Friday, December 15, 2017

सत्य बाटो बाइबल मात्र हो

August 30, 2016 4:42 pm by: Category: Articles A+ / A-

14102415_1796544697244585_1681729623418800213_n

बाइबल परमेश्वरको बचन हो । यसमा ६६ वटा पुस्तकहरु समावेश गरिएको छ । बाइबलका ६६ पुस्तकहरुलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो भाग पुरानो करार भनिन्छ त्यो भनेको ‘सृष्टिदेखि येसु ख्रिष्ट आगमन पुर्व’ का घटनाहरु समावेश भएको छ र दोस्रो नयाँ करार हो त्यो भनेको येसु ख्रिष्ट जन्मदेखि संसारको अन्त्यसम्मको कुरा वर्णन गरिएको छ । यसैले पूर्ण जानकारीका निम्ति पुरानो करारका ३९ वटा र नयाँ करारका २७ वटा गरी ६६ वटै पुस्तक समेटिएको ‘पवित्र बाइबल’ पढ्न आवश्यक छ ।

बाइबल मानवीय ज्ञानको रचना होइन । यो परमेश्वरको आत्माकोृ प्रेरणा पाएर करिब ४० जना मानिसहरुलाई प्रयोग गरि तयार गरिएको छ । यो तयार हुनलाई कम्तिमा १५ सय वर्षको समय लागेको छ । १५ सय वर्षको अवधिमा लेखिएका पुस्तकहरु यत्रतत्र छरिएका थिए । तिनीहरुलाई एकत्रित गर्न मात्रै करिब ३५० वर्ष लागेको थियो । सन् ४१९ मा सम्पन्न भएको हिप्पोको परिषदले अहिले पवित्र बाइबलमा समेटिएका ६६ वटा पुस्तकलाई समेटेर बाइबल तयार गरिएको हो । शुरुमा पुरानो करारका ३९ वटा पुस्तक हिब्रु भाषामा लेखिएका थिए । नयाँ करारका २७ वटा पुस्तकचाहिँ ग्रिक भाषामा र येसु ख्रिष्टले बोल्नु भएका शब्दहरु चाहिँ आरामाइक भाषामा लेखिएको थियो । सन् १४५४ मा जर्मनमा जोहानेस गुटेनले ‘जोहन गुटेन वर्ग धातु नामक छापाखानाको आविष्कार गरि ३० थान बाइबल प्रकाशित गरेका थिए । त्यसपछि नै विश्वमा छपाई प्रविधिको विकास भएको हो ।

पादरी गंगाप्रसाद प्रधानले अंग्रेजी भाषामा बाइबल अनुवाद गर्नुभन्दा अघि विलियम केरीले सन् १८२१ मा भारतमा बसी नयाँ नियमको नेपाली अनुवाद गरेका थिए । सन् १९१४ मा नेपाली भाषामा गंगाप्रसाद प्रधानले पुरै बाइबल (पुरानो–नयाँ) अनुवाद गरेका थिए । हाल संसारभर ६ हजार भन्दा बढि भाषामा बाइबल अनुवाद भइसकेको छ भने यो क्रम तिब्र गतिमा अघि बढि रहेको छ । हामीले आफ्नो भाषा दख्खल र ज्ञानका आधारमा कुन भाषाको बाइबल पढ्ने हो आफैमा निर्भर हुन्छ । केही विद्वानहरुले भाषा अनुवादसँगै ओरिजिनालिटि (मुल) विग्रिएको तथा सत्य र सहि अर्थ बुझ्न हिबु्र वा ग्रिक र आरामाइक भाषामा नै प्रकाशित बाइबल पढ्नु पर्छ भन्ने गरेको पनि सुन्न आएको छ त्यो वास्तविक होइन । खस पर्वते भाषा बोल्न नआउने र नबुझ्ने कतिपय आदिवासी जनजातिहरुले आफ्नै भाषामा प्रकाशित बँइबल राम्ररी बुझ सक्छन् ।

