Sunday, June 24, 2018

सम्पन्नता र स्वास्थ्यको मात्र प्रचार- झूठो सुसमाचार हो

March 1, 2018 6:39 pm by: Category: Articles A+ / A-

परमेश्वरको वचनको विरुद्धमा यदि स्वर्गदूतहरुले नै प्रचार गरे भने पनि ति श्रापित हुन् । पावलले गलातीको मण्डलीलाई दिएको यो चेतावनीलाई वेवास्ता गर्ने छुट भएको कोही एकजना विश्वासी पनि संसारमा छैन । मण्डलीको निम्ति सुसमचार रमाहट गर्न, सुरक्षित राख्न र निन्तर अरुहरुमा बाँड्नको निम्ति दिइएको सबैभन्दा बहूमूल्य उपहार हो । यसकार हामी सबै विश्वासीहरु, विषेशगरेर वचन प्रचार गर्ने प्रचारकहरुले हामी के विश्वास गर्छौं र प्रचार गर्दैछौं भनि निरन्तर जाँच्नु आवश्यक छ र सोध्नुपर्छ कि के यो सुसमचार हो ? के परमेश्वरले बाइबलमा प्रकट गर्नुभएको सन्देश यही हो ?

मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ । वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन् । र हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार ग¥यो भने पनि त्यो व्यक्ति श्रापित होस् । हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस् । के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको ? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु ? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ । भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन । किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ । (गलाती १ः६–१२)

यहाँ उल्लेख गरिएको विषय र विचारहरु व्यक्तिग होइनन् । यो व्यक्तिगत विषय हुँदै होइन र यहाँ कसैको विरुद्धमा खडा भएर व्यक्तिगत प्रतिशोध साँध्न खोजिएको होइन । जस्तो पावलले पनि भन्दछन्, हामी आफैलाई प्रचार गर्दैनौं तर ख्रीष्टको प्रचार गर्दछौं (२ कोरिन्थी ४ः५) । यहाँ उल्लेख गरिएका विषय र सन्दर्भ सम्पूर्ण रुपले बाइबलमा परमेश्वरले दिनुभएको अधिकारको जगमा प्रस्तुत गर्न परिश्रम गरिएको छ । हामी हाम्रो उद्देश्यको निम्ति यी कुराहरुलाई बङ्गयाउन खोज्दैनौं तर हामी विश्वासयोग्य भएर प्रयोग गर्न चाहन्छौं (२ कोरिन्थी ४ः२)।

बाइबलमा दिइएको सुसमचारलाई होशियारी पुर्वक हे¥यौं भने, केवल साँचो मात्र होइन तर भूmटा सुसमाचारहरु पनि छन् र ती बाट हामी होशियार हुनुपर्छ भन्ने निष्र्कषमा हामी पुग्छौं— जुन सुसमचारलाई सम्पन्नताको सुसमचार पनि भनिन्छ । यसले आज हाम्रो देशलाई सखाप पारेर बढार्दैछ । आज संसारमा धेरै मानिसहरुले यस्तो झूठो सुसमचार प्रचार गर्दैछन् । आज आत्मिक सेवकाइ र धर्मको नाउँको बाहिरी खोलमा गम्भिर भूmटको प्रचार गरिँदैछ । यस्ता झूठो सुसमचारको कारण मानिसहरु परमेश्वरको सत्य सुसमचारबाट टाढा तिर र विनासको बाटोमा मानिस केन्द्रीत भ्रममा डो¥याईंदैछन् । पावलले यस्तो भिन्न सुसमचारलाई जति गम्भिर रुपमा अरु कुनै कुरालाई लिएका छैनन् । आज हामीले पनि भूटा सुसमचारलाई गम्भिर रुपमा लिनु आवश्यक छ । हाम्रो आत्मा जति महत्वपूर्णकुरा अरु केही हुनै सक्दैन ।

यस्तो सुसमचारबाट बच्नको निम्ति परमेश्वरले हामीलाई उहाँको बुद्धि र समझ दिनुभएको होस् । जसै हामी यस्ता झूठो बाट बच्न कोशिस गर्छौं हामी आफैं नम्र हुन आवश्यक छ । हामी परमेश्वरको अधिकार मुनि बस्नु आवश्यक छ ।

सत्यलाई बाहिरी मिठासको लेपले स्वाद भर्न र सुन्दर देखाउन आवश्यक छैन । सुसमचारलाई भ्रष्ट गर्नेहरुको विषयमा सम्बोधन गर्दा पावल सिधा, तिखो र खरो रुपमा प्रस्तुत भएका छन् । पावलले झैं हामी पनि तपाईंलाई भिन्न सुसमचारको विरोध गर्नुहोस् भनि अनुरोध गर्दछौं । यो सन्देश धेरैको निम्ति सुन्नलाई गाह्रो विषय हुन सक्छ । गाह्रो हुने विविध कारणहरु मध्ये एक चाहिँ, धेरै प्रभाव पर्ने खुबी भएका र मिठास दिने भनि भरोसा गरिएका प्रचारकहरु नै यस्तो भूmठा सुसमचार को समर्थक र प्रचारक बनेका छन् ।

