Tuesday, October 24, 2017

लेखकहरुको चिनारी

July 11, 2014 12:21 pm by: Category: Articles, Gallery A+ / A-

Lazarus Tamang

लेखकहरुको चिनारी ◄
नेपालि ख्रीष्टियान साइट:(SB) –

हामीलाई थाहाँ छ, आज भन्दा केहि बर्ष अगाडी सम्म नेपालि इसाई लेखकहरु द्वारा लेखित इसाई पुस्तकहरु पढ्न त्यति पाइन्दैन थियो – कहिँ कतै इसाई किताबहरु भेटिए ता पनि बेदेशी लेखकद्वारा लेखित अनुवाद गरिएको पुस्तक मात्र हुन्थ्यो । तर परमेश्वरलाइ धन्यवाद होस् जसले आज हाम्रो बिचमा असल लेखकहरु दिनुभएको छ र हामि संग हाम्रै नेपालि भाषामा, लेखिएको दर्जनौ इसाई पुस्तकहरु प्रसस्त रुपमा छन् – जुन पुस्ताहरु मध्येबाट आज म तपाईहरुको बिचमा आदरणीय दाजु” “पास्टर: लाजरस थुलुङ”द्वारा लेखित पुस्तकको परिचय गराउदै छु :- 

1. परमेश्वर कहाँ हुनुहुन्छ जब म दु:खमा हुन्छु । 
2. परमेश्वरले जुटाउनु भएको जीवन साथी कसरी चिन्ने । 
3. मण्डली अनुशासन 
4. स्वस्थ विवाह र परिवार । 
5. वैवाहिक जीवनमा अपार आनन्द । 
6. पाष्टरको योग्यताहरु । 
7. रेभ. डि. आर. थुलुङको जीवनी र सेवाकाइ । 
8. स्वस्थ मण्डलीका चिन्हहरु । 
9. प्रोत्साहनले जिवन बदल्छ । 
10. हराएकाहरूप्रति परमेश्वरको हृदय 
11. ख्रीष्टियान जीवनका नैतिक सवालहरु । 
12. जब परमेश्वर मौन बस्नुहुन्छ । 
13. प्रेमले जीवन बदल्छ ।

ख्रीष्टियन शिक्षालाई आधार बनाएर लेखिएका सयौ पूस्तकहरु ख्रीष्टियन बजारमा उपलब्ध छन्। यी पुस्तकहरु विभिन्न प्रकारका बिषय संग सम्बन्धित छन् । इसाई लेखकहरुले विभिन्न अवश्थामा रहेर परमेश्वरबाट पाएको आफ्नो बरदान अनुसार विश्वासीहरुलाई उत्साह दिनको निम्ति र, परमेश्वरको सत्यतालाई प्रकट गरौन, अर्थात् खोजहरुलाई सबै सामु प्रष्ट पर्न, मण्डली बिकास र आत्मिक उन्नति प्रति लक्षित गरि, बाइबलीय शिक्षालाई केलाउदै , इसाई पुस्तकहरु लेखेका हुन्छन । 

हरेक पूस्तकबाट तपाईले ज्ञान बटुल्न सक्नुहुन्छ,उत्साह पाउन सक्नुहुन्छ। तपाइले जानेको भन्दा बढी सत्यताको बारेमा पत्त लाउन सक्नुहुन्छ, आत्मिक उन्नति र मण्डली वृद्धिको सहि तरिकाहरु थाहाँ गर्न सक्नुहुन्छ । सबै भन्दा बढी त आफ्नै व्यक्तिगत जीवनको त्रुटिहरु प्रति धेरै सिक्न सक्नुहुन्छ, पुस्तक अध्यनले तपाईलाई परिपक्कता तिर डोरिन मद्दत गर्दछ त्यसका लागि हामीले बाइबलमा आधारित अन्य पुस्तकहरुलाई पनि पढ्ने बानि बसाल्नु पर्दछ । 

