Monday, April 23, 2018

कोमल हृदय प्रतिष्ठानद्वारा विविध सामाजिक कामहरू सम्पन्न

October 29, 2016 6:49 pm by: Category: News A+ / A-

कोमल हृदय प्रतिष्ठान (Gentle Heart Foundation) नामक संस्थाले चितवन तथा नवलपरासीका विपन्न समुदायहरूमा विभिन्न सामाजिक कामहरू सम्पन्न गरेको छ ।

संस्थाले चितवनको सिद्धि, जुटपानी र नवलपरासीको पिठौलीमा गरी जम्मा १४३ जना बालबालिकाहरूलाई छात्रवृत्तिस्वरूप विभिन्न सामग्रीहरू वितरण गरेको छ । सिद्धि र जुटपानीमा विपन्न चेपांग समुदाय साथै पिठौलीमा मुसहर समुदायका बालबालिकाहरूलाई लक्षित गरी छात्रवृत्ति वितरण गरिएको संस्थाका संस्थापक तथा कार्यकारी निर्देशक अर्जुन ढकालले जानकारी दिनुभयो । संस्थाले हालसालै नवलपरासीको पिठौलीमा बनाएको ५१ वटा शौचालय पनि समुदायमा हस्तान्तरण गरिएको ढकालले बताउनुभयो ।

कामको खोजीमा आफ्नो ठाउँ छोडेर जानुपर्ने र सीपको अभावमा जोखिमपूर्ण कामहरू गर्न बाध्य हुनुपर्ने महिला दिदीबहिनीहरूको अवस्थालाई मध्येनजर गर्दै संस्थाले चितवनकै विकट मानिएको सिद्धि गाविसमा ६ महिने सिलाइकटाइ तालिम संचालन गरेको छ । तालिममा ३२ जना महिलाहरू सहभागी रहेको संस्थाले जनाएको छ ।

14902737_1310234392353170_8597007674788329206_o14633256_1310234325686510_2575064992059883539_o14859910_1310234502353159_7325773711847090575_o  

53 Views

प्रतिक्रियाहरू

कोमल हृदय प्रतिष्ठानद्वारा विविध सामाजिक कामहरू सम्पन्न Reviewed by on . कोमल हृदय प्रतिष्ठान (Gentle Heart Foundation) नामक संस्थाले चितवन तथा नवलपरासीका विपन्न समुदायहरूमा विभिन्न सामाजिक कामहरू सम्पन्न गरेको छ । संस्थाले चितवनको स कोमल हृदय प्रतिष्ठान (Gentle Heart Foundation) नामक संस्थाले चितवन तथा नवलपरासीका विपन्न समुदायहरूमा विभिन्न सामाजिक कामहरू सम्पन्न गरेको छ । संस्थाले चितवनको स Rating: 0
scroll to top