तर मुख्य कुरा कति नाम चलेको व्यक्ति हो भन्ने होइन । ठूला मानिसहरुको भिड, लोकप्रिय व्यक्तित्व, वा प्रसिद्धी र उसको प्रभव कति ठूलो छ भन्ने कुराले साँचो हो भन्ने कुराको सूचक कहिल्यै भएको छैन । मानिसहरुको भिड कति जम्मा भयो भन्ने कुराले हाम्रो सुसमचारको सत्यतालाई आकार दिन सक्दैन । हामी परमेश्वरको वचनको प्रकाशमा उभिन जरुरी छ । पावलले गलातीका विश्वासीहरुलाई चेतावनी दिन्छन् कि ख्रीष्टले उनलाई दिनुभएको सुसमचार बाहेक अरु भिन्न सुसमचार प्रचार गर्नेलाई विश्वास नगर । स्वर्गदूतले नै भिन्न सुसमचार प्रचार गरे भने पनि विश्वास नगर । आजको हाम्रो चासो पनि यही हुनुपर्छ । म प्रेम पुर्वक अनुरोध गर्न चाहन्छु कि परमेश्वरको वचनलाई विनम्रता साथ स्वीकार गर्नुहोस् । यसले तपाईंको आत्मालाई बचाउँदछ (याकूब १ः२१) ।

सम्पन्नताको सुसमचार भनेको के हो ? सम्पन्नताको सुसमचार भनेको येशूको त्रूmसको मृत्युको आधारलाई दाबी गरेर, तपाईंलाई शरीरको रोगबाट चटक्कै छुटकारा हुन्छ, तपाईंको गरिबीपना सिद्धिन्छ, र सबै प्रकारका दुःखहरुको निवारण हुन्छ भनि प्रचार गरिने सुसमचार हो । यसको पछि लाग्ने सबै मानिसहरुको निम्ति भौतिक, शारीरिक र देखावटी वस्तुहरुको प्रतिज्ञा गरिन्छ । सम्पन्नताको सुसमचारले यहाँ, अहिलेको यही संसामा नै सबै मानिसको निम्ति सम्पन्न हुने परमेश्वरको इच्छा हो भनि सिकाइन्छ । तर यो सम्पन्नताको सुसरमचारले साँचो बाइबलीय सुसमचारलाई चारवटा कुराहरु द्वारा बङ्गयाएका छन् । यी चार फरक रुपमा सम्पन्नताको सुसमचारले बाइबलीय साँचो सुसमाचारलाई बङ्ग्याउँदछ ः उनीहरु परमेश्वरलाई सोनो रुपमा घोषणा गर्छन्, यसले मानिसको सबैभन्दा ठूलो आवश्यकतालाई पत्तलाउन सक्दैन, यसले सुसमचारको शक्तिलाई रित्यउँदछ र यसले परमेश्वरलाई उहाँको महिबाट लुट्दछ ।

पहिलो बङ्ग्याईः सानो परमेश्वर
तपाईंले सबैचन्दा बढी कुन कुराको खोजी गर्नु हुन्छ ? यस प्रश्नको उत्तरले तपाईंलाई तपाईंको परमेश्वरल पत्ता लगाउन सहायता गर्छ । सम्पन्नताको प्रतिज्ञालाई सुसमचारको रुपमा प्रचार गर्ने प्रचारकहरुले मानिसहरुलाई पनि येशूमा नै बोलाउँछन् । तर उनीहरुले मानिसहरुलाई दिने अभिप्राय चाहिँ स्वस्थ्य, सम्त्ति, श्रीमान् वा श्रीमती, जागिर, पदोन्नती इत्यादी कुराहरु हुन्छन् । यो भूmठो सुसमचारमा, येशूलाई ग्रहण गर्ने र उहाँलाई स्वीकार गर्नको प्रचार गर्दैनन् । तर येशूलाई भौतिक सम्पत्ति, सम्पन्नता वा संसारमा आफुले प्राप्त गर्न चाहेको भौतिक वस्तुहरु प्राप्त गर्ने माध्यमको निम्ति प्रचार गरिन्छ । र तपाईंको हृदयले जुन कुरा सबैभन्दा बढी चाहना गर्छ र खोज्दछ त्यही कुरा नै तपाईंको निम्ति परमेश्वर बन्छ ।

पवित्र बाइबलले स्पष्ट बताउँछ कि, हाम्रो उद्धारको एकमात्र लक्ष भनेको परमेश्वर हो तर सम्पन्नता होइन (Goal of our salvation is God, not Gold)। बाइलले हामीलाई गरेको प्रतिज्ञाहरु र देखाएको बाटो चाहिँ परमेश्वरलाई चिन्नु, उहाँसँग एउटै हुनु, उहाँसँग मिलापमा हुनु आदि हुन् । पहिलो पत्रूस ३ः१८ मा यसरी ल्खिएको छ, “किनभने हामीलाई परमेश्वरकहाँ ल्याउन ख्रीष्ट पनि पापहरूका निम्ति सदाको लागि एक चोटि मर्नुभयो । उहाँ शरीरमा मारिनुभयो— धर्मी जन अधर्मीहरूका निम्ति ।” यो पदले येशूले किन दुःख भोग्नुभयो र उहाँ मर्नुभयो भन्ने कुरा बुझाउँछ । उहाँले हामीलाई परमेश्वरकहाँ ल्यउनको निम्ति दुःख भोग्नुभयो र उहाँ मर्नुभयो ।

येशूले पितासँग प्रार्थना गर्नुहुँदा, उद्धारको उदेश्य र यसको खास उद्देश्यलाई प्रकट गर्नुभयो । “अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनुन््, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्” (यूहन्ना १७ः३) । जव पावलले कलस्सीका विश्वासीहरुलाई पत्र लेखे उनले हामीमा परमेश्वरको कामको महिमाको विषयमा सिकाउँदा, हाम्रो ख्रीष्टसँगको एकताको विषयमा जोड दिएका छन् । “यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो । यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो” कलस्सी १ः२७ ।

