Friday, December 15, 2017

धर्मको आडमा राजनीति नगर्न ख्रीष्टियन पत्रकार संघको चेतावनी

November 9, 2017 2:18 pm by: Category: Articles A+ / A-

14958536_670982429749435_1628272493_nझापा: नेपाल ख्रीष्टियन  पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेले केहि ख्रीष्टियन  पाष्टरहरू  चर्चमा राजनीतिक दलको प्रचारमा जुटेको प्रति ध्यानाकर्षण भएको भन्दै धर्मको आडमा राजनीति नगर्न चेतावनी दिएका छन् । आम जनतामा आफ्ना मुद्दा लिएर जानुपर्नेमा चर्च्भित्र राजनीति पार्टीको प्रचार गर्दै विभाजन ल्याउन लागेको संकेत दिँदै अब आइन्द चर्चमा राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।

झापा जिल्ला इसाई समाजको सहकार्य र नेपाल ख्रीष्टियन  पत्रकार संघ झापा जिल्ला शाखाको आयोजनामा कात्तिक २२ गते स्वतन्त्र वप्तिस चर्च सुरुंगामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा अध्यक्ष लामिछानेले सो कुरा बताएका हुन् । त्यस अघि पूर्वाञ्चल इसाई समाजले प्रत्यक्ष उमेद्वारीमा आ–आफ्नो मन परेको व्यक्तिलाई भोट लगाए पनि समानुपातिकमा जनजागरण पार्टी नेपाललाई भोट लगाउन निर्देशन दिएको भन्दै झापा जिल्ला इसाई समाजले सो कुरा बताएको थियो । गत वर्ष संसद विकास कोषबाट १७ लाख रुपैया एक व्यक्तिलाई जनजागरण पार्टीले दिएको बताउँदै अब उक्त रकम प्राप्त गर्न जनजारण पार्टीमा सबै ख्रीष्टियनहरू ले भोट लगाउनु पर्ने पूर्वाञ्चल इसाई समाजका अध्यक्ष कुबेर गुरुंगले निर्देशन दिएको झापा जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर अमरदिप आले मगरले झापा जिल्ला इसाई समाजको बैठकमा सुचना गरेका थिए । पूर्वाञ्चल इसाई समाजका अध्यक्ष कुबेर गुरुंग नेकपा एमालेका संठित सदस्य हुन् । उनी औजार दैनिकका लगानीकर्ता तथा प्रेस चौतारी धरान नगर समितिका उपाध्यक्ष समेत हुन् तर फरक राजनीतिक दलको पक्षमा चुनाव नै नआई भोट माग्दै हिड्दा अब एमालेले उनलाई कसरी हेर्ने हो सो हेर्न बाँकी नै रहेको छ । अन्य कुनै पनि ख्रीष्टियन  पार्टीलाई झापा जिल्लामा छिर्न नदिनु भन्ने निर्देशन आएकाले सोही अनुसार चल्नुपर्ने उनले बताएका थिए ।

इसाई समुदायमा पत्रकारिताको महत्व विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि लामिछानेले सो कुरा सुनेपछि इसाई समाजलाई सचेत र सगज रहन सुझाव दिएका छन । उनले मण्डली र राजनीतिक फरक मिशनमा हिड्ने संस्था भएकाले ख्रीष्टियन हरू  राज्यसत्ता नियन्त्रणमा लिने अभियानमा लाग्न नहुने बताए । राजनीति सत्तासँग सम्बन्धित हुने र सत्ता प्राप्त गर्न संघर्ष गर्नुपर्ने भएकाले इसाईहरू  वर्तमानसत्ताका लागि प्रभु येशू ख्रीष्टमा विश्वास गरेका होइनन् भने । येशू ख्रीष्टमा विश्वास गर्नेहरू  आत्मिक राज्य विस्तारमा लाग्नुपर्ने बताउँदै मण्डली–मण्डलीबीच फाटो ल्याउन राजनीतिक पार्टीहरू ले चलखेल गरिरहेको भन्दै मण्डली विभाजनका कुनै पनि कुराहरू  स्वीकार्य नहुने बताए । राजनीति गर्न मन हुने पाष्टरहरू ले पाष्टरीय सेवाकाईबाट राजीनामा दिएर जनताका बीचमा राजनीति गर्न सुझाव दिए । तर सबै ख्रीष्टियन हरू  एउटै पार्टीमा लाग्नुपर्छ भन्दै तानाशाही प्रबृत्ति लाद्न खोजे विद्रोह हुने संकेत गर्दै मण्डलीमा त्यसरी राजनीतिक निर्देशन दिन नहुने बताए । धर्म, जात, क्षेत्र आदिका नाममा गरिएको राजनीति संसारमा कहि पनि सफल नभएको उनले उदाहरण प्रस्तुत गरे ।

