Thursday, July 19, 2018

बिरामी हुँदा एक्लो महशुस हुन्छः श्रेष्ठ

July 2, 2014 12:51 pm by: Category: Interviews A+ / A-
बिरामी हुँदा एक्लो महशुस हुन्छः श्रेष्ठ

बिरामी हुँदा एक्लो महशुस हुन्छः श्रेष्ठ

धनबहादुर श्रेष्ठको जन्म विक्रम सम्वत २०३१ साल फागुन २३ गते झापा जिल्लाको डोरामारी भन्ने ठाउँमा भएको हो । २०३६ सालमा परिवारै बसाईं सरेर मोरंगको शनिश्चरे ४ मा आउनुभएपछि उहाँको पढाई पनि स्थानीय बुद्ध माविबाट शुरु भयो । २०५१ सालमा एस.एल.सी दिएपछि उहाँको औपचारिक पढाई रोकियो । २०५४ सालमा परमेश्वरलाई विश्वास गरेर काठमाण्डौंको गुड न्यूज बाइबल स्कूलमा ५ महिना तालिम लिएपछि उहाँले परमेश्वरको काम गर्न थाल्नुभयो । नेपालमा सेवकाई गर्दा परिवारको गाँसवासमै समस्या भएपछि सन् २००२ मा पैसा कमाउने मति लिएर कामदारको रुपमा मलेसिया पस्नुभयो ।  पैसा कमाउने उद्देश्यले मलेसिया छिरे पनि परमेश्वरको उद्देश्य अर्कै रहेछ सायद ५-६ जना साथीहरु जम्मा भएर मलेसियामा नै उहाँले संगति शुरु गर्नुभयो । आज त्यही संगतिलाई क्लाड्ड नेपाली चौतारी वा  Migrant Ministry Klang पनि भनिन्छ ।  २००७ मा नेपाल फर्किएर उहाँले एक वर्ष फेरि बाइबल स्कूलमा द्य।त्। ऋ।ए। पढ्नुभयो । त्यसपछि मलेसिया नै फर्किएर लगातार सेवाकाई गरिरहनुभएको छ ।   उहाँका बाबा, आमा, दुई भाइहरु र दुई बहिनीहरु छन् । उहाँ विवाहित हुनुहुन्छ । उहाँका श्रीमती र दुई छोरा मोरंगको शनिश्चरेमा बसोबास गर्छन् ।
     मलेसियामा हाल लगभग ६ लाख नेपाली रहेको अनुमान गरिन्छ । उनीहरुको अवस्था बुझ्न र उनीहरु बसेको होस्टलमा गएर सुसमाचार सुनाउन (खासगरी तराई मूलकाहरुलाई) अनि इसाई साथीहरुलाई उत्साह दिनका लागि सन् २०१२ मे २२ देखि जुन ३ सम्म निस्तारका कार्यकारी सम्पादक रामप्रसाद पौडेल र प्रबन्ध निर्देशक प्रदीप झा मलेसिया जानुभएको थियो । सोही समयमा प्रभुका सेवक धनबहादुर श्रेष्ठसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
 
 
     मलेसियामा भइरहेको नेपाली संगतिको विषयमा केही बताइदिनुहोस् न !
मलेसियामा अहिले हरेक प्रमुख शहरमा नेपाली संगति भइरहेका छन् । नेपाली साथीहरुले आफ्नो काम सकेर फेरि बिहानबेलुका समय निकालेर संगतिमा आएको देख्दा खुशी लाग्छ । सानो ठूलो गरेर ८५ भन्दा बढी संगतिहरु छ्न् तर पूर्णकालीन सेवक २० जना जति मात्र छौं । मलेसियामा भएको नेपाली संगति आफ्नो खुट्टामा उभिन सकेको छैन । यहाँको स्थानीय चर्चको सहयोगमा चलिरहेको छ । यहाँ अझै धेरै पूर्णकालीन सेवकहरुको खाँचो छ ।

