Sunday, September 25, 2022

महासंघबाट राजिनामा दिएका समूहले गर्यो अगुवा भेला

November 26, 2018 8:46 pm by: Category: News A+ / A-
मंसिर १०, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट राजिनामा दिएका समूहले आज ललितपुरमा एक कार्यक्रमगरि पास्टर, अगुवाहरूको माझमा राजिनामा दिनुको कारणबारे प्रष्ट पारेका छन् । सो कार्यक्रममा महासंघबाट राजिनामा दिएकाहरू तथा इसाई समुदायका अगुवा, पास्टरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पाष्टर किरण दासले भेला आयोजना गर्नुको उद्देश्य र आवश्यकताको विषयमा प्रकाश परेका छन् ।
 
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले नेपाली मण्डलीहरूको हक अधिकारको संरक्षण गर्ने उद्घेश्य राखेर केहि काम गरेता पनि यसको नेतृत्वले गरेको अस्वभाविक गल्तिहरूका कारण महासंघलाई सुधार गरि यसलाई सम्पूर्ण नेपाली मण्डलीहरूको साझा संस्था बनाउनुपर्छ भनि चालेका कदमहरू पश्चात भएको विकसित अवस्थाको बारेमा सम्पूर्ण नेपाली मण्डली एवम् संघसंस्थाहरू अनभिज्ञ रहेको कारण यस विषयमा आफुहरु स्पष्ट हुन चाहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेको विषम परिस्थितिमा सम्पूर्ण नेपाली मण्डलीहरूको संयुक्त राष्ट्रिय प्रतिनिधित्वको नितान्त आवश्यकता र यसको विकाश प्रक्रियाको बारेमा विकल्प छैन ।”
इसाई समुदायको उत्थान तथा परमेश्वरको महान उद्घेश्य पुरा गर्ने ध्येयका साथ् आफुहरू लागि परेकोले पद भन्दा बाहिर रहेर अगाडि बढ्नुको विकल्प नरहेको एन.सि. एस नेपालका महासचिव डिल्लीराम पौडेलले बताउनुभयो । त्यस्तै गरि आफ्नो धारणा राख्ने क्रममा एन.सी.एफ नेपालका अध्यक्ष पाष्टर हनोक तामाङ्गले भन्नुभयो “हामीले हाम्रो अस्तित्वलाई स्वीकार गर्न सकिएन भने सदैव समस्या निम्तिने र यसले इसाई समुदायलाई ठुलो घाटा पर्न सक्छ ।” सोहि कार्यक्रममा बोल्नुहुँदै एन. सी. एस अध्यक्ष वर्णबास श्रेष्ठले भित्र हात मिलाएर बाहिर हल्ला गर्ने समूहबाट बच्नुपर्ने समय आएको बताउनुभयो ।

157 Views

प्रतिक्रियाहरू

महासंघबाट राजिनामा दिएका समूहले गर्यो अगुवा भेला Reviewed by on . मंसिर १०, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट राजिनामा दिएका समूहले आज ललितपुरमा एक कार्यक्रमगरि पास्टर, अगुवाहरूको माझमा राजिनामा दिनुको कारणबारे प मंसिर १०, काठमाडौँ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबाट राजिनामा दिएका समूहले आज ललितपुरमा एक कार्यक्रमगरि पास्टर, अगुवाहरूको माझमा राजिनामा दिनुको कारणबारे प Rating: 0
scroll to top