Tuesday, October 24, 2017

व्यवस्था वा अनुग्रह (Law vs Grace) (भिडियो सहित )

August 31, 2016 5:46 pm by: Category: Articles A+ / A-

व्यवस्थाद्वारा  नै  मुक्ति पाउन  सकिन्छ भन्नेहरूले  पढ्नै पर्ने  !

law_vs_grace१) जती मित्रहरूले “व्यवस्था” भनेर परमेश्वरको  वचनलाई इन्कार गर्दै हुनुहुन्छ त्यो नौलो विषय होईन। दोस्रो र तेस्रो शताब्दीमा पहिलोपटक यो विवाद त्यतिबेला उठ्यो जब मार्सियन ले पुरानो करारलाई ईन्कारगरेर नयाँ नियमलाई मात्रै परमेश्वरको  वचन भनेर दावी गर्यो। उसको पनि तर्क थियो कि हामीलाई अब पुरानो नियम चाहिँदैन। तर त्यसलाई ठिक पार्न लामो समयसम्म मण्डलीमा विवाद भईनै रह्यो र अथानेसियस जस्ता प्रभुका दास र सिङ्गो मण्डलीको समुहसले अन्तमा येशूले र चेलाहरूले चलाएको पुरानो नियम पनि परमेश्वरको वचन हो जसलाई प्रभु आफैले र चेलाहरूले परमेश्वरको वचन र धर्मशास्त्रको नाम दिएका छन् भनि स्वीकार गर्‍यो। व्यवस्थाको एउटा विन्दु पनि वितेर जाने छैन भन्नुकासाथै प्रभुले कहिल्यै पनि व्यवास्था पालन गर्नेलाई कपटी भन्नु भएन तर व्यवस्थाको पुरोहित बन्ने तर आफु त्यसको पालन नगर्नेलाई प्रभुले कपटी भनि धिक्कार्नुभएको छ। प्रभुले कहिल्यै पनि व्यवस्थालाई दोष दिनुभएन तर व्यवस्थालाई बङ्ग्याएर आफ्नो पापलाई लुकाउने र अरुलाई दोषी ठहराउनेहरूलाई।

२) प्रभु येशूलाई यो पनि थाहा थियो कि व्यवास्था पालन गरेर कोही पनि परमेश्वरको राज्यमा प्रबेस गर्न सक्दैन भनेर कारण व्यवस्था मुक्ति कमाउनको लागि दिइएको चिजै होईन। वास्तम्मा प्रभुले नयाँ नियममा व्यवस्थालाई दोब्बर गाह्रो बनाईदिनुभएको छ। मत्तिले डाँडाको उपदेसमा प्रभुले व्यवस्थालाई उल्थागरेका केही अंसहरू राखेको छ र ती थोरै अंसहरू मात्रै पनि मोशाको व्यवस्था भन्दा झन कठिन छन् कसैले पालन गर्नको लागि। त्यसकारण यहाँनिर आएर सोझा विस्वासीलाई पुरानो नियम चाहिँदैन र जसले पुरानो नियमलाई परमेश्वरको वचन भनि स्वीकार गर्दछ उसलाई व्यव्सथाबादी भन्नु आफुमा भएको ज्ञानको कमीलाई प्रस्तुत गर्नु हो। येशूले त्यो व्यवस्था हाम्रो लागि पुर्णरूपले पुरा गरीदिएर हामीलाई सित्तैमा उहाँको पुर्व योजना अनुसार अनुग्रहमा विस्वासद्वारा मुक्ति दिनुभएको छ। जब आज हामी व्यवस्थालाई मनन् गर्छौँ तब प्रभुप्रति हाम्रो प्रेम र भक्ति प्रगाढ हुँदै जान्छ र उहाँको व्यवस्थालाई पनि हामी प्रेम गर्छौँ। 

३) व्यवस्था पनि परमेश्वरको महान योजानमा, उहाँको पुर्व योजनामा (ज्ञानमा) अथवा Divine Decrees मा मानिसप्रतिको उहाँको अनुग्रहबाटै आएको हो। यहुदिका लागि मोशाद्वारा यो व्यवस्था दिईयो भने अन्यजातीहरूको विवेक नै उनिहरूमा भएको परमेश्वरको व्यवस्था हो भनेर नयाँ नियमले भन्छ (रोमी १)। एउटा दासहरूको समुहलाई संसारको उच्च जाती वनाउनुको लागि परमेश्वरले उनिहरूको लागि ढुङ्गाको पाटीमा व्यवस्थाको सारांसलाई दिनुभयो र मोशामा र पुरानो नियमका अन्य अाफ्ना दास दासीहरूमा आफ्नो आत्मा हालेर ती वचनलाई मानिसको हृदयमा हाल्ने प्रयास गर्नु भयो। र आज सम्म पनि यदी कुनै देस वा राष्ट्रमा असल राजनैतिक प्राणली, धार्मिक प्रणाली र नैतिक प्रणाली छ भने त्यसको श्रेय  मोशाको व्यवस्थालाई जान्छ।

