Tuesday, October 24, 2017

स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न

July 5, 2014 10:51 am by: Category: Gallery, News A+ / A-

10342771_10152575007229610_4532973539386291249_nस्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न 

श्रवन बोम्जन 

असार २१, ०७१ 
पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगित प्रेमी स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम ने.इ.म धोबिघाटमा आज सम्मपन्न भएको छ | ख्रीष्टिय कला संघ नेपाल (क्यान)ले आयोजना गरेको कार्यक्रममा पा.अब्देल मुखियाको सुरुको प्रार्थनाबाट कार्यक्रम शुरु भएको थियो |

कार्यक्रममा मोराभिएन चर्च संगीत झुण्डले स्तुति प्रशंसा तथा भजनहरु प्रस्तुत गर्नु भएको थियो | उक्त समयमा ३९९ नं को बिशेष गित समेत प्रस्तुत गर्नु भएको थियो |

सोहि कार्यक्रममा समय कुमार रम्तेलले स्व. पादरी गंगाप्रसाद प्रधानको बारेमा तार्किक लेख प्रस्तुत गर्नु भएको थियो | कार्यक्रममा शेर ए.सी.ले कविता प्रस्तुत गर्नु भएको थियो भने स्व. पादरी गङ्गाप्रसाद प्रधानको बारेमा पिटर जे.कार्थकले प्रकाश पार्नु भएको थियो |

यसै बीच बि.पी. खनालले लोकनाथ मानेनको बारेमा बिस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो | कार्यक्रमकै समयमा लोकनाथ मनेनलाई नेपाली कला साहित्यमा पुर्याउनु भएको अतुलनीय योगदानको कदर स्वरूप प्रमुख अतिथि रेभ. डा. बालकृष्ण शर्माद्वारा सम्मान पत्र प्रदान गर्नु भयो | सोहि कार्यक्रममा बेपत्ता कथा संग्रहको पनि बिमोचन भएको थियो | बिमोचन समयमा कथा संग्रहको औचित्य र यसको लेखन क्रममा भएको घटना क्रमको बारेमा अनुग्रह घलेले प्रकाश पार्नु भएको थियो |

कार्यक्रममा लोक नाथ मनेन द्वारा संगीतबध्द बाइबल भजन खण्ड १५० को संयुक्त क्वायर ग्रुप द्वारा आकर्षक तरिकाले प्रस्तुत गरेका थिए | धन्यावाद ज्ञापन गर्नुहुँदै क्यानका अध्यक्ष पा. नगेन्द्र कुमार प्रधानले ख्रिष्टियन कलालाई सधै जगेर्ना गर्न अगाडी बढिरहने प्रतिबद्दता जनाउनु भएको थियो | कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक विश्व कर्माचार्यले अन्तिम प्रार्थना गर्नु भयेको थियो भने कार्यक्रमलाई आर. अन्जान घलेले कुसलतापुर्बक संचालन गर्नु भएको थियो |

125 Views

मलाई मनपर्यो l (4)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न Reviewed by on . स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न श्रवन बोम्जन असार २१, ०७१ पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पाद स्व. पादरी गङ्गाप्रसाद प्रधानको १६३ औं जन्म जयन्ती तथा स्मृति कार्यक्रम सम्पन्न श्रवन बोम्जन असार २१, ०७१ पहिलो नेपाली पाष्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पाद Rating: 0
scroll to top