Tuesday, January 23, 2018

मेरो जीवन गवाही – अन्जान वि.के

August 11, 2014 2:52 pm by: Category: Testimonials A+ / A-

Anjan B.K

Anjan B.K

मेरो नाम अन्जन बिके हो |अश्राङ छ गोर्खा हो मेरो घर |मेरो घरमा आमा बुवा दुई दिदी र तीन दाजु भाई छौ |मेरो घरमा दिदीहरुको विवाह भएको एक साल पछी मेरो दाजुको विवाह भयो |जब दाजुको विवाह भयो मेरो घरमा लडाईं झगडा सुरु हुन थाल्यो |तेस समयमा मेरो घरको आर्थिक अवस्था कम्जोर थियो |आइ ए पहिलो बर्षमा पड्दै थि |दाइ भारतमा हुनुहुन्थो |माघे सक्रान्ती मान्नलाई आउनुभएको थियो |तेस समय हाम्रो देशमा एक दम माओबादी प्रचार धेरै थियो| कालेजबाट घर नाआउन्जेल ममी बूवा चिन्ता लिनुहुन्थो|पढ्नलाई आफ्टेरो हुनिभयो र म पनि दाई सँगै भारत लागि |काम गर्दै गइ,दाई घर आउनु भयो र बिदेश जाने इच्छा गरेर पाच साल सम्म घर बस्नु भयो|म काम गर्दै गरी,घर आउने जाने चली रह्यो |०१्०६्२००५मा मेरो विवाह भयो |दुइ साल पछी दाई पनि मलेसिया जानु भयो| एक साल पछी मैले श्रीमतीलाई ईन्डिया लिएर गई|हामी इन्डियामा गए पछी घरमा झै-झगडा सुरु भयो|छ महिना पछी घर आएको थि, भाउजु र मलेसिया हुनु भएको दाजु सँग झगडा भयो|फेरी इन्डिया गई |घरमा सधैं झगडा भई रहन्थो दुई साल सम्मा मेरो घरमा अशान्तीले पुरा छायो |दसैंमा घर आइ ,अगाडि जसरी मनाइन्थो त्यसरी नै मनाइयो| मामाको घरमा पास्टर बुवा बस्नु हुदो रहीछ | उहाहरु सबै जना ख्रिस्टिअन भई सकेको रहेछन |उनीहरुले दसैं नमनाएको देखेर पास्टर सँग मेरो धेरै भना भन भयो र म जती रिसाए पनि उहाले हासी हासी नम्र भएर जबाफ दिनु हुन्थो |

                घरमा आएर !!! मामाको घर आउने जाने नगरनु भनी ,दसैं सिदिएको पाच दिन पछी फेरी इन्डिया गई| अब मेरो जिबनमा संघर्स सुरु भयो|म तिहार सिद्दिए पछी मलाई जरो आउन सुरु भयो तीन दिन पछी मेरो रातीको डुटी सुरु भयो |राती मलाई १०४डिग्रीको जरो आयो |राती दबाइ खाएर डुटी गरी |बिहान पनि डुटी गर्नु पर्थो |मलाई औसधी खाउन्जेल ठीक हुन्थो पछी मलाई फेरी त्यसरी नै जरो आउथो |बिहान १० बजे देखी सुती रही अनी दिउसो १बजे छुट्टी लिएर रूम गई|रूममा मरो दिदी हुनुहुन्थो |दिदीले भन्नु भयो!!! औषधी लिएर आउनुस जानुस , डक्टर कहाँ गई मेरो जिब्रो पकेको र जरो धेरै आएको डक्टरले देखेर चाडै चाडै इलाज गर्नु भयो र म रुममा आइ |रूम मा आए पछी रातको मलाई काम जरो आउन थालयो |बिहान दिदी लाई फोन गरी दिदी ले भन्नु भयो चाडै यहाँ आउनु र यहाँ मन्दिरमा मथ्था टेक्नु भन्नु भयो!!!दिदीको घरमा गई|दिदीले घरमा मन्दिर बनाउनु भएको थियो मन्दिर भित्र प्रबेस गर्न लगेको थि, मेरो शरीरमा त ठुलो भारी बोकाएको जस्तो गरुंगो हुन थाल्यो |भित्र पसे पछी दिदिले धुप जलाउन लाग्नु भयो म त्यही बसी रहेको थि अनी मेरो शरीर त काम्न सुरु भयो |दिदी त पहिलै काम्नु हुन्थो मेरो हालत पनि दिदिको जस्तै हुँदा दिदी डराउनु भयो |अनी मेरो शरीर बस्दा उठ्दा सुत्दा खादा सबै समय काम्न थाल्यो |एक दम चिन्ता लाग्न थाल्यो ,के गर्ने ?मेरो घरमा कसैलाई पनि यस्तो भएको छैन|तो रात मलाई कुरेर बसे ,भोली पल्ट कहाँ लैजाने भनी सल्लाहा गर्दा डक्टर को इलाज त होइन धामी झाक्रिको काम हो भनी कुरा भयो |बिहिबार को दिन थियो एक पन्जाबीले दाईलाई भन्नुभयो!!! नंगल भन्ने ठाउँमा त्यहाँ पिर बाबाको मन्दिर छ त्यही एक बाबा हुनुहुन्छ उहाले ठीक गर्नु हुन्छ भन्नुभयो| राती को ८:३० बजे टेक्सि गरेर हिडियो |त्यहा गएर खाना खाइयो |मेरो शरीर चाँही कामी रहेको छ |उहाले रात भर आफ्नो बिदि-बिदान गरी रहनु भयो बिहान मलाई साबन धुप तेल पानी फुकेर दिनु भयो |अनी एक मन्त्र लेखेर दिनुभयो र सधैं बिहान् बेलुका नुहाउदा मैले दिएको साबन तेल पानी प्रयोग गर्नु धुप जलाएर मैले दिएको मन्त्र पढ्नु अनी तिमीले अरुको नाम नलिनु त्यस पछी तिमीलाई ठीक हुन्छ भन्नु भयो !!!तेसरी ४०दिन बिती सके पछी मेरो बिमार एक छिन ठीक हुन्थो पछी फेरी घण्टा पछी तेस्ताइ हुन्थो |

       नेपालबाट एउटा दाई आउनु भयो उहाको नाम प्रकाश बिके हो ,उहालाइ मेरो बिमार सबै बताए पछी उहाले मलाई पर्भु यशू को बारेमा बताउनु भयो र उहालाई पनि यशू प्रभुमा विश्वाश गरेपछी पथ्थरीको बिमार चङ्गाइ भएको गबाइ सुनाउनु भयो |अनी मेरो मन एक दम लोभियो प्रभु येशू मा | पाच दिन सम्मा मलाई सू-समचार सुनाउनु भयो |उहाको तो गबहीले गर्दा मेरो बिमारमा धेरै फरक पर्‍यो जस्तो लाग्न थालो |छ दिन पछी मेरो छेमा त्यहाँ आउनु भयो र मलाई बाइबल को बारेमा सुनाउनु भयो |उहा को सु -समाचारले मलाई अझ दिमागमा धेरै कुरा खेल्न थाल्यो |अनी उहाले भन्नुभयो!!!अन्जन प्रभुमा विश्वाश गर्नुस् तपाईंलाई सबै बिमार चङ्