     के मलेसियामा सुसमाचार सुनाउन नेपालमा भन्दा सजिलो हो ?-

सुसमाचार सुनाउनेको लागि नेपालमा न मलेसियामा जहाँ पनि सजिलो नै हुन्छ । मलेसियामा पहिलो पटक आएकाहरुको लागि भने नयाँ भएर एक्लो अनुभव हुन्छ । त्यस्तो बेलामा भेटेर संगतिमा पु¥याएमा उसको असल साथी बन्न सकिन्छ र उसले प्रभूलाई पनि पाउन सक्छ ।

  • मलेसियामा सेवकाई गर्दाका कठिनाइहरु के के हुन्?
    पहिलो कुरा त भिसा …नै हो…र अर्को कुरा यहाँ नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरु छन् । उनीहरुको भाषा, रहनसहन बेग्लै छ । वर्षैपिछे सबैलाई बुझ्न सक्ने लिडर तयार गर्नुपर्छ । यो निकै चुनौतिपूर्ण छ । केही वर्षपछि यहाँबाट सबै नेपाल फर्किन्छन् । यहाँ जाने आउने बराबर भइरहन्छ । यहाँ आवश्यक नेपाली बाइबल भजन लगायतका सामग्रीहरु पाइँदैन । यो मुस्लिम देश भएकोले सुसमाचार सुनाउन गाह्रो नै छ सबैलाई भन्न पाइँदैन, नेपाली वा अरु विदेशीलाई मात्र हो                                                                                                           
  • परिवारबाट टाढा रहेर सेवाकाई गरिरहनु भएको छ , कुनै पछुतो गुनासो वा कठिनाइहरु छन् कि ?                                                                                                -यो प्रश्नको लागि धेरै धन्यवाद ! हामी इसाईहरुको परिवार नै अरुको निम्ति नमुना हो । दशवर्ष भयो म मलेसियामा बसेर सेवाकाई गर्दैछु । पहिले त गुनासो थियो । तर एक दिनप्रभु मसँग यस विषयमा उत्पति १२ः१-३ बाट बोल्नुभयो । कठिनाइ त आउँछ नै । कहिलेकाहिँ धेरै काम गरेर थाक्दा घर परिवारको याद आउँछ, अनि कहिलेकाहिँ बिरामी हुँदा पनि एक्लो महशुस हुन्छ । हप्ताको बीचमा सबै काममा हुन्छन् कहिलेकाहिँ भाइहरु आएर सहायता गर्छन् । यस्तै छ परदेशी सेवाकाई । पहिलो प्राथमिकता परमेश्वरलाई, दोस्रो परिवारलाई र तेस्रो अरुलाई न हो ।

    • नेपाली कामदारहरुले मलेसियामा कस्ता समस्याहरु भोग्नुपर्छ र किन?                                                                                       –पहिलो कुरा त शिक्षा नै हो र दोस्रो कुरा नेपालीहरुमा कुनै सीप नै हुँदैन । भाषा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसकारण धेरै नेपालीहरुले तल्लो दर्जाको लेवर भएर काम गर्नुपर्छ यहाँ ।  अरुको पेलाई खानुपर्छ । बाहिर हिँड्दा पनि नेपालीहरु त्यति साह्रो सुरक्षित छैनन् ।
      • समस्यामा रहेका नेपालीहरुलाई  कसरी सहायता पुर्याउनुहुन्छ ?                                                                                  -हाम्रा धेरै नेपाली साथीहरुलाई अनेक समस्या हुन्छन् यहाँ । त्यस मध्यमा हामीले गर्न सक्ने कुरा मात्र सहयोग गर्छौ । बस्न र खानसम्म दिन्छौं । २६ जनासम्मको समूहलाई दुई–तीन महिनासम्म पालेर  नेपाल पठाएका छौं ।  अरु बाँकी काम नेपाली राजदुतावाससँगको सहकार्यमा गर्छा । जे होस् जोखिममा रहेका नेपालीहरुलाई हामी सकेको सहायता पुयाउँछौं । अति नै कष्टमा रहेकाहरुले मलाई dhan_shrestha@yahoo.com मा सम्पर्क गर्न सक्नुहुनेछ

        • कोही नयाँ मान्छे नेपालबाट मलेसिया आउँदैछन् भने तपार्ईंको सल्लाह के हुन्छ ?