हाम्रो नेपालि समाजमा प्राय धेरै जनामा अझै पनि पुस्तक पढ्ने लत बसेको पाईंदैन तर मित्र हामीले पुस्तक पढ्ने बानि बासल्नु धेरै राम्रो रहेछ किनकि कति चोटी हामीले खोजिरहेको ज्ञान, हामीले पाउनु पर्ने उत्साह,आशिष, र हाम्रो समस्याको समधान कुनै एक अनुभवी लेखकद्धारा लेखिएको पूस्तकको पानामा हुनसक्छ । 

हामीलाई थाहाँ छ, बाइबल भन्दा असल अरु कुनै पुस्तक हुन् सक्दैन, अनि कतिलाई लाग्न सक्छ, बाइबल अध्यन गरे पछी अरु पुस्तक पढ्नु आबस्यक छैन, म बाइबल मात्र पढ्छु मलाई यतिले पुग्छ,किन म अरु पुस्तकलाई पढ्नु ? –तपाइले पनि यस्तै भन्ने गर्नुभएको छ भने याद गर्नुहोस्, बाइबलमा भएको सत्यतालाई हामीले सिदा रुपमा बुझ्न नसक्दा र सत्यताको गहिरो अर्थहरुलाई केलाउन नसक्दा नै परमेश्वरले हाम्रो बिचमा हामीलाई बुझाउन इसाई लेखकहरु दिनुभएको छ – धेरै ठुला बाइबल बिदहरुले पनि बाइबललाई बुझ्न आफु भन्दा अगाडिका अग्रजहरुले लेखेका पुस्तकहरु पढदछन् । 

विकसित मूलुकका मानिसहरु बाटोमा हिड्दा पनि पूस्तक हातमा लिएर हिड्ने गरेको पयिन्छ , सायद उनिहरुमा पहिले देखि नै पूस्तकलाई माया गर्ने अनि पूस्तक पढ्ने बानीको विकास भएको छ। पूस्तक पढ्नाले पक्कै पनि ज्ञानको विकास हुदछ ।

म सानो छदा मैले पास्टर:लाजरस थुलूङ दाजुले लेख्नु भएको एउटा पूस्तक पढ्ने मौका पाएको थिए। त्यो पूस्तकले मलाई अरु धेरै पूस्तक पढ्न उत्साह दियो साथै ब्यत्तिगत रुपमै प्रभुमा धेरै उत्साहित बनायो, त्यसपछी मैले एक पछि अर्को गर्दै धेरै इसाई पूस्तकहरु पढ्न थाले । जति धेरै मात्रामा मैले इसाई पुस्तकहरु पढ्ने बानि बसाले, मैले त्यति नै रुपमा धेरै कुराहरु सिक्ने मौका पाए, बाइबलमा मैले नबुझेको कति कुराहरुको अर्थ खुलाइएको पाए , अनि गहिरा कुराहरुलाइ बुझ्न मलाइ धेरै मदत भयो। आज मलाइ लाग्छ मैले बाइबल मात्र पढेर अन्य पुस्तक नपढेको भए मैले आज बुझेको ७०% सत्यता प्रति अझै म आजन हुनेथियो होला – 

म एउटा गाउको मण्डलीमा हुर्केको ब्यक्ति भएको हुनाले मलाई स्यानै देखि प्रभुमा डोर्‍याउने,अगुवाई गर्ने कोहि पनि थिएन। मलाई समय छुट्टाएरै बाइबल अध्ययन दिने, प्रभुको बारेमा सिकाउने कोहि पनि थिएन तर प्रभुलाई धन्यबाद होस् सानै देखि नै पूस्तक पढ्ने अनि इसाई पुस्तकहरुलाई माया गर्ने बानि बसाल्न सिके । वास्तवमा विभिन्न इसाई लेखकहरुले लेख्नुभएका पूस्तकहरु नै मेरो आत्मिक शिक्षक, मेन्टोर अनि मेरो अगुवाको रुपमा म मानि लिन्थे तर अहिले म संग मलाई प्रभुमा अगुवाई गर्ने मेरो आत्मिक अगुवा हुनुहुन्छ तर पहिले त इसाई पुस्तक नै मेरो बुझाइको श्रोत थियो । 

