Monday, April 23, 2018

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा सि.वि.गहतराज

September 9, 2016 4:38 pm by: Category: News A+ / A-

csdcdscdsvds२०७३ भाद्र २३ गते राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको भाद्र २२ र २३ गते सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट सि.बि. गहतराज अध्यक्षको पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । परमेश्वरको महिमाको लागि ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान, हक अधिकारको सुनिश्चितता गर्नका लागि साथै सिङ्गो राष्ट्रको हित, विकास र समृद्धिको लागि स्थापित राष्ट्रिय ख्रीष्टियन महासंघको उद्देश्य अक्षरस प्राप्ति गर्ने सवालमा तन, मन, धन र वचनले समर्पित रही प्राप्त जिम्मेवारी अत्यन्त गहनताका साथ पूरा गर्ने भन्दै निवर्तमान अध्यक्ष डा. सुन्दर थापाज्यूको हातबाट शपथ ग्रहण गर्नुभएको थियो । यसैगरी सम्पूर्ण निर्वाचित पदाधिकारीज्यूहरुले पनि निर्वाचित अध्यक्षज्यूको हातबाट शपथ ग्रहण गर्नुभयो ।

निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यक्ष सि.वि. गहतराजज्यूले ख्रीष्टियन समुदायको वर्तमान जटिल परिस्थितिलाई ध्यानमा राखि देशभरका मण्डली÷चर्च र ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान स्थापित गर्न र मण्डली÷चर्चहरुको राष्ट्यि सरोकारका विषयहरु संबोधन गराउँदै धार्मिक अधिकारको रक्षा र धर्मनिपेक्षताको संस्थागत विकासका लागि निम्न बमोजिमको १५ बुँदे मागसहितको घोषण–पत्र र देशव्यापी कार्यक्रम घोषणा गर्नुभएको छ ।

१. धर्मनिरपेक्षताको सुनिश्चितता र व्यवहारिक पूर्ण रुपमा कार्यान्वयन गरी अल्पसङख्यक धार्मिक समुदायहरूको धार्मिक पहिचान कायम गर्न विभेदकारी कानूनी व्यवस्था खारेज गरी तत्काल सबै धार्मिक समुदायलाई मान्य हुने धार्मिक ऐन ल्याई धार्मिक समुदायहरुको मौलिकताको संरक्षण हुने सुनिश्चित गरियोस् ।

