Saturday, September 19, 2020

नबनाउनुहोस् मलाई धनी

November 12, 2016 1:26 pm by: Category: Literatures A+ / A-
1
हे ईश्वर मेरो यो जीवनमा
प्रेम र शान्ति खन्याउनुहोस्
ढालेर तपाईंको साँचोमा
तपाईंले चाहे जस्तै बनाउनुहोस्
तपाईंले चाहे जस्तै बनाउनुहोस् ।
 
नबनाउनुहोस् मलाई धनी, फेरि तपाईंलाई बिर्सुंला मैले
कहाँ छ ईश्वर मै हुँ सबैथोक, डरै नमानी भनुला मैले
मलाई दैनिक आवश्यक पर्ने, मेरो रोटी जुटाउनुहोस्
ताडना दिनुहोस् सहन सक्ने, र तपाईंमा टुटाउनुहोस्
मलाई तपाईंमा टुटाउनुहोस् ।
 
नबनाउनुहोस् गरीब पनि, तपाईंको इज्जत फालुँला मैले
ईश्वरको सन्तान भएर पनि, मागेर खान थालूंला मैले
दुष्टका सारा परीक्षादेखि, सधै मलाई जोगाउनुहोस्
यी हात मेरा समाती, तपाईंको मार्गमा हिडाउनुहोस्
तपाईंको मार्गमा हिडाउनुहोस् ।
गौतम “उदय”

543 Views

प्रतिक्रियाहरू

नबनाउनुहोस् मलाई धनी Reviewed by on . हे ईश्वर मेरो यो जीवनमा प्रेम र शान्ति खन्याउनुहोस् ढालेर तपाईंको साँचोमा तपाईंले चाहे जस्तै बनाउनुहोस् तपाईंले चाहे जस्तै बनाउनुहोस् ।   नबनाउनुहोस् मलाई धनी, हे ईश्वर मेरो यो जीवनमा प्रेम र शान्ति खन्याउनुहोस् ढालेर तपाईंको साँचोमा तपाईंले चाहे जस्तै बनाउनुहोस् तपाईंले चाहे जस्तै बनाउनुहोस् ।   नबनाउनुहोस् मलाई धनी, Rating: 0
scroll to top