Thursday, May 24, 2018

ख्रीष्टियन महासंघ नेपालका सह-अध्यक्ष कार्कीद्वारा राजिनामा

February 22, 2016 11:25 am by: Category: News A+ / A-

12735864_996127277090593_1733232787_nराष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष कार्यसमितिको बैठक अध्यक्ष डा. सुन्दर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारको विषयमा विशेष छलफल गर्दै नेपाल सरकारले गरेको ३ बुँदे र ६ बुँदे सहमति बमोजिम यथासिघ्र समाधिस्थलको व्यवस्था लगायतका विषयमा विशेष पहल गर्दै अगाडि बढ्न विभिन्न कार्यक्रमहरु तय गरिने भएको हुँदा सम्पूर्ण ख्रीष्टियन समुदायलाई सहयोगको साथै प्रार्थना समेत गरिदिनको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै महासंघका सह–अध्यक्ष रेभ. इशुजंग कार्कीले अन्यत्र सक्रिय हुने कारण देखाई सह–अध्यक्ष पदबाट दिनुभएको राजीनामालाई विधानको धारा ४५ को उपधारा–१ बमोजिम केन्द्रिय विशेष कार्यसमितिले स्वीकृत गर्दै केन्द्रिय समितिमा अनुमोदनको लागि पेश गर्ने निर्णय गरेको छ । सहअध्यक्ष कार्कीलाई पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको एकीकृत नेकपा माओबादी पार्टीले विशेष जिम्मेवारीको निम्ति बोलाएको भन्ने अपुष्ट समाचार पनि प्राप्त भएको छ ।  

अध्यक्ष डा. सुन्दर थापाले महासंघलाई यस ठाउँसम्म ल्याउनलाई कार्कीले खेल्नुभएको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रार्थनासहित् धन्यवाद प्रदान गर्नुभयो । साथै सोही बैठकले अध्यक्षज्यूको अनुपस्थितिमा सह–अध्यक्ष रिता काबोज्यूलाई का.वा. अध्यक्षको कार्यभार वहन गर्ने गरेर जिम्मेवारी दिएको छ ।

412 Views

प्रतिक्रियाहरू

ख्रीष्टियन महासंघ नेपालका सह-अध्यक्ष कार्कीद्वारा राजिनामा Reviewed by on . राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष कार्यसमितिको बैठक अध्यक्ष डा. सुन्दर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारक राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको विशेष कार्यसमितिको बैठक अध्यक्ष डा. सुन्दर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले ख्रीष्टियन समुदायका राष्ट्रिय सरोकारक Rating: 0
scroll to top