Tuesday, October 24, 2017

प्रभुको नथाक्ने सिपाही

October 7, 2016 7:00 pm by: Category: Literatures A+ / A-
गाउँदै प्रभुको महिमा
पबित्र क्रुसको सामिप्यमा
आफूलाई पूर्ण समर्पण गर्नु
परम-प्रभुको शरणमा पर्नु
मनमा कति सान छ
यो मनमा कति सान छ ।
 
जानी नजानी गरेका सबै
पाप-अधर्म क्षमा माग्नु
पापीलाई बचाउन आफै मर्ने
माहान प्रभुको पछि लाग्नु
स्वर्गमा कति मान छ
त्यो स्वर्गमा कति मान छ ।
 
यो छाती चौडा बनाएर
बिश्वाशी हुँ म त भनेर भन्नु
प्रभुको राज्य बिस्तारको निम्ति
कहिलै नथाक्ने सिपाही बन्नु
आत्मामा कति सम्मान छ
यो आत्मामा कति सम्मान छ ।

गौतम “उदय”

255 Views

मलाई मनपर्यो l (31)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

प्रभुको नथाक्ने सिपाही Reviewed by on . गाउँदै प्रभुको महिमा पबित्र क्रुसको सामिप्यमा आफूलाई पूर्ण समर्पण गर्नु परम-प्रभुको शरणमा पर्नु मनमा कति सान छ यो मनमा कति सान छ ।   जानी नजानी गरेका सबै पाप-अध गाउँदै प्रभुको महिमा पबित्र क्रुसको सामिप्यमा आफूलाई पूर्ण समर्पण गर्नु परम-प्रभुको शरणमा पर्नु मनमा कति सान छ यो मनमा कति सान छ ।   जानी नजानी गरेका सबै पाप-अध Rating: 0
scroll to top