प्रोटेस्टियन भनेको मार्टिन लुथरले १६ औं शताब्दीमा क्योथोलिक विचारको भण्डाफोर गरी ख्रिष्टियन स्वयम्ले बाइबल अध्ययन गर्न पाउने अधिकारका निम्ति संघर्ष गरेका थिए । क्याथोनिकहरुले ८० वटा पुस्तक भएको बाइबल पढ्ने गर्छन् । त्यो बाइबल पनि गलत होइन तर धर्मगुरु पोपले भन्दा अरुले बाइबल अध्ययन गर्ने, प्रचार गर्ने अधिकार नभएका कारण प्रोटेस्ट (विद्रोह) भएको थियो । यसैकारण पवित्र बाइबल नै अध्ययन गर्नु उपयोगी हुन्छ । जुन ४१९ मा हिप्पोको परिषद्ले अन्तिम रुप दिएको थियो ।

संसारमा सबैभन्दा बढि प्रकाशन भएको पुस्तक बाइबल नै हो । यो अत्याधिक संस्करण अर्थात् पुनः प्रकाशन गरिएको पुस्तक हो । यसरी संस्करण गर्दा शुद्धाशुद्धी र भाषामा भने निश्चय नै फरकपना आउँछ । जस्तै पादरी गंगाप्रसाद प्रधानले आजभन्दा १ सय वर्ष अघि प्रकाशन गरेको बाइबल र हिजोआज बजारमा पाइने बाइबलबीच थुप्रै अन्तर पाउन सकिन्छ । यस्तो फरकपना देखेपछि विश्वासीहरुमा समेत अन्ल्यौता आउनु स्वभाविक हो तर यसको यक्ष प्रश्न कहाँनेर हो भने हाम्रो नेपाली समाज भाषा आन्दोलनमा अहिले पछि छँदैछ । २ सय ५० वर्ष अघि पृथ्वीनारण शाहले चलाएको भाषा भनौ वा वि.सं.१९१० मा जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐन आज हामीले पढ्दा ९५ प्रतिशत बुझ्न सक्नदैनौ यो भाषामा आएको फरकपन हो । त्यस्तै बाइबल दुई हजार वर्ष अघिका मानिसले बुझ्ने र अहिलेका मानिसले बुझ्ने सवालमा थुप्रै अन्तर भएपनि त्यसको मुल आशय, मर्म वा भाव आजसम्म फरक परेको छैन र पर्दैन पनि । शुरुको बाइबल जे हो आजसम्म मात्रै होइन संसारको अन्त्यसम्म पनि बाइबलका कुनै विन्दु वा मात्र परिवर्तन हुने छैनन् । किनकी यो त मानव जातिका निम्ति परमेश्वरले दिनु भएको वचन हो ।

बाइबललाई येसु ख्रिष्टको जीवनीका रुपमा मात्र हेर्नु हुँदैन । हुन त हामी मानवलाई जन्मदेखि मृत्युसम्मका सम्पूर्ण विवरण नआउन्जेल पूर्णता भएजस्तो नलाग्नु कुनै आश्चर्यको विषय होइन । बाइबलले यो बताउँछ कि सृष्टि भन्दा अगाडी नै युसु ख्रिष्टको अस्तित्व थियो । उहाँ परमेश्वर हुनुहुन्थ्यो, सारा सृष्टि उहाँकै हो । मानिस आफ्नो पापका कारण मृत्युवरण गरयो । त्यस पापबाट बनाउन र आत्मिक उद्दारको निम्ति येसु ख्रिष्ट मानव चोलमा कन्य मरियमको कोखबाट जन्मनु भयो । उहाँ इश्वर हुनुहुन्थ्यो भन्ने विभिन्न आश्चर्यका कर्महरुबाट प्रमाणित गरिएको छ र अनन्त स्वर्गमा वास पाउनेछ भन्ने कुरामा जोड दिइएको छ । बाइबल अध्ययनबाट येसु ख्रिष्ट करिब ३३ वर्षसम्म इज्राएलकै आसपासमा रही सेवाकार्य गर्नुभएको थाह हुन्छ तर उहाँको पूर्ण जीवनी उल्लेखित छैन । जुन कुरा लेखिएकै छैन त्यस विषयमा विना प्रमाण अनुमान गरेर भन्नु उपयुक्त नहोला ।

