Thursday, July 19, 2018

महासंघद्वारा वृहत प्रार्थना सभा सम्पन्न

September 19, 2016 5:34 pm by: Category: News A+ / A-

14329929_1063183963797010_5578188343018981669_n
२०७३ आश्विन ३ गते, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा प्रज्ञा प्रतिष्ठान सभाहल, कमलादी, काठमाडौंमा संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा वृहत प्रार्थना सभा सम्पन्न गरेको छ । जारी संविधानको व्यवहारिक कार्यान्वयनका लागि र हालै सम्पन्न महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनद्वारा जारी गरिएको १५ बुँदे घोषणा–पत्रमा उल्लेखित विषयहरुमा महासंघका पदाधिकारीहरु लगायत वरिष्ट ख्रीष्टियन व्यक्तित्वहरुले प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

परमेश्वरको महिमाको लागि हजारौं ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुद्वारा भरिएको सभाहल विहान ८ बजेदेखि ११ बजेसम्म गुञ्जयमान भएको थियो । धन्यवादका क्रममा अध्यक्ष श्री सि.वि. गहतराजज्यूले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै समग्र ख्रीष्टियन समुदायको सल्लाह, सुझाव र सहयोग लिदैँ समुदायको हक, हित, र अधिकार प्राप्तिका लागि महासंघ निरन्तर लडिरहने धारणा व्यक्त गर्नुभयो ।

14322308_1063183747130365_3178312831282383027_nकार्यक्रमको संचालन महासचिव पा. पदमनाथ पराजुलीले गर्दै शुरुको प्रार्थना सह–अध्यक्ष रेभ.सामुयल सोदेम्बा र विषयवस्तुमा प्रवेश र स्वागत मन्तव्य उप–महासचिव पा. सागर बैजुज्यूले गर्नुभयो । होसन्ना समूहले स्तुती प्रशंसामा साथ दिएको थियो भने बचनको भाग रेभ. लाजरस थुलुङज्यूले सम्हाल्नुभएको थियो । यसैगरी राष्ट्रको लागि सात वटा विषयहरुमा प्रार्थना कोषाध्यक्ष पा. आमेन थापाज्यूले गर्नुभयो भने अन्तिम प्रार्थना सह–अध्यक्ष पा. तेजमान तामाङज्यूले गर्नुभएको थियो । घोषणापत्र अन्तर्गतका १५ वटा विषयहरुमा प्रार्थना अगुवाई अध्यक्ष लगायत महासंघका पदाधिकारीज्यूहरु र सल्लाहकारज्यूहरुले गर्नुभएको थियो ।

आजको राष्ट्रव्यापी प्रार्थना देशभरका मुख्य मुख्य भागहरुमा समेत सञ्चालन भएको थियो,साथै महासंघले भोली आश्विन ४ गते ७५ वटै जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीज्यूहरुमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण ज्ञापन–पत्र बुझाउने र महासंघको केन्द्रिय कार्य समितिका तर्फबाट गृहमन्त्रीज्यूलाई सिधै भेटी ज्ञापन–पत्र बुझाउने कार्यक्रम रहेको छ ।

181 Views

प्रतिक्रियाहरू

महासंघद्वारा वृहत प्रार्थना सभा सम्पन्न Reviewed by on . २०७३ आश्विन ३ गते, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा प्रज्ञा प्रतिष्ठान सभाहल, कमलादी, काठमाडौंमा संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा वृहत प्रार्थन २०७३ आश्विन ३ गते, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्वारा प्रज्ञा प्रतिष्ठान सभाहल, कमलादी, काठमाडौंमा संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा वृहत प्रार्थन Rating: 0
scroll to top