इसाई समाजले इसाईहरूको हक, हित र अधिकारको मात्र होइन समाजमा भएका सबै जाति, समुदाय र वर्गका मानिसहरू बीच एकता, मेलमिलाप र शान्तिको वातावरण निर्माण गर्नुपर्नेमा धार्मिक द्धन्द्ध सृजना गर्ने राजनीतिक पार्टीहरू को अभियानमा लाग्न नहुने तर्क गरे । अध्यक्ष लामिछानेले पत्रकारहरू  राजनीतिक पार्टीहरू को प्रतिष्पर्धी नभएको भन्दै समाजमा कुनै पनि प्रकारका द्धन्द्ध ल्याउने शक्तिलाई निस्तेज पारी सद्भावपूर्ण वातावरण निर्माण गर्नु कर्तव्य भएकाले सो कार्यमा नेपाल ख्रीष्टियन  पत्रकार संघ लागि परेको बताए । पाष्टर तथा मण्डलीका अगुवाहरू  विश्वासीहरू को हेरचाह र वास्ताका निम्ति छुट्याइएका व्यक्ति भएकाले राजनीतिप्रति लाग्न नहुने बताए । भोली मन्दिरका पुजारी, गुम्बाका लामाहरू ले पनि राजनीतिक पार्टी खोलेर मैदानमा आउन उत्प्रेरित इसाईहरू ले गर्न नहुने उनले तर्क दिए । मुलुकमा धार्मिक द्धन्द्ध सृजना गरेर भाँडभैलो मच्चाउन विदेशी शक्तिकेन्द्रहरू  समेत सक्रिय रहेकाले नेपाली इसाईहरू  सचेत भई विश्वासमा दरिलो भएर अघि बढ्न र यस्ता टुटफुट र विभाजनका क्रियाकलापमा सहभागि नहुन आग्रह गरेका छन् ।

नेपाल ख्रीष्टियन  पत्रकार संघ झापाका सचिव डिकेन्द्र बस्नेतले प्रस्तुत गरेको कार्यपत्र माथि झापा जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित भएका अगुवा पाष्टरहरू ले टिप्पणी गरेका थिए । उनीहरू ले विभिन्न भ्रम र अन्धकारलाई चिर्न पत्रकार संघ सफल भएको भन्दै अब हरेक मण्डलीमा पत्रकारहरू ले प्रशिक्षण दिनुपर्ने माग गरे । पत्रकारले सहि र यथार्थ कुरा बताउने भन्दै अब प्रत्येक मण्डलीमा समसामयिक विषयमा कसरी निर्णय गर्ने तथा विश्वासमा अडिग भएर कसरी अगाडि बढ्ने भन्ने सवालमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । उनीहरू ले अब मण्डलीभित्र सबै राजनीतिक पार्टीहरू लाई समान दृष्टिकोणले व्यवहार गर्ने र कुनै पनि राजनीतिक पार्टीलाई प्रश्रय नदिने निर्णय सुनाएका छन् । समयमा सहि सूचना नपाउँदा अधिकांश मण्डलीहरू  भ्रममा रहेको भन्दै नेपाल ख्रीष्टियन  पत्रकार संघले समयमा नै सचेत गराएकोमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् । कार्यक्रममा झापा जिल्ला इसाई समाजका सम्पूर्ण पदाधिकारी, सदस्यहरू सहित १८ वटा इलाका, नगर तथा गाउँ समितिका अध्यक्ष, सचिवलगायतको उपस्थिति रहेको थियो ।

झापा जिल्ला इसाई समाजका अध्यक्ष पा। अमरदिप आले मगरको अध्यक्षता र पत्रकार संघ झापाका सह–सचिव ओमबहादुर भ्लोनको सञ्चालनमा सम्पन्न भएको उक्त अन्तरक्रियामा पा। उद्धव गिरी, पा। रुवेन राई, पा। इसाहक सुन्च्यूरी, पा। अनिल राई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष साधुकुमार फेजोंग विशेष अथितिका रुपमा रहेका थिए भने झापा जिल्ला इसाई समाजका उपाध्यक्ष तारा चाम्लिंग, सचिव राजु चाम्लिंग, कोषाध्यक्ष कल्पना राईलगायतका अतिथिहरू  रहेका थिए । अन्तरक्रिया कार्यक्रम पछि सुरुंगा क्षेत्रमा तत्कालै पत्रकारिता तालिम सञ्चालन गर्ने र जिल्ला इसाई समाजको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा तालिम सञ्चालन गर्ने, अन्तरक्रिया कार्यक्रम गर्ने, प्रशिक्षण चलाउने, भेला तथा अधिवेशनहरू  गर्ने निर्णय भएको पत्रकार संघ झापाका उपाध्यक्ष शिलास राईले जानकारी दिएका छन् ।

17 Views

प्रतिक्रियाहरू

धर्मको आडमा राजनीति नगर्न ख्रीष्टियन पत्रकार संघको चेतावनी Reviewed by on . झापा: नेपाल ख्रीष्टियन  पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेले केहि ख्रीष्टियन  पाष्टरहरू  चर्चमा राजनीतिक दलको प्रचारमा जुटेको प्रति ध्यानाकर्षण भएको झापा: नेपाल ख्रीष्टियन  पत्रकार संघका केन्द्रीय अध्यक्ष गिदोन लामिछानेले केहि ख्रीष्टियन  पाष्टरहरू  चर्चमा राजनीतिक दलको प्रचारमा जुटेको प्रति ध्यानाकर्षण भएको Rating: 0
scroll to top