Tuesday, January 23, 2018

प्राचीन बाइबलिय शहर जोगाउन क्रिश्चियनहरु आईएस बिरुद्ध उत्रिए !

November 12, 2015 10:14 pm by: Category: News A+ / A-

२६ कार्तिक, २०७२।Christians-in-Syrians-suffer

सिरियाको एउटा प्राचिन बाइबलिय शहरलाई  आईएस आतकंवादीको नियन्त्रणबाट बचाउन देशभरबाट सिरियाली इसाईहरू  जम्मा भएका  सिरियन अर्थोडक्स चर्चका प्रमुखले बताएका छन ।

यतिखेर आईएसका लडाकुहरु सिरियाको राजधानी दमास्कसबाट पूर्वतर्फ बढिरहेका छन्  । तिनीहरुले माहीन शहरलाई नियन्त्रण गरिसकेका छन भने अहिले यस समूहले प्राचीन शहर सादादमाथि करिब एक हप्तादेखि आक्रकण गरिरहेका छन् । सादाद माहीमबाट करिब ४ माईलको दुरीमा छ । यसैलाई बचाउन देशभरबाट सिरियन क्रिश्चियनहरु एकताबद्ध भएका हुन ।

सादाद शहरलाई बाईबलको गन्ती र ईजकिएलको पुस्तकमा जिदादको रुपमा उल्लेख गरिएको छ । दमास्कस र होम्स शहरलाई जोड्ने राजमार्ग यस शहर भएर जाने भएको हुनाले सामरिक दुष्टिबाट यो महत्वपूर्ण शहर हो । अलकायदा संबद्ध अल नुस्राले सन २०१३ मा यस शहरलाई हात पारेपनि एक हप्ता पछि नै सिरियन सेनाले यसलाई नियन्त्रणमा लिएको थियो । त्याहा आईएसले ४६ भन्दा बढी सिरियाली क्रिश्चियहरुलाई हत्या गरेमा थिए । अहिले एक हप्तादेखि आईएसका लडाकुहरुले याहा आक्रमण गरिरहेका छन र त्यस हमलालाई निस्तेज पारेर शहरलाइ बचाउनको लागि देशभरबाट ५०० भन्दा धेरै क्रिश्चियनहरु आईएसलाई शहर पस्नबाट रोक्न लडाई गरिरहेको कुरा सिरियन अर्थोडक्स चर्चका एकजना अगुवाले न्युजविकलाई जानकारी दिएका छन ।

यसरी यस शहरको रक्षार्थ सयौ क्रिश्चियनहरु जम्मा भएर लड्न थालेपछि मुस्लिम र अलावितिस सिरियन सेनासगँ मिलेर शहर जोगाउन लागेका छन । लाखौ क्रिश्चियनहरु इराक र सिरियाबाट बिस्थापित भैरहेको अवस्थामा उनीहरु आफनो गृहनगर जोगाउन आईएस बिरुद्ध उत्रिए केही अर्थ राख्ने, गौरव र उत्साहपूर्ण काम गरेका छन । यसरी सादादलाई जोगाउन यतिखेर कैयौ लागिरहेका छन भने; धेरैले भने पहिले नै शहर छाडिसकेका छन् । न्युजविक समाचार एजेन्सीका अनुसार १५ हजार जनख्या रहेको यो शहर  करिव २ हजारमा आईपुगेको छ । एजेन्सी ।

479 Views

प्रतिक्रियाहरू

प्राचीन बाइबलिय शहर जोगाउन क्रिश्चियनहरु आईएस बिरुद्ध उत्रिए ! Reviewed by on . २६ कार्तिक, २०७२। सिरियाको एउटा प्राचिन बाइबलिय शहरलाई  आईएस आतकंवादीको नियन्त्रणबाट बचाउन देशभरबाट सिरियाली इसाईहरू  जम्मा भएका  सिरियन अर्थोडक्स चर्चका प्रमुख २६ कार्तिक, २०७२। सिरियाको एउटा प्राचिन बाइबलिय शहरलाई  आईएस आतकंवादीको नियन्त्रणबाट बचाउन देशभरबाट सिरियाली इसाईहरू  जम्मा भएका  सिरियन अर्थोडक्स चर्चका प्रमुख Rating: 0
scroll to top