सुसमचार अनन्तको महान् परमेश्वरको विषयमा हो, जसले हामीलाई कल्पना गर्न सकिने मध्येको सबैभन्दा उत्तम उपहार दिनुहुन्छ र त्यो उपहार उहाँआफैं हुनुहुन्छ । सुसमचारको अद्भुत सुन्दरता पनि यही नै हो– पापीले परमेश्वरलाई चिन्न सक्छ र सधैं उहाँमा रमाउन सक्छ । परमेश्वरका मानिसहरुले युगौं देखि यो बुझे कि यस भन्दा अर्को कुनै असल कुरो छैन । तर सम्पन्नताबादी सुसमचारले परमेश्वरलाई मुख मिठो पार्ने मिठाइ दिने परमेश्वरमा सिमित बनाएकोछ । उनीहरु परमेश्वरलाई भौतिक थोकहरु आशिषको रुपमा दिनुहुने परमेश्वर भनि भौतीक कुराको सुसमचार प्रचार गर्दछन् । संसारमा नाश भएर जाने भौतिक वस्तुहरुले तपाईंलाई सम्पन्न बनाउनको निम्ति येशू त्रूmसमा मर्नु भएन । येशूको दुःख भोगाई, त्रूmसको मृत्यु र पुनरुत्थानले भौतिक सम्पन्नाको विजय प्राप्त गरेको होइन ।

येशू हामीलाई परमेश्वरसँग मिलाप गराउनको निम्ति आउनुभएको हो । येशूले किन्नुभएको उद्धारको खास र एकमात्र उद्देश्य नै हामीलाई परमेश्वर चिनाउनु, परमेश्वरसँग गहिरो सम्बन्धमा व्यक्तिगतरुपमा मिलाप गराउनु हो । के तपाईंले थाहापाउनु भयो कि, किन महान् परमेश्वरलाई स्वस्थ्य, सम्पत्ति र सम्पन्नता जस्ता साना परमेश्वरहरु सँग साटिएका छन्, जुन वास्तवमा परमेश्वर नै होइनन् ? स्वस्थ्य, सम्पत्ति र सम्पन्नता आदि सुसमचारको महिमा होइनन्, यी येशू मर्नुका कारण होइनन्, सर्वशक्तिमान् परमेश्वरसँगको सम्बन्धको तुलनामा यी सबै भौतिक कुराहरु अत्यन्तै स–साना र नगन्य छन् । यी कुराहरुको चाह संसारले गर्दछन्, जुन झूठो इश्वरहरु हुन् । नाशभएर जाने तथा भौतिक आशिषहरुको सुसमचार अर्थत् हाम्रो उद्धारको उद्देश्यलाई यी भौतिक तथा नाशवान कुराहरुको लोभमा फँसाउनु हाम्रो विश्वासीहरुलाई मुर्तिपुजामा लगाउनु हो । यसले महान् परमेश्वरको उच्च महिमालाई संसारका सस्तो थोकहरुसँग व्यापार गरेर साट्छन् ।

दोस्रो बङ्ग्याईः सबैभन्दा ठूलो आवश्यकता
यदि बिरामी भएर तपाई अस्पताल जानुभयो भने, चिकित्सकको सबैभन्दा महत्वपूर्ण काम भनेको तपाईंको शरीरमा देखा परेका लक्षणहरुको कारण पत्ता लगाउनु हुन्छ । यदि यसले पत्ता लगाएको समस्याको कारण गलत भयो भने उसले निकालेको समाधानको उपाय पनि गलत हुन्छ । अझभनौं, उसले निकालेको ‘समाधान’ले अझ ठूलो पिडा निम्त्याउन सक्छ । मानिसहरुलाई वास्तवमा आशिष ल्याउनको निम्ति उनीहरुको खास आवश्यकक्ता पत्ता लगाएर सो आवश्यक्ताको समाधान दिन आवश्यक हुन्छ ।

मानिस जातिको सबैभन्दा ठूलो आवश्यकता के हो ? परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई संसारमा मर्नको निम्ति पठाउँदा उहाँले कुन कुराको समाधानको निम्ति पठाउनुभएको थियो ? सम्पन्नताको प्रचारकहरुले शारीरिक, आर्थिक, सम्बन्धमा भएका समस्या जस्ता कुरालाई ठूलो आवश्यकताको रुपमा प्रचार गरेर त्यसको निराकरण गर्ने प्रयास गर्छन् । मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या के हो भन्ने विषयमा बाइबलले स्पष्ट बताए पनि सम्पन्नताको सुसमचार प्रचारकहरु ख्रीष्टलाई चाहिँ यस्ता समस्याहरुको समाधान गर्ने माध्यम वा साधनको रुपमा मात्र प्रचार गर्दछन् । सम्बन्धहरु बिग्रनु वा टुट्नु र मानिस भोकाउनु भन्दा पनि मानिसको समस्या त्यो भन्दा ठूलो र भयानक छ ।

येशूले गर्नुभएका ठूला अचम्मका कामहरु मध्ये एक चाहिँ ५ रोटी र २ माछाले पाँचहजारभन्दा बढीलाई खुवाउनुभयो । भिडलाई खुवाइसकेपछि के भयो धेरै मानिसहरुलाई थाहा छैन । मानिसहरु येशूले गर्नुभएको काम देखेर छक्क परे, र भिडले बलजफ्तिसँग येशूलाई राजा बनाउन खोजे (यूहन्ना ६ः१५) । के उनीहरुलाई सुसमचारको विषयमा ठीकसँग थाहा थियो ? येशूले भन्नुभए अनुसार उनीहरुलाई सुसमचारको विषयमा ठीकसँग थाहा थिएन । येशू एकान्तमा भागेर जानकर लाग्यो । यतिसम्म कि साँझ डुङ्गामा चढेर पारिपट्टी जानु भएपछि त्यहाँ पनि उहाँलाई खोज्दै भिड भेला भए (यूहन्ना ६ः२२–२४) । जब फेरी उहाँलाई भिडलले भेटे, येशूले उनीहरुको गलत नियतलाई यसरी हप्काउनुभयोः
“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन, तर अघाउञ्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ । नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ ।”(यूहन्ना ६ः२६,२७)