४) व्यवस्थाले मानिसको पाप र परमेश्वरको पवित्रतालाई छर्लङ्ग पारेको छ। मानिसम पापमा मरेको, कहिल्यै आफै वचाउन नसक्ने अवस्थामा छ भनि ढुङ्गाको पाटीमा र पछि येशूको मुखबाट निस्केका वचनले बताउँछ। तर जब प्रभुले ती पाप आफैमा बोक्नुभयो तब मरेको मानिसलाई नयाँ गरी जन्माउनुभयो र अब ढुङ्गाको पाटी वा चर्मपत्रमा नभएर आफ्नो व्यवस्थालाई उसको नयाँ हृदयमा लेख्नुहुनेछ भनि अगम्वक्ताले बोलेका वचन आज उहाँलाई विस्वास गर्नेहरूको जीवनमा पुरा गर्नुभएको छ। सारा व्यवस्थालाई प्रभुले २ वाट आज्ञामा सारांसित पार्नुभएको छ, अर्थात “परमेस्वरलाई तेरो सारा हृदयले, प्राणले, शक्तिले र मगजले प्रेम गर्नु। तेरो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु”। पवित्र आत्माको भर्पुरीमा अब विस्वासीले यी २ आज्ञा  पालनगर्न कुनै संघर्ष गर्नुपर्दैन, यो त उसको लागि सारै रहरलाग्दो बन्न जान्छ। परमेस्वर र मानिसलाई प्रेम गर्न नसक्ने तर अनुग्रहको गीत मात्रै हामी गाउँछौँ भने सायद हामीले आफैलाई धोका दिईरहेका छौँ।

५) कतिपटक ईतिहाँसमा र आज पनि आफ्नो जीवनमा पापसँग हारेको कारण हामी आफैलाई सान्त्वना दिनको लागि पुरानो नियमको परमेश्वर नराम्रो र नयाँ नियमको राम्रो भन्न तिर लाग्छौँ। अँझै आत्मिक बन्नकोलागी येशूले र पावलले गालीगरेका कपटी यहुदी धर्मगुरूहरूलाई मोशा र दाउद सँग दाँजेर उहाँले मोशा र दाउदलाई नै गालीगरेको भनेर पुरानो नियमलाई लत्याईदिन पुग्छौँ। यसो नगरौँ, येशूले र पावलले कहिल्यै पनि पुरानो नियमलाई गाली गरेको छैन तर पुरानो नियमलाई बङ्ग्याएर मानिसमा भार थपिदिने पहिलो सताव्दिका कपटी धर्मगुरूहरुलाई हो जसले गलाती र अन्यठाउँमा विस्वासीहरूलाई येशूले पुरा गरिसक्नुभएको धार्मिक व्यवस्थालाई आफ्नो आर्थिक र नेतृत्वको लोभलाई कायम राख्न पालन गर्न वाध्य वनाई रहेका थिए। ती झुटा शिक्षकले विस्वासीको चिन्ता नभएर विस्वासीबाट आफ्नो स्वार्थ लुट्नको लागी यो गरिरहेकाथिए (गलाती ६:१२-१३ आदी)।

६) हुँदै नभएका व्यवास्थावादीको ढ्याङ्ग्रो ठटाएर परमेस्वराको माहान अनुग्रहलाई पापमा जीवन विताउने अनुमती दिएर नयाँ विस्वासीलाई धोका नदिऔँ।

पाष्टर भोजराज भट्टको फेसबुक वालबाट …

155 Views

मलाई मनपर्यो l (4)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

व्यवस्था वा अनुग्रह (Law vs Grace) (भिडियो सहित ) Reviewed by on . व्यवस्थाद्वारा  नै  मुक्ति पाउन  सकिन्छ भन्नेहरूले  पढ्नै पर्ने  ! [video id="tjHJQGEthKI" type="youtube"] १) जती मित्रहरूले "व्यवस्था" भनेर परमेश्वरको  वचनलाई व्यवस्थाद्वारा  नै  मुक्ति पाउन  सकिन्छ भन्नेहरूले  पढ्नै पर्ने  ! [video id="tjHJQGEthKI" type="youtube"] १) जती मित्रहरूले "व्यवस्था" भनेर परमेश्वरको  वचनलाई Rating: 0
scroll to top