Friday, December 15, 2017

म त्यहि मान्छे हुँ !

September 11, 2016 11:54 pm by: Category: Literatures A+ / A-

म चोट बोकेको मान्छे
जीवन हारेर धरतीको भार
सिरानेमा आंसु पोखी सिध्याएको
मुटु पिप्ले भरिएको मान्छे
बग्दो नदीको घुमाउने दह
बालुवामा मडारिएको
त्यहि पानीको दहमा
डुब्दै मर्दै र बाँच्दै लाश बनेर
पानी माथी तरिएको मान्छे ।
हो मै हुँ,
भिरमा उँदो मुन्टो भई
लड्दै लड्दै फेदीमा फेला परेको
शरीरको छाला, सर्वाङ्गमा चोट
कसैको साहारामा बाँचेको
सुझबुझ बिर्सिएको ।
हो म त्यहि हुँ
छालले हुत्त्याएर किनारा पुर्याइएको 
भुँडी थिचेर पानी छदाइएको
थाहा पाउँदा गालीको डङ्गुर
थाप्ला भरी बोकाइएको ।

साँच्चै म त्यहि हुँ
दुई हजार पच्चीस सालको बाडी
बग्दो भेल जल्डकामा चाखेको मान्छे ।

म त्यहि मान्छे हुँ
परदेशमा एक्लै मरेको मान्छे
मन्दिर, मन्दिरमा मागेर
पेटको लागि चारो खोजेको मान्छे ।
देशको निम्ति संघर्षमा
भाषा बचाउने शिलशिलामा
देशको जागीर छाडेर
बन्दुकको नाल र गोलीबाट
बाँचेको मान्छे ।

घरी घरी सम्झन्छु
म बाँचेको अवस्था
म त्यहि शरणार्थी भई बाँचेको मान्छे हुँ
भिखारी भएको क्षण
हामी एक हुल गाउँ पसी
मागी ल्याएको मुस्ठी
म जस्तै नाङ्गा र भोका देश विहीनलाइ
मेरै हातले पनि बाडेको थियो
बट्टा र मुट्ठी भरको अन्न
मेरो घरमा जस्तै छिमेकीलाई देख्दा
आँखाबाट झरेका आँसुको याद आउछ
भोकले पेटारिएको
त्यो अवस्थालाई सम्झन्छु
छिमेकीको नानी रोएको अवस्था
म त्यहि मान्छे हुँ

म जातको बाहुन
उच्च आशानको सम्मानीत
बातिमा अग्नि नभएको
ज्योति बिनाको मम वत्ति
त्राषित र भयभित जीवन
संघर्षमा बाँचेको अवस्था
म भित्र प्रकाश बोकेर
भित्रे दुई व्यक्ति सार्की र छेत्री
येशूको सुसमाचार पाएको मान्छे
आज म त्यहि हुँ
जो येशूलाई पाए पछिको
परिवर्तनको जीवन भोग्दै गरेको मान्छे
पानी नचुने, ओभानु घरमा बसेर
भूतलाई सम्झेर वर्तमान हेर्दा
परमेस्वरलाई धन्यबाद दिनै पर्छ
पैदलै पुग्ने ठाउँमा पनि
गाडी चडेर जाने गर्दछु
येशूको महिमा गर्दछु
उहाँको अनुग्रहलाई प्राप्त गरेर
येशूलाई आफ्नु बनाएर
असल जीवन बाँचेको छु ।

म त्यहि मान्छे हुँ
येशूको रगतले चोट पखालिएको
खाटो हराएको सुखी मान्छे
बट्टा र मुट्ठी भरको अन्न होइन
येशू प्रभु उहाँको अनुग्रहले
प्रसस्ततामा अनन्तताको निम्ति बाँचेको मान्छे
अनन्तताको निम्ति बाँचेको मान्छे ।

कृष्ण भण्डारी “काईलो”
अमेरिका, ओहाइयो

375 Views

प्रतिक्रियाहरू

म त्यहि मान्छे हुँ ! Reviewed by on . म चोट बोकेको मान्छे जीवन हारेर धरतीको भार सिरानेमा आंसु पोखी सिध्याएको मुटु पिप्ले भरिएको मान्छे बग्दो नदीको घुमाउने दह बालुवामा मडारिएको त्यहि पानीको दहमा डुब् म चोट बोकेको मान्छे जीवन हारेर धरतीको भार सिरानेमा आंसु पोखी सिध्याएको मुटु पिप्ले भरिएको मान्छे बग्दो नदीको घुमाउने दह बालुवामा मडारिएको त्यहि पानीको दहमा डुब् Rating: 0
scroll to top