मनिसहरुले येशूलाई भौतिक चीजहरुको फाइदाको निम्ति खोजिरहेका थिए । येशूले चिन्हहरु र आश्चर्यकर्महरु गर्नुभयो, ता कि मानिसहरुले उहाँलाई चिनुन्, उहाँमाथि विश्वास गरुन् र अनन्त जीवन पाउन् (यूहन्ना २०ः३०–३१) । तर यी मानिसहरु सित्तैंमा पाइने खानाको निम्ति उत्सुक थिए । यी मानिसहरु मसिहद्धारा यो जीवनमा र यस संसारमा चाहिनेकुराहरु पाइन्छ भनि पछ्याउँदै थिए । तर उनीहरुले यी कुरासँग तुलना गर्नै नसकिने जुन कुरा उहाँले दिँदै हुनुहुन्थ्यो सो कुरा उनीहरुले बुझेका थिएनन् । यदि तपाईं येशूलाई भौतिक कुरा पाइने आशमा पछ्याउँदै हुनुहुन्छ भने, तपाइईंले तपाईंको जीवनको सबैभन्दा ठूलो आवश्यकतालाई अझ पनि बुझ्न सक्नु भएको छैन ।

येशू स्पष्ट हुनुहुन्छ कि, मानिसहरुको सबैभन्दा ठूलो आवश्यकता स्वस्थ्य र सम्पत्ति होइन । तर मानिसको सबैभन्दा ठूलो आवश्यकता के हो त ? यसको निम्ति हामी फर्किएर शुरुमा जानुपर्छ, परमेश्वर को हुनुहुन्छ र हामी को हौं ? रोमी १ अध्यायमा, हामीलाई स्मरण गराइएको छ कि, परमेश्वर धर्मी हुनुहुन्छ तर हामी मानिसहरु पपी छौं । परमेश्वरको धार्मिकता र हाम्रो दुष्टताले, उहाँको न्याय हाम्रो विरुद्धमा छ । यदि मैले धार्मिक र सर्वशक्तिमान परमेश्वर मसँग रिसाउनुभएको छ भन्ने थाहा पाएँ भने, मेरो आर्थिक विपन्नता वा संघर्ष, सम्बन्धमा आउने फाटो, र भविषयाको निम्ति मेरा महत्वकांक्षा आदि केही पनि मेरो प्राथामिकतमा पर्दैनन् । मेरो पापको समस्या चाहिँ मेरो प्रथामिकतामा पर्दछ ।

त्यसो भए पापको समस्या खासमा के हो त ? फेरी यो बुझ्लाई रोमी १ अध्यायले हामीलाई सहायता गर्छ । यसले हामीलाई बताउँछ कि, हामीले परमेश्वरलाई चिने पनि, हाम्रो भ्रष्टताको कारणले हामी परमेश्वरको महिमा जसरी गर्नु पर्ने हो त्यसरी गर्न सक्दैनौं । तर हामी परमेश्वरको सट्टामा जुन कुराहरु परमेश्वरका सृष्टि हुन् ति कुराहरुलाई महिमा दिइरहेका हुन्छौं (रोमी १ः२२—२३) । पापको मुख्य केन्द्र नै मुर्तिपुजा हो । हाम्रो सबैभन्दा ठूलो आवश्यकता नै पापको समस्यालाई समाधान गर्नु हो ।

जब हामीलाई थाहा हुन्छ कि, जीवनको पिडाहरु हाम्रो ठूलो र मुख्य समस्या पापको लक्षणहरु हुन् । हामीलाई परमेश्वरसँगको सम्बन्धबाट अलग बनाउने पाप मुख्य समस्याको कारण हो र जीवनका अन्य समस्या तथा कमजोरीहरु यसैको लक्षणहरु हुन् भन्ने थाहा भयो भने, हामी केवल लक्षणहरुलाई ठीक बनाउन तिर लाग्दैनौं तर लक्षणहरुको जरोलाई उपचार गर्छौं । त्यसको निम्ति पापको उपचार गर्ने सुसमचार खोज्छौं केवल सम्पत्ति र सुस्वाथ्यता जस्ता लक्षणहरुमात्र समाधान पर्ने सुसमचार होइन । हामीलाई हाम्रो पाप क्षमा गर्ने, उहाँको क्रोधलाई हामीबाट हटाई दिन र उहाँको दृष्टिमा हामीलाई ठीक र धर्मी ठह¥याउन परमेश्वर नै चाहिन्छ । हामीलाई अहिले र अनन्तता दुबैको निम्ति यही नै चाहन्छि । जब वचन प्रचार गर्ने प्रचारकले पनि एक आत्मिक चिकित्सकको रुपमा, समस्याको गलत कारण पत्ता लगायो भने, उसले उसको बिरामीलाई गलत सुसमचारले नै उपचार गर्ने प्रयास गर्छ । जस्तो गलत औषधीले बिरामीलाई उपचारमा सहायता गर्नु र निको बनाउनुको साटो अझ खराब गर्छ त्यसरी नै गलत सुसमचारले पनि मानिसको वास्तविक समस्यालाई उपचार गर्नुको साटो अझ खराबी गर्दछ ।

तेस्रो बङ्ग्याईः सुसमाचारको शक्तिलाई रित्याउनु
आज हाम्रो वरिपरी जस्तो समस्या हामीले देख्दछौं, पावलले पनि कोरिन्थीको मण्डलीलाई त्यसरी नै लेखेर समस्याको समाधान गर्ने प्रयास गरेका छन् । कोरिन्थीमा भएका विश्वासीहरुले प्रेरित पावलको ओठबाट सुद्ध सुसमाचार सुनेका र ग्रहण गरेका थिए (१कोरिन्थी १५ः१–४), तर समय बित्तै जादाँ अरु प्रचारकहरुले सुन्ने व्यक्तिहरुको त्यहाँका स्रोताले मनपराउने कुराहरु पनि मिसाएर सिकाउन थाले । जसै उनीहरुले सुसमाचारको सन्देशलाई मिसावट गरे, केवल उनीहरुले सुसमाचारको जोडलाई मात्र संशोधन गरेनन्, उनीहरु सुसमाचारको शक्तिलाई पनि रित्याए ।

