिसहरु आपसमा वातचित गरे । जोहरुले परमप्रभुको डर मान्दथे । जोहरुले परमप्रभुमा आशावादी बनेर जिएका थिए । तिनीहरुले परमप्रभुमाथि भरोसा विश्वास राखेका थिए । जब तिनीहरु आपसमा वातचित गरे । निश्चय पनि परमेश्वरले तिनीहरुको कुरा सुन्नुभयो । कतिचोटी हामीलाई लाग्दछ । हाम्रो कुरा कसले सुन्ने? यहाँसम्म कि यहूदाका मानिसहरुले तिनीहरुको कुरा परमेश्वरले सुन्नुहुन्छ भन्ने कुराको विश्वस गर्न सकेनन् । त्यसैकारण परमेश्वरबाट टाढो गएका थिए । तर आज हामीले यो कुरा बुझन आवश्यक छ कि परमेश्वरले हाम्रो कुरा सुन्नुहुन्छ । हाम्रो वातचित उहाँले सुन्नुहुन्छ । हाम्रो कुरा उहाँले सुन्नुहुन्छ । कतिचोटी हामीलाई लाग्दछ कि हाम्रो कुरा कसैले सुन्दैन । हाम्रो आवाज कसैले सुन्दैन । हामी आवाजविहीन मानिसहरु छौं जस्तो लाग्छ । तर मलाकी अगमवक्ताले यो कुरा प्रष्ट पारेका छन् कि परमेश्वरले उहाँका जनहरुको कुरालाई ध्यान दिएर सुन्नुहुन्छ । उहाँले उहाँको कान हाम्रो कुराहरुमा लगाउनुहुन्छ ।

परमप्रभुको डर मान्नेहरु र उहाँको नाउँको मान गर्नेहरुका सम्झनाको पत्र मुठ्ठामा उहाँको उपस्थितिमा लेखियो ।”यहाँ परमप्रभुको डर मान्नेहरु अनि परमेश्वरको नामको मान गर्नेहरुको लागि सम्झनाको पत्र मुठठामा लेखिएको कुरा बताएका छन् । परमेश्वरको सम्झनाको पत्रमा नाम लेख्नु भनेको उहाँले विर्सनु हुन्न भन्ने कुरा हो । जव हामी परमेश्वरको डर मान्छौं, जब हामी उहाँको नामको मान गर्छौ, उहाँले सम्झनाको पुस्तकमा हाम्रो नाम लेख्नुहुन्छ । उहाँले धर्मीजनहरुको सम्झना गर्नुहुन्छ । उहाँले विर्सनु हुन्न । शायद तपाईंको मनमा कतिचोटी यस्तो लाग्न सक्दछ कि मलाई कसैले सम्झेन । मलाई कसैले हेरेन । मलाई कसैले याद गरेन । मेरो कामको कसैले वास्ता गरेन । जति काम गरे पनि कसैले वास्ता गरेन । अनि कति तपाईंको आफ्नै समस्याको कारण थकित हुनुभएको छ । मलाकी अगमबक्ताले भनीरहेका छन् कि परमेश्वरको एउटा पुस्तक छ, जसको नाम हो सम्झनाको पुस्तक अथवा पत्र । त्यो पुस्तकमा परमेश्वरको डर मान्ने, उहाँको नामको मान गर्ने हरेकको अभिलेख राखिनेछ । यो परमेश्वरको आप्mनै उपस्थितिमा गर्नुहुनेछ । कति अचम्म र खुशीको कुरा ! कति आनन्द र आशाको कुरा ! त्यसो भए हामी किन निराशा हुने ? किन वेखुशी हुने ? किन चिन्ता फिक्री गर्ने ? हामीले परमेश्वरको डर मान्नै पर्छ । उहाँको नामको मान गर्नै पर्छ । उहाँको नाम अति उच्च नाम हो । उहाँको नाम अति शक्तिशाली नाम हो । उहाँको नाम उदेकको नाम हो । उहाँको नाम पुकारा गर्नेहरुलाई उहाँले जवाफ दिनुहुन्छ । उहाँको नामको मान गर्ने, आदर गर्नेहरुलाई उहाँले उहाँको सम्झनाको पुस्तकमा तिनीहरुको नाम लेख्नुहुन्छ । यो सम्झनाको पुस्तकचाहिं जीवनको पुस्तकसँग सम्बन्धित छ । जब कुनै मानिसको नाम जीवनको पुस्तकबाट हटाईन्छ भने उसको सम्झनाको पुस्तकबाट पनि हटाईनेछ ।

निश्कर्ष
निश्चय पनि तपाईंले प्रभुको डर मान्न छोडनु भयो । प्रभुको नामको आदर मान गर्न छोड्नु भयो होला । यसो गर्नु भनेको हामी प्रभुबाट अलग भएर पाप र अधर्ममा जिउनु हो । यस्तो अवस्थामा परमेश्वरले कसरी तपाई र मेरो जीवनमा उहाँको आशिष ल्याउन सक्नुहुन्छ ? कसरी उहाँले उहाँको महान काम हाम्रो जीवनमा हुँदछ ? आज हामी सबैले परमेश्वरको भय मान्नु पर्दछ । उहाँको विषयमा वातचित गरी एकले अर्कामा उत्साह भर्नु पर्दछ । शायद कतिचोटी तपाई भीडहरुमाझ पनि एक्लो पाउनु भएको छ । तपाईंको कुरा कसैले सुन्दैन, तपाईंको मनको कुरा कसैले बुभ्mदैन भन्ने लागीरहेको छ । प्रिय प्रभुका जनहरु, परमेश्वर तपाईको कुरा सुन्नुहुन्छ । तपाईको मनको कुरा उहाँले बुझनु हुन्छ । तपाईलाई उहाँले एक्लो छोड्न चाहनु हुन्न । उहाँ तपाईको साथमा बस्न चाहनुहुन्छ । उहाँले तपाईको जीवनमा सुरक्षा, शान्ति, जुटावट, आशिष ल्याउनु हुन्छ । तपाईको नाम परमेश्वरले उहाँको सम्झनाको पत्रमा लेख्नु हुन्छ । उहाँले तपाईलाई विर्सनु हुन्न । किनकि सम्झनाको पुस्तकमा उहाँले तपाईको नाम लेख्नुहुन्छ । परमेश्वरको भय मान्नु, एकले अर्कामा उत्साह दिनु आवश्यक हुँदछ । परमेश्वर तपाईको कुरा सुन्नुहुन्छ । उहाँले तपाईको नाम सम्झनाको पुस्तकमा लेख्नुहुन्छ । प्रभुको  नामको आदर गरौं । उहाँको मान र आदर गरौं । परमेश्वरले सबैलाई आशिष दिउन् ।

रेशम कुमार सुनुवार

599 Views

मलाई मनपर्यो l (8)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

परमप्रभुको डर मान्नु Reviewed by on . शायद तपाई जीवनमा एक्लो महसूस गर्नुभएको छ । प्रभुको डर भय मान्न पनि छोडनु भएको छ । प्रभुदेखि टाढो भएर तीतो जीवन बाँच्नु भएको छ । शायद मेरो मनको कुरा कसैले बुझन स शायद तपाई जीवनमा एक्लो महसूस गर्नुभएको छ । प्रभुको डर भय मान्न पनि छोडनु भएको छ । प्रभुदेखि टाढो भएर तीतो जीवन बाँच्नु भएको छ । शायद मेरो मनको कुरा कसैले बुझन स Rating: 0
scroll to top