Wednesday, December 19, 2018

छ महिने सिलाइ-कटाइ तालिम समापन

March 23, 2018 1:58 pm by: Category: News A+ / A-

चैत्र ०८, काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको सामाजिक गैह्र-सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले देशका बिभिन्न ठाउँहरूबाट कामको खोजीमा वा अन्य कारणले काठमाडौंमा संघर्षरत महिलाहरूको निम्ति प्रदान गरेको “६ महिने सिलाइ-कटाइ तालिम” को समापन कार्यक्रम सम्पन्न भएको छ । यस तालिमबाट देशका बिभिन्न जिल्लाहरूका गरी जम्मा २४ जना किशोरी तथा महिलाहरू दीक्षित भएका छन् । तालिम प्रशिक्षिका प्रेमा लामाका अनुसार दीक्षितहरू मध्येका २ जनाले दीक्षान्तअघि नै सिलाइ-कटाइ पसल सुरू गरिसकेका छन् भने बाँकीले छिट्टै स्वरोजगारका निम्ति कदम उठाउने योजना बनाएका छन् ।  

गरिबी र बेरोजगारीको समस्याले ग्रस्त देशमा महिलाहरूको हातमा आवश्यक सीप नहुँदा उनीहरू जोखिमपूर्ण काम गर्नका निम्तिसमेत् बाध्य हुनुपर्ने खतरालाई मध्येनजर गर्दै निरन्तर चलिरहने नि:शुल्क तालिम केन्द्रको रूपमा यस कार्यक्रमको डिजाइन गरिएको संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालकले बताउनुभयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले संस्थाले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै आउने दिनमा वडा कार्यालय संस्थासँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले दीक्षित किशोरी तथा महिलाहरूलाई आफ्नो काममा उच्च मनोबलका साथ् लाग्न र सफल भएर देखाउन उत्साह पनि दिनुभयो । सबै दीक्षितहरूले दीक्षान्त कार्यक्रममा आफैले सिलाएको कुर्ता सुरुवाल लगाएका थिए । 

दीक्षित भएका सबै २४ जनालाई संस्थाले पचास प्रतिशत मूल्यमा उच्च गुणस्तरको सिलाइ मेसिन उपलव्ध गराएको छ । संस्थाका अनुसार अब लगत्तै अर्को समुहलाई पनि यस्तै तालिममा सहभागी गराइनेछ ।

243 Views

प्रतिक्रियाहरू

छ महिने सिलाइ-कटाइ तालिम समापन Reviewed by on . चैत्र ०८, काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको सामाजिक गैह्र-सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले दे चैत्र ०८, काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको सामाजिक गैह्र-सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले दे Rating: 0
scroll to top