२. धार्मिक हक सम्बन्धि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानूनको सम्मान गर्दै राज्यद्वारा अल्पसंख्यक धार्मिक समुदायहरूको स्वतन्त्रता सम्बन्धी हकलाई पूर्ण रुपमा स्थापित गरी सम्पूर्ण धार्मिक आस्थाहरूको सम्मान गरियोस् ।
३. ख्रीष्टियन समुदायलाई समाधिस्थल व्यवस्थाको लागि नेपाल सरकार र ख्रीष्टियन समुदायबीच मिति २०६८÷१÷१८ मा भएको सहमति तत्काल कार्यदल बनाई कार्यान्वयन गरियोस् ।
४. नेपालभर रहेका ख्रीष्टियन समुदायको पवित्र धार्मिक स्थल, मण्डली(चर्च)हरूलाई स्वतन्त्र गुठीको रुपमा व्यवस्था गरी धार्मिक हकअधिकार सुनिश्चितता एवं उत्थान र विकासको लागि अविलम्ब राष्ट्रिय ख्रीष्टियन आयोग गठन गरियोस् ।
५. राज्यका सबै निकायहरूमा ख्रीष्टियन समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र राज्यकोषबाट विनियोजित बजेट ख्रीष्टियन समुदायका लागि समान ढंगले व्यवस्था गरियोस् ।
६. नेपालको संविधान २०७२ मा व्यवस्था भएको धर्मनिरपेक्षताको सङकुचित परिभाषालाई संशोधन मार्फत् तत्काल सुधार गरी धर्मनिरपेक्षता सम्बन्धी“स्पष्टीकरण”लाई पूर्ण रुपमा खारेज गरियोस् ।
७. संविधान लागू भएसँगै बन्न लागेका नीति, कानुन तथा अन्य दस्तावेजहरुमा ख्रीष्टियन समुदायले प्राप्त गरिसकेका अधिकारहरुलाई समेत कुण्ठित गर्ने प्रयास गरिएको हुँदा त्यस्ता कार्यहरु तत्काल बन्द गरियोस् ।
८. सरकारले ख्रीष्टमसका दिनमा दिँदै आएको सार्वजनिक विदालाई गृह मन्त्रालयले यो वर्ष कटौती गरी इसाई कर्मचारीहरुमा मात्र सिमित गरिदिएको हुँदा तत्काल तीसौं लाख ख्रीष्टियन समुदायको आस्थाको सम्मान गर्दै अविलम्ब उक्त निर्णय खारेज गरियोस् ।
९. त्यस्तै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको गैरसरकारी संस्थाहरु सम्बन्धी काम गर्ने शाखाले २०७३ असार ७ गते एक परिपत्र जारी गरी सबै जिल्ला विकास समितिहरुलाई “परियोजना सम्झौता गर्दा वा पूर्व सहमति दिँदा धर्मप्रचार वा तत्सम्बन्धि गतिविधि संचालन गर्ने प्रकृतिका परियोजनालाई अस्वीकृत गर्ने” निर्देशन दिएकोमा उक्त निर्णय तत्काल फिर्ता गरियोस् ।
१०. ख्रीष्टियन समुदायद्वारा सञ्चालित सबैजसो बालगृहहरुलाई धर्मप्रचारको नाममा झुठा मुद्दा लगाउने, धरपकड गर्ने र शारिरीक तथा मानसिक यातना दिने कार्य योजनावद्ध रुपमा राज्यपक्षबाट भइरहेको हुँदा यस्ता कार्यहरु तत्काल बन्द गरियोस् ।
११. देशभरका मण्डली तथा ख्रीष्टियन संघसंस्थाहरुमा विना अनुमति प्रहरी पस्ने, पास्टर अगुवा तथा विश्वासीहरुलाई आतंकित बनाउने कार्य गरिरहेको हुँदा यस्ता कार्यहरु तत्काल बन्द गरी धर्म प्रचारका नाममा लगाइएका सम्पूर्ण झुठा मुद्दा खारेज गरी थुनामा राखिएकाहरुलाई तत्काल रिहा गरियोस् ।
१२. हालै प्रस्तावित फौजदारी ऐनको धारा १५६ मा धर्म प्रचारलाई “फौजदारी” कसुरको रुपमा दर्ज गर्न खोजिएको छ । यस्तो कानुनी व्यवस्थाले राज्य कसरी नियोजित रुपमा ख्रीष्टियन समुदाय विरुद्ध उत्रिदैं छ भन्ने स्पष्ट हुन्छ । संविधानले प्रदान गरेको धार्मिक स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने प्रयास गरेको हुँदा उक्त धारा खारेज गरियोस् ।
१३. ख्र्रीष्टियन समुदायको महान् पर्व इष्टर सण्डेलाई राष्ट्यि पर्वको रुपमा स्वीकार गरी सार्वजनिक विदाको रुपमा घोषणा गरियोस् ।
१४.राष्ट्यि ख्रीष्टियन महासंघ र नेपाल सरकारबीच मिति २०६८ बैशाख १८ ३ बुँदे र २०६९ जेठ १३ गते भएका ६ बुँदे सहमतीहरु अक्षरस कार्यान्वयन गरियोस् ।
१५. उल्लेखित मागहरु यथासिघ्र संवोधन गर्न नेपाल सरकार, व्यवस्थापिका संसद, प्रमुख राजनीतिक दलहरु, मानवअधिकारकमी, अधिकारकर्मी, कुटनीतिक नियोग, पत्रकार मित्रहरु र धार्मिक तथा साँस्कृतिक मानव अधिकारका पक्षधर सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको अपेक्षा गर्दै उल्लेखित मागहरु घोषणा गर्दैछौं ।
 
कार्यक्रमहरुः
१. २०७३ भाद्र २६ गते आइतबारदेखि देशभरका मण्डलीहरुमा प्रार्थना अभियान सञ्चालन गर्ने, आश्विन ३ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहल र देशका मुख्य भागहरुमा वृहत प्रार्थना सभा आयोजना गर्ने ।
२. आश्विन ४ गते ७५ वटै जिल्ला प्रशासनहरु मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र प्रस्तुत गर्ने र सोही दिन सबै जिल्लाहरुमा पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराउने ।
३. आश्विन ५ गतेबाट मंसिर १ गते देशभर हस्ताक्षर संकलन, प्रशिक्षण, अन्र्तक्रिया तथा प्रचार प्रसार अभियान संचालन गर्ने ।
४. मंसिर २ गते ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत संकलित हस्ताक्षरहरु गृह मन्त्रालयलाई बुझाउने । घोषणा–पत्र मार्फत निम्न बमोजिमक देशव्यापी कार्यक्रमहरु घोषणा गर्नुभएको छ ।
तस्वीरहरू हेर्न  यहाँ  CLICK गर्नुहोस् ।

156 Views

प्रतिक्रियाहरू

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा सि.वि.गहतराज Reviewed by on . २०७३ भाद्र २३ गते राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको भाद्र २२ र २३ गते सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट सि.बि. गहतराज अध्यक्षको पदमा निर्विरोध निर्वाचित ह २०७३ भाद्र २३ गते राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको भाद्र २२ र २३ गते सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट सि.बि. गहतराज अध्यक्षको पदमा निर्विरोध निर्वाचित ह Rating: 0
scroll to top