सम्पन्नताको सुसमाचार प्रचार गर्नेहरुले पनि यस्तै गल्ती गर्दछन् । यस्ता प्रचारकहरुले पनि प्रचारमा त्रूmलाई उल्लेख गर्छन् र येशू हाम्रो पापको लागि मर्नुभएको हो पनि भन्छन् । तर येशूको मृत्युको उद्देश्य चाहिँ हाम्रो चंगाई र सम्पन्नताको लागि हो भन्छन् । आज संसारमा धेरै मानिसहरु शरीरमा बिरामी छन् र आर्थिकको निम्ति संघर्ष गरिरहेका छन् । यो जुनसुकै स्थानको निम्ति सान्दर्भिक कुरा हो । हामी सबैलाई भौतिक वस्तुको आवश्यकता हुन्छ र महंङ्गा कुराहरुको चाहना पनि हुन्छ । संसारमा हाम्रो निम्ति, यदि येशूमा आऊ र उत्तम जीवन पाऊ भन्यो भने यो एउटा लोभलाग्दो निमन्त्रणा हुन्छ । तर यो एक सामान्य सन्देश हो । यसमा वास्तविक सुसमाचारको शक्ति कमजोर बन्छ । तर वास्तविक सुसमाचारले मानिसहरुलाई, युवाहरुलाई, महिलाहरुलाई र छोराछोरीहरुलाई उनीहरुको पापबाट बचाउनुपर्छ ।

मानिसहरुलाई तिमी पापी हौ र तिम्रो गन्तब्य नरक हो भनेको मन पर्दैन । हामीलाई कसरी हाम्रो कार्यालयको काममा वा जागिरमा पदोन्नती हुन्छ, संसारमा कसरी अरु मानिसहरुभन्दा सफल र अघि हुने, संसारको समस्या र संघर्षहरुबाट कसरी तुरुन्तै छुटकारा पाइहाल्ने आदि कुराहरु सुन्न मन पर्छ । यसकारण यदि सुसमचार र वचन प्रचार गर्दा यदि यस्ता मनमोहक कुराहरु सुन्न पाएनन् भने मानिसहरुलाई खल्लो वा फिक्का महशुस हुन्छ (१ कोरिन्थी १ः१८) । यसको कारण चाहिँ, स्वभाविक रुपमा, हामी मानिसहरु आत्मिकी अन्धा छौं र परमेश्वरको अनन्त सुन्दरताको भावको हामीलाई कुनै मतलव । सुसमाचारको हतियार प्रयोग गरेर पापी मानिसहरुलाई जगाएर परमेश्वरको महिमा, सुन्दरता र उद्धारको विषयमा बताउन भन्दा सम्पन्नताको प्रचार गर्ने प्रचारकहरु परमेश्वर रहित र संसारिक इच्छा पुरा हुने कुराहरु प्रचार गरेर मानिसहरुलाई खुसी पार्छन् । उनीहरुको संदेशले मानिसलाई बचाउँदैन र बचाउन पनि सक्दैन । यदि कोही बाँच्यो भने पनि पापको क्षमाबाट उद्धार पाएर परमेश्वरलाई चिन्न र उहाँसँगको सम्बन्धको निम्ति भन्दा पनि शारीरिक लालचाको निम्ति बाँचेको हुन्छ । सम्पन्नताको सुसमाचार प्रचारले उद्धारको सुसमाचारको शक्तिलाई बढारेर शक्ति रहित सन्देश बनाइदिन्छ ।

यदि ख्रीष्टले यही संसारको जीवनमा सम्पन्नता र सबै भौतिक थोक दिनलाई तपाईंलाई बचाउनुभएको हो भनि बिश्वास गर्नुभयो भने, तपार्इंले, तपाईंको विश्वास उद्धारको शक्ति भएको सुसमाचारमा होइन तर शक्तिहिन सुसमाचारमा राख्नुहुन्छ । बाइबलमा परमेश्वरको सुसमाचार प्रकाश गरिएको जस्तो नभएर, सम्पन्नताको सुसमाचारले न त हामीलाई बचाउन सक्न (रोमी १ः१६) न त अनन्त जीवन नै दिन्छ (२ तिमोथी १ः९–१०) । यसले तपाईंलाई परमेश्वरको शन्ति पनि दिन सक्दैन (रोमी ५ः१) र तपाईंलाई परमेश्वरमा मिलाप पनि गराउन सक्दैन (२कोरिन्थी ५ः१८–२०) । सम्पन्नताको सुसमाचारले तपाईंलाई परमेश्वरको परिवारमा पनि ल्याउन सक्दैन (यूहन्ना १ः१२–१३) । यसले तपाईंलाई अनन्तको आशा पनि दिंदैन (कलस्सी १ः२१–२२) । यसले तपाईंलाई मृत्यु पछिको पुनरुत्थानलाई पनि सुरक्षित बनाउँदैन (यूहन्ना ११ः२१–२३) । तर सुसमाचारको शक्ति चाहिँ, परमेश्वरले तपाईंको स्थान पापले बाँधिएको अनन्तको नरकको गन्तव्यलाई, परमेश्वरको क्रोधबाट छुटाएर अनन्तको निम्ति बचाइएको स्वर्गीय स्थानमा बदल्न सक्नुहुन्छ । त्यो नै सुसमाचारको शक्ति हो ।