                                    – कोही तपाईहरु मलेसियामा कामको लागि आउँदै हुनुहुन्छ भने कम्पनिको बारेमा राम्रो जानकारी लिएर बुझेर मात्र आउनुहोला । दुईवटा कामको सम्झौता नबोक्नुहोस् त्यस्तो भएमा मेनपावारले तपाईलाई ठगी गर्दैछ भन्ने जाने हुन्छ ।

तपाई सेवाकाईमा आउन चाहानुहुन्छ भने पहिला परमेश्वरको बोलावटलाई थाहा गर्नुहोस् र सेवाकाई जागिर होइन यो प्रभुको आज्ञा हो, सबै ठाउँमा गएर प्रचार गर्नुपर्छ भन्ने ठान्नुहोस् । त्यसपछि मात्र मलेसिया आउनुहोस् । मलेसियामा मिनिष्ट्रि बेच्छु र फर्कँदा केही कमाएर फर्कन्छु भन्ने मनशाय लिनुभएको छ भने तपाईं मलेसिया नआउँदा धेरै असल हुनेछ ।
अब मलेसियामा कति वर्ष बस्नुहुन्छ ?
खै कति बसिन्छ ….? मेरो योजनामा त तीनवर्ष भइसक्यो मलेसियाबाट बिदा मागेको । प्रभुले फर्किनै दिनुहुन्न । अब मेरो योजना यस वर्ष मात्र हो भनेको छु खै के हुन्छ  ?

  • तपाई नेपाल फर्कनु भएपछि क्लाङ्घ नेपाली चौतारी मलेसियालाई कस्तो असर गर्ला ?

     कुनै पनि पुरानो व्यक्तिले छोड्दा केही असर त हुन्छ नै तर पनि हामीले कसैलाई सिकाएर जिम्मेवारी दिँदै जानु नै हामी ख्रीष्टियानहरुको सिद्धान्त हो ।

  • अन्तमा, मैले सोध्न बिर्सिएको र तपाईले भन्नै पर्ने कुरा केही छन् कि ?   –यो दुई शब्द राख्ने अवसर दिनु भएकोमा धन्यवाद ! एउटा कुरा मैले भन्नै पर्ने देखेको छु । ठूला भनाउँदाहरु धेरैले मलाई तपाई कुन डिनोमिनेशनको हुनुहुन्छ र कुन सिद्धान्त सिकाउनुहुन्छ भनि प्रश्न गर्छन् । नेपालमा मेरो स्थानीय मण्डलीमा आफ्नै मण्डली सिद्धान्त छ तर आज म मलेसियामा मण्डलीको सिद्धान्त होइन ख्रीष्टको सिद्धान्त प्रचार गर्दछु । आज धेरै मण्डलीहरुले आफ्नै सिद्धान्त मात्र राम्रो हो अरु गलत छन् भन्ने प्रचार गरेकाले देशमा मण्डली एकता छैन । अब हामी एक भएर ख्रीष्टको सेवागर्नु र अगाडि बढ्नुपर्छ । सबैलाई ख्रीष्टमा जित्नु छ । त्यसैले अब हामी एक हुनुपर्छ ।  सबैलाई मेरो यही बिन्ती छ ।

96 Views

प्रतिक्रियाहरू

बिरामी हुँदा एक्लो महशुस हुन्छः श्रेष्ठ Reviewed by on . [caption id="attachment_183" align="alignleft" width="300"] बिरामी हुँदा एक्लो महशुस हुन्छः श्रेष्ठ[/caption] धनबहादुर श्रेष्ठको जन्म विक्रम सम्वत २०३१ साल फागु [caption id="attachment_183" align="alignleft" width="300"] बिरामी हुँदा एक्लो महशुस हुन्छः श्रेष्ठ[/caption] धनबहादुर श्रेष्ठको जन्म विक्रम सम्वत २०३१ साल फागु Rating: 0

Comments (1)

scroll to top