एउटा सत्य कुरा हो कि, एउटै येसु ख्रिष्टलाई विश्वास गर्ने मानिसहरु आज हजारौं सम्प्रदायमा विभाजन भएका छन् । यि सम्प्रदायहरु भूगोल, जात, संस्कार आदिका प्रभावमा विभाजन भएको देखिन्छ । यद्यपी सबैले येसु ख्रिष्टलाई नै उद्दारकर्ता र मुक्तिदाता भनि मान्दछन् र विश्वास गर्दछन् भने असलै हो तर झुठा शिक्षहरु समेत शुरुदेखि नै देखा परेका छन् । जस्तै ख्रिष्टियन भनेको येसु ख्रिष्ट नै अन्तिम लक्ष्य र गन्तव्य बनाउनु र उहाँकै पछि लाग्ने व्यक्ति हो । तर यहोवाका साक्षी, माता मरियम जस्ता शिक्षक र उनका शिक्षाहरु शाब्दिक रुपमा नै गलत छन् । तिनीहरुलाई ख्ििरष्टियन भन्नु हुँदैन । नेकपालमा बसेका सबै नेपाली होइनन् । यहाँ विदेशीहरु जागिर खान, व्यावसाय गर्न वा अन्य उद्देश्यले आएकाहरु पनि छन् । नेपाली हुनलाई नागरिकता हुनुपर्छ । त्यस्तै ख्रिष्टियन हुँ भन्नुलाई ख्रिष्टलाई पच्छ्याएको हुनुपर्छ । त्यसैले एउटै बाइबलबाट ख्रिष्टको पछि लाग्नेृहरुको एउटै विश्वास हुन्छ । सम्प्रदायका शिक्षा होइन बाइबलीय शिक्षा सम्प्रदायले पालना गर्नुपर्छ । संसर विविधताले भरिएको हुनाले धेरै सम्प्रदाय भए भनेर हाम्रो विश्वास कमजोर बनाउनु हुँदैन । क्रिश्चियन धर्म होइन यो आस्था, विश्वास वा दर्शन हो । दर्शन भएका कारण आ–आफ्नै संस्कार अनुसार ख्रिष्टलाई ग्रहण गर्ने र उहाँको मार्गमा िहड्ने हो । यदि धर्म हो भने चाहिँ यति सम्प्रदायको विकास हुने नै थिएन । अमेरिकामा जसरी सञ्चालन हुन्थ्यिो नेपाल अनि न्यूजिल्याण्डमा पनि त्यसरी नै हुने थियो । नेपालमा मात्रै १ सय २३ वटा भाषा र १ सय २५ भन्दा बढि जातिहरु छन् ति मध्ये कति धेरै सम्प्रदाय छन हामी सहजै भन्न सक्छौं । यसकारण ख्रिष्टियन धर्मका रुपमा विकास गर्ने हो भने सबै सम्प्रदायको विकासमा जोड दिन्छन् तर हामीले त्यसो गर्नु हुँदैन । धर्मले होइन विश्वास र विश्वास अनुसारको कर्म प्रमुख कुरा हो ।