यदि तपाईं क्रूस को सुसमाचारको प्रचारबाट अर्को दायाँ÷बायाँ तिर लाग्नुभयो भने, मानिसहरु लाई पापबाट बचाउन र उद्धार गर्ने एक मात्र सत्य शक्तिशाली सुसमाचारबाट अलग लाग्नुहुन्छ । ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो कारण हाम्रो पापको मोल चुकाउनको निम्ति यो बाहेक अर्को कुनै उपाय थिएन । के हाम्रो घर, गाडी, जागिर, शरीरको सुस्वास्थ्यता आदिको निम्ति परमेश्वरको पुत्रको मृत्यु आवश्यक थियो ? सम्पन्नताको सुसमाचार सान्दर्भिक देखिन्छ र लोकप्रिय पनि छ तर भौतिक आशिषको जोडले सुसमाचारको मुख्य बिन्दुलाई बङ्ग्याएको छ । सुसमाचारको आवश्यकता र सन्देशलाई चोरेर कमजोर र हलुका बनाएकोछ ।

चौथो बङ्ग्याईः परमेश्वरबाट उहाँको महिमा लुट्नु
हरेका मानिसले सामान्यता गर्ने भुल भनेको ‘आफुलाई ब्रम्हण्डको केन्द्र म हूँ’ भन्ने सोच्नु । जब हामी बाइबल पढ्छौं, केवल परमेश्वरले सबैथोक बनाउनुभएको मात्र पाउँदैनौं तर उहाँले गर्नुभएको सृजना उहाँको बारेमा हो । बाइबल र सुसमाचार दुबैले हामीलाई परमेश्वर तर्फ निरन्तर र्औल्याउँदछ । जब हामी संसारमा र बाइबलमा पनि परमेश्वरको वास्तविकता बारे सोच्छौं, सबै भन्दा बढी प्रयोग भएको शब्द चाहिँ महिमा हो । जब सम्म हामी परमेश्वरको महिमालाई बुझ्दैनौं, तब सम्म न त हाम्रो पापको गम्भि¥यता वा सुसमाचारको उद्देश्य र आवश्यकतालाई नै हामी बुझ्न सक्छौं ।

परमेश्वरको महिमा उहाँको निरन्तर बगिरहने र रहिरहने अद्भुत स्वभाव र चरित्र हो । उहाँको महिमामा हुने चरित्रहरु जस्तै पत्रिता, सुन्दरता, धार्मिकता, प्रेम, न्याय, अनुग्रह, कृपा, दया, सुद्धता, शक्ति, ज्ञान आदि उहाँको अनन्तका गुणहरु पर्दछन् । परमेश्वरद्वारा सृष्टि भएर यस संसारमा जिवित भएको कारण हाम्रो सहर्ष कर्तव्य परमेश्वरलाई निरन्तर महिमा दिनु हो । हाम्रो जीवनको उद्देश्य परमेश्वरको महिमाको जिउनु, केन्द्रीत हुनु, ध्यान दिनु र आन्दित रहनु हो । परमेश्वर हाम्रो जीवनबाट यसको योग्य पनि हुनुहुन्छ । जब हामी परमेश्वरको महिमा लुट्छौं वा उहाँलाई दिनु पर्ने महिमा दिंदैनौं, यसको मतलव परमेश्वर कम महिमित हुनुहुन्छ भन्ने होइन, उहाँ कम महिमित हुन सम्भव नै हुदैन । परमेश्वर हामीले महिमा नदिए पनि उत्तिकै महिमित हुनुहुन्छ तर यसको मतलव चाहिँ हामीले उहाँलाई जुन महिमा दिनुपर्ने हो सो नदिएर चुकेका चाहिँ हुन्छ ।

जस्तो हामीले मानिसको सबैभन्दा ठूलो आवश्यक्ता हे¥यौं, मानिसले परमेश्वरलाई महिमा दिनको निम्ति इन्कार ग¥यौं र उहाँले जे सृष्टि गर्नुभयो त्यो कुरालाई महिमा दिएको कारणले पापमा हामी परमेश्वरबाट अलग भयौं । जब सम्पन्नताको सुसमाचार प्रचार गर्नेहरुले यो कुरालाई सम्बोधन गर्छन् उनीहरुले हामीलाई परमेश्वरको महिमा तर्फ डो¥याउनुको साटो आफु र मानिसहरुलाई केन्द्रमा राख्छन् । यसरी सम्पन्नताको सुसमाचार प्रचार गर्नेहरुले परमेश्वरको महिमाको चोरी गर्छन् ।
जब सम्पन्नताको सुसमाचार प्रचार गर्ने प्रचारकहरुले भौतिक थोकहरुमा जोड दिन्छन्, उनीहरुले मानिसलाई पश्चतापमा डो¥याउँदैनन् कारण उनीहरुले परमेश्वरको महिमाको महान्तालाई बताउँदैनन् । परमेश्वरले हामीबाट के चाहनुहुन्छ वा उहाँ के को योग्यको हुनुहुन्छ सो कुरा बताउनुको साटो, सम्पन्नताको प्रचार गर्नेहरुले हामीले परमेश्वरबाट के अपेक्षा गर्ने वा हामीले के पाउन सक्छौं त्यो कुराको बारेमा सोच्न र माग्न उत्साहित गर्छन् । परमेश्वरले कसरी तपाईंलाई धनी बनाउनुहुन्छ भनेर आनन्दमा उफार्छन् तर कसरी परमेश्वरको महिमा गर्ने सो बताउँदैनन् । मानिसको प्रमुख र महान् आवश्यक्ताको गलत परिभाषाको समस्या चाहिँ यसले परमेश्वरको महिमालाई उहाँबाट लुट्दछ ।