म प्राय: जवानहरुलाई इसाई पूस्तकहरु पढ्न उत्साह दिन मन पराउछु। अहिले हाम्रो बिचमा हाम्रै नेपालि अगुवा,पास्टर,लेखकहरु द्वारा लेखित इसाई पूस्तकहरु उपलब्ध छन्। हामीले पढ्दा हामीले ज्ञान, शिक्षा त पक्कै पाउछौ तर हामीले पुस्तक पढ़नाले हाम्रा इसाई लेखकहरुलाई उत्साह पनि मिल्ने कुरामा हामि खुशी हुनु सिक्नु पर्दछ – किनकि प्रभुले भन्नुभएको छ – तिमीहरु एकअर्कामा उत्साहको कारण बन्न सिक ।

इन्डोनेसियाको एउटा पाष्टर तथा लेखकको घरमा सात हजारवटा इसाई पूस्तकहरु छ भन्ने कुरा सुन्दा मलाइ अचम्म लाग्यो, अनि मैले पनि आफ्नो कोठामा आएर आफु संग भएको इसाई पूस्तकहरु गन्न लागे, म संग त जम्मा नेपाली अंग्रेजी गरेर चालिसवटा पूस्तकहरु रहेछन्। मैले आज सम्म जम्मा चालिस वटा बुक पढेछु। मलाई थाहा छ तपाईहरु मध्ये कतिले यो भन्दा धेरै बुकहरु पढ्नुभएको छ भने कतिले यति पनि पढ्नुभएको छैन । तर म आज तपाइहरुलाई अनुरोध गर्न चाहन्छु कृपया इसाई पूस्तकहरु पढ्ने बानी बसालौ। यदि यसो गर्नुभयो भने यसबाट पक्कै पनि तपाईको आत्मिक विकासको साथै ब्यक्तित्व विकास पनि हुनेछ।

कसैले यसरी भनेका छन् “दश जना असल मित्र भन्दा एउटा असल पूस्तक नै असल हुन्छ”। साच्चै धेरै असल मित्रहरुले भन्दा एउटा असल पूस्तकले नै हामीलाई धेरै उत्साहित बनाउन सक्छ। त्यसैले अब इसाई पूस्तक पढ्ने बानी गरौ र इसाई पूस्तकलाई माया गर्न सिकौ। हाम्रा निम्ति इसाई पुस्तकहरु लेख्ने लेखकहरु प्रति धन्यवादी बनौ र उहाँहरुको निम्ति प्रार्थना गरौ । -परमेश्वरले हामीलाई उत्साहको कारण बन्न मदत गर्नुभएको होस् । – इसाई पुस्तक किनेर पढ्ने बानि गरौ । 

article by :
James Tamang

294 Views

मलाई मनपर्यो l (12)मलाई मन परेन l (1)

प्रतिक्रियाहरू

लेखकहरुको चिनारी Reviewed by on . लेखकहरुको चिनारी ◄नेपालि ख्रीष्टियान साइट:(SB) - हामीलाई थाहाँ छ, आज भन्दा केहि बर्ष अगाडी सम्म नेपालि इसाई लेखकहरु द्वारा लेखित इसाई पुस्तकहरु पढ्न त्यति पाइन् लेखकहरुको चिनारी ◄नेपालि ख्रीष्टियान साइट:(SB) - हामीलाई थाहाँ छ, आज भन्दा केहि बर्ष अगाडी सम्म नेपालि इसाई लेखकहरु द्वारा लेखित इसाई पुस्तकहरु पढ्न त्यति पाइन् Rating: 0
scroll to top