एउटा ख्रिष्टियनका निम्ति बाइबलले तोकेको विधि दुई वटा मात्रै छन् ति हुन्– १) बप्तिस्मा (२) प्रभुभोज । बाँकी कुनै पनि चाड पर्व मनाउन आवश्यक छैन । बाइबलमा उल्लेखित पर्वहरु त्यतिबेलाका घटनाहरु हुन् तर यी दुई विधि चाहिँ निरन्तर रुपमा गर्नु भनि येसु ख्रिष्ट स्वयम्ले आज्ञा गर्नुभएको छ । तर, प्रभुको महिमाको निम्ति उहाँको प्रशंसा र प्रचारका निम्ति ख्रिष्टियनहरुले चाड वर्षका रुपमा हर्षोउल्लास सहित मनाउँदै आएका छन् । तर त्यसमा सहमत र असहमत जनाउने दुवै पक्ष छन् । यो सम्प्रदायमा भर पर्छ । पर्वहरु मनाउने वा नमनाउने भन्ने विषयमा ठुलठुला बहसहरु बर्षेनी हुँदै आएका छन् । यस विषयमा स्थानीय मण्डलीहरुको निर्णय नै महत्वपूर्ण हुन्छ । के गर्दा त्यहाँ भएका विश्वासीहरुको आत्मिक बृद्धि भई मण्डलीमा एकता हुन्छ सोही निर्णण हुन्छ । यसो हुँदा हुँदै पनि एउटा सम्प्रदायले अर्को सम्प्रदायलाई हेलाहोचा गर्ने, आफू सहि अरु गलत र झुठा देख्ने र एउटा सम्प्रदायमा गएमा नर्क नै जान्छ भनि भन्नु किमार्थ सहि होइन । त्यसो भन्ने व्यक्ति वा सम्प्रदाय स्वयम् दोषी हो । कोही व्यक्ति प्रभु येसु ख्रिष्टलाई व्यक्तिगत रुपमा ‘मेरा प्रभु र मुक्तिदाता’ भनि हृदयले विश्वास गर्छ र मुखले स्वीकार गर्छ भने त्यसले उद्दार पाउँछ । उद्दार पाएको व्यक्तिलाई कुनै मण्डली वा सम्प्रदायर्ले मा प्रवेश नदिँदैमा स्वर्गको राज्यबाट अलग हुने छैन बरु त्यस्तो भेदभाव गर्नेहरु नै इन्साफमा जानेछन् ।

बाइबल आफैमा प्रष्ट छ । कुनै व्यक्तिले अर्थ फरक ढंगले लगाउँदैमा बहकिनु आवश्यक छैन । व्यक्तिले त आफ्ना अनुभूति, आफ्ना अनुमान, कल्पना र सपनालाई परमेश्वरको वचन, परमेश्वरको आज्ञा भनि प्रचार गर्लान् तर हामीले पवित्र बाइबलसँग मेल खान्छ कि खाँदैन भनि जाँच गर्न आवश्यक छ । व्यक्तिको बहकाउमा अन्धविश्वासी भएर होइन ज्योतीमा हरेक कुरा केलाएर स्पष्ट भएर उहाँको पछि लाग्नुपर्छ । कुनै पनि मानिस पूर्णता छैन । मानिसमा सबै कुराको सम्भव भए त हामीलाई ख्रिष्टको आवश्यकता नै पर्ने थिएन । त्यसकारण हाम्रो विश्वास येसु ख्रिष्टसँगको जियाई र उहाँसँगको संगतले नै निर्धारण गर्दछ । मानिसमा होइन परमेश्वरमा भर परेर जिउने व्यक्ति गन्तव्यमा पुग्नेछ । धन्यवाद । आमेन ।
०७३।०५।१४ गते धरान ।

गिदोन लामिछाने

373 Views

प्रतिक्रियाहरू

सत्य बाटो बाइबल मात्र हो Reviewed by on . बाइबल परमेश्वरको बचन हो । यसमा ६६ वटा पुस्तकहरु समावेश गरिएको छ । बाइबलका ६६ पुस्तकहरुलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो भाग पुरानो करार भनिन्छ त्यो भनेको ‘स बाइबल परमेश्वरको बचन हो । यसमा ६६ वटा पुस्तकहरु समावेश गरिएको छ । बाइबलका ६६ पुस्तकहरुलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो भाग पुरानो करार भनिन्छ त्यो भनेको ‘स Rating: 0
scroll to top