त्यसैगरी, सम्पन्नताको सुसमाचारले सुसमाचारको आवश्यकता बारे भ्रम सृजना गरेर पनि परमेश्वरको महिमालाई लुट्दछ । एफिसी १ः३–१४ मा पावलले सुसमाचारको आवश्यकताको विषयमा स्पष्ट पारेका छन् । संसारको जग बसाल्नुभन्दा पहिले परमेश्वरले हामीलाई ख्रीष्टमा चुन्नुभयो (१ः४), धर्मपुत्रको रुपमा ग्रहण गर्नुभयो (१ः५), उहाँको रगतले क्षमा दिएर उद्धार गर्नुभयो (१ः७), बुद्धि र समझ दिनुभयो (१ः९), पवित्र आत्माको छाप लगाउनुभयो (१ः१३), स्वर्गीय उत्ताराधिकारीको बैना लगाउनुभयो (१ः१४) । यसलाई नै असल सन्देश भनिन्छ, यसमा कुनै शंका नै छैन । यो सुसमाचारको शुरु देखि अन्त्य सम्म नै ‘उहाँको महिमाको प्रशंसा हुनुपर्छ’ (१ः६,१२,१४) ।

सुसमाचारले हामीलाई परमेश्वरमा मिलाप गराउँछ । सुसमाचारले नै हामीलाई परमेश्वरबाट अलग गर्ने तगारोलाई हटाउँछ । यसले हामीलाई परमेश्वरसँगको घनिष्ठ सम्बन्धमा राख्छ र हामी उहाँलाई अनन्तसम्म निरन्तर महिमा दिन सक्छौं । पिताले हाम्रो निम्ति यो आशिषलाई उहाँको पुत्रमा उपलब्ध गराइदिनुभएको छ (‘येशूमा’ वा यसको अर्थ दिने सन्दर्भलाई एफिसी १ अध्यायमा हेर्नुहोस्) । यी कुनै पनि आशिषहरु, येशूबाट अलग भएर रमाउन पाईदैन, कारण येशूको सिद्ध जीवन र त्रूmसमा उहाँले हाम्रो निम्ति यी कुराहरु किनिदिनुभयो । यसकारण हरेक पटक सुसमाचारले हामी आफैंलाई महिमा दिनबाट अलग गर्छ (एफिसी २ः८–९) र परमेश्वरलाई महिमा दिनलाई हाम्रो आशा र उद्देश्य स्पष्ट गराउँछ ।

सुसमाचारले परमेश्वरलाई महिमा दिन्छ । सुसमाचारको आषिशहरु जुन हामिले उल्लेख ग¥यौं, (चुनिएको, नियुक्त गर्नुभएको, पुत्र बनाउनुभएको, उद्धार गर्नुभएको, दिइएको आदि) यिनिहरुले हामीलाई परमेश्वरमा ल्याउँछ । यी सबै आशिषहरु हामी परमेश्वरको पुत्रद्धारा प्राप्त गर्दछौं, र परमेश्वरको महिमा, प्रेम र कृपाको निम्ति किनिएकाहरु हौं । यी कुराहरु हामी कमाउन सक्दैनौं । यी कुराहरु हामी पुत्रद्धारा प्राप्त गर्दछौं । अब महिमा कसको हो र कसले प्राप्त गर्नुपर्छ सो हामी भन्न सक्छौं । ख्रीष्टद्धारा बाहेक अरु कसैद्धारा र हामी आफैंले पनि यी कुराहरु कहिल्यै प्राप्त गर्न सक्ने थिएनौं । हामी परमेश्वर बाहेक अरु कसैलाई महिमा दिन सक्दैनौं । परमेश्वरलाई महिमा दिनु बाहेक अर्को बिकल्प पनि छैन (१ केरिन्थी १ः३०–३१)।

तर सम्पन्नताको सुसमाचार प्रचार गर्ने प्रचारकहरुले परमेश्वरको महिमालाई हरेक कदममा लुटिरहेका छन् । ख्रीष्टमा पाएको आशिषहरुलाई पुनःपरिभाषित गरेर उनीहरुले परमेश्वरको महिमालाई लुटेका छन् । यस्तो वचन सुन्नेहरु परमेश्वरसँगको संगति र सम्बन्धको चाहना भन्दा पनि संसारीक सम्पत्तिको चाहना र लोभले घर फर्किन्छन् । जब परमेश्वर भन्दा पनि संसारीक सम्पत्तिलाई मानिसले बढी चाहना गर्छन्, परमेश्वरले पाउनुपर्ने महिमा ति संसारिक थोकहरुले प्राप्तगर्छन् । मत्ती १३ः४४ मा गाडधनको दृष्टान्तमा, गाडेर लुकाइएको धन भेट्टाउने मानिसले संसारको सबै धनसम्पत्ति बेच्छ, र स्वर्गीय राज्यलाई किन्छ । सम्पन्नताको सुसमाचार र वचनलाई प्रचार गर्ने प्रचारकहरुले ठीक उल्टो संदेश दिन्छन्, स्वर्गीय कुरा बेचेर संसारको कुरमा भुल्न सिकाउँछन् ।

सम्पन्नताको सुसमाचारले अझ यो भन्दा अघि बढेर, ख्रीष्टको पर्याप्ताता (Sufficiency of Christ) बाट सुन्ने स्रोताहरुलाई अलग गरेर परमेश्वरको महिमालाई लुट्छन् । येशूद्वारा मात्र आत्मिकी आशिष पाउने कुराहरुलाई विभिन्न माध्यमहरुको विज्ञापन गर्दछन्, जस्तो ‘अभिषेक गरिएको तेल’, ‘पवित्र पानी’, ‘बिऊ रोप्नु’, ‘परमेश्वरको अभिषिक्त जन’ वा ‘परमेश्वरको अगमवक्ता’बाट को प्रार्थना आदि । यो सम्पन्नतावादी झूठो सुसमाचारले येशूको पर्याप्ततालाई कुनै धार्मिक विधी वा स्रोतको माध्यमबाट आशिष आउने दाबी गर्छन् । येशूलाई दिनु पर्ने महिमालाई कुनै वस्तु र व्यक्तिलाई दिएर उहाँको महिमाबाट सम्पन्नताको सुसमाचारवादीहरुले परमेश्वरलाई लुटिरहेका छन् ।

