Friday, November 16, 2018

बल्खु सुकुम्बासी बस्तीमा वृहत स्वास्थ्य शिविर सम्पन्न

November 7, 2016 5:15 pm by: Category: News A+ / A-

कार्तिक २२, २०७३, काठमाडौं, सामाजिक गैह्रसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले राजधानी काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले स्थानीय बालबालिकाहरूको शैक्षिक तथा अन्य बिभिन्न क्षेत्रमा सहायता पुर्याउने उद्देश्यले संचालन गरेको “द लाइटहाउस सेन्टर” मा स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । बस्तीको पछिल्लो भागमा बस्ने अति विपन्न मधेसी समुदायका बालबालिका तथा वयस्कहरूलाई लक्षित गरेर संचालन गरिएको उक्त शिविरबाट ३०० भन्दा बढी मानिसहरू लाभान्वित भएको संस्थाले बताएको छ ।

बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म संचालन भएको उक्त शिविरमा बिरामीहरूका निम्ति निशुल्क औषधि तथा मन्जन ब्रस समेत् वितरण गरिएको थियो । निकै दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरूले सौहार्दताका साथ् चेकजाँच गरेकोमा बिरामीहरूले प्रशन्नता देखाएका थिए । चेकजाँचमा सहभागी स्वास्थ्यकर्मीहरूमा डा. आशिष कार्थक, डा. अंकित गुरुङ, सुश्री डेशु श्रेष्ठ, सुश्री अनिता खत्री र सुश्री ज्योति पराजुली हुनुहुन्थ्यो ।

बस्तीको पछाडिको भागमा बस्ने मधेसी समुदायका अधिकांश बालबालिकाहरू विद्यालय नगइकन दिनदिनै सडकमा माग्न जाने गरेको र बाबुआमाले समेत् उनीहरूलाई माग्न जान उत्साहित गर्ने गरेको स्थानीय अगुवाहरू बताउँछन् । उपचारमा संलग्न डा. कार्थकका अनुसार आवश्यक पौष्टिक आहारको अभावमा सबैजसो बालबालिकाहरूमा कुपोषणको असर देखिएको छ । उहाँले यो क्षेत्रमा नियमित स्वास्थ्य शिविरहरू आवश्यक रहेको बताउनुभयो । संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले संस्थाले आगामी दिनहरूमा यस क्षेत्रमा थप सामाजिक कामहरू गर्दै जाने बताउनुभयो ।

1-111-121-14
1-15
1-13

 

54 Views

प्रतिक्रियाहरू

बल्खु सुकुम्बासी बस्तीमा वृहत स्वास्थ्य शिविर सम्पन्न Reviewed by on . कार्तिक २२, २०७३, काठमाडौं, सामाजिक गैह्रसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले राजधानी काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा वृहत स्वास्थ्य शिव कार्तिक २२, २०७३, काठमाडौं, सामाजिक गैह्रसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले राजधानी काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा वृहत स्वास्थ्य शिव Rating: 0
scroll to top