जब हामी येशू भन्दा बाहिर र कुनै सृष्टिको माध्यमबाट परमेश्वरको आशिष खोज्छौं, यसले परमेश्वरलाई महिमा दिँदैन । यसोगर्नाले हामी त्रूmसलाई बाइबलको केन्द्रबाट निकालेर अन्तैकतै राख्छौं । धर्मशास्त्रले सिकाउँदछ कि, परमेश्वर नाउँको महिमा ल्याउनको निम्ति उहाँको एक भिन्न योजना थियो र यसको केन्द्र त्रूmस हो । पुरानो करारमा प्रशस्त चिन्ह र प्रतिरुपहरु छन् जसले हामीलाई येशू र उहाँको त्रूmसको काम तिर इंकित गर्दछन् (लूका २४ः२७)। वलिदानहरुको विधीले हाम्रो पाप क्षमाको आवश्यकतालाई देखाउँथ्यो र यसले येशूको वलिदानको निम्ति हामीलाई गयार गर्दथ्यो (हिबू्र ९) । अगमवक्ताहरुले उहाँ आउनुहुने र दुःख भोग्नुहुने विषयमा अगमवाणी गरेका थिए (१ पत्रूस १ः१०–१२) । हामी अनन्त अनन्तसम्म येशूको वलिदानलाई सम्झिरहनेछौं र यसको निम्ति उहाँलाई महिमा दिइरहनेछौं (प्रकाश ५ः६ र १२) ।

क्रूस र त्यहाँ येशूले भोग्नुभएको दुःख परमेश्वरको योजनाको केन्द्र हो र जसबाट परमेश्वरले महिमा सधैं लिइरहनुहुन्छ । तर सम्पन्नताको सुसमाचार प्रचार गर्नेहरु बाइबलमा दिइएको आशिषको कुराहरु मध्ये केवल संसारको भौतिक उपलब्धीलाई मात्र जोड दिएर मानिसहरुलाई संसारको नष्टहुने आशिषको आनन्द खोज्न र त्यसैमा रमाउन सिकाउँछन् । र येशूले धर्मशास्त्रलाई जसरी व्याख्या गर्नुभयो सो सँग यी कुराहरु मेल खाँदैनन् (उदाहरणको लागि (लूका २४ः२७), यी सम्पन्नतावादी प्रचारकहरुले संसारीक सम्पन्नता र भौतिक लाभलाई बाइबलको मुख्य विषय बनाएर प्रचार गर्छन् । यस्तो सुसमाचारले मानिसहरुलाई येशूको क्रूस हुन्छन् । परमेश्वरको महिमालाई खोस्ने वा लुट्ने जस्तो संदेशको प्रचारको निम्ति जस्तो गम्भिर दण्ड अरु कुनै कुराको निम्ति हुदैन ।

निष्कर्षः
सम्पन्नताको सुसमाचार एक खतरनाक प्रचार हो कारण सुसमाचारको नाउँमा यसले मानिसहरुलाई झूठो सुसमाचार दिइरहेको छ । यसले झूठो संदेशको माध्यमबाट मानिसहरुलाई परमेश्वरबाट चोरेर लगिरहेको छ । यसले परमेश्वरलाई सानो आकारमा सिमित राख्छ, जास्तो भौतिक सम्पत्तिको फाइदा उठाउने माध्यम जस्तो मात्र । यसले मानिसको मुख्य रोग– पाप जसले मानिसलाई परमेश्वरबाट अलग गरेको छ सो पत्ता लगाउनुको साटो शरीरको रोग, आर्थिक अभाव, जागिरको सफलता आदि जस्ता कुरालाई सम्बोधन गर्छ । यो सुसमाचारको नाउँमा झूठो समाचार हो जसले साँचो सुसमाचारको शक्तिलाई कमजोर र शक्तिहीन बनाउँदछ । यसले परमेश्वरको महिमालाई लुट्छ र मानिसले पत्ता लगाएका भौतिक कुराहरुलाई आशिषको नाउँमा महिमा दिन डो¥याउँछ । सम्पन्नताको सुसमाचारले परमेश्वरको साटो मानिस र यस संसाका थोकहरुलाई महिमा दिन्छ । यसले नै यो सुसमाचारलाई झूठो बनाएको छ । सम्पन्नताको सुसमाचार बाइबलले सिकाएको सुसमाचार नभएर मानिसले सिकाएको झूठो समचार मात्र हो ।
By: Kenneth Mbugua
अनुवाद: प्रेम नारायण भट्टराई 

245 Views

प्रतिक्रियाहरू

सम्पन्नता र स्वास्थ्यको मात्र प्रचार- झूठो सुसमाचार हो Reviewed by on . परमेश्वरको वचनको विरुद्धमा यदि स्वर्गदूतहरुले नै प्रचार गरे भने पनि ति श्रापित हुन् । पावलले गलातीको मण्डलीलाई दिएको यो चेतावनीलाई वेवास्ता गर्ने छुट भएको कोही परमेश्वरको वचनको विरुद्धमा यदि स्वर्गदूतहरुले नै प्रचार गरे भने पनि ति श्रापित हुन् । पावलले गलातीको मण्डलीलाई दिएको यो चेतावनीलाई वेवास्ता गर्ने छुट भएको कोही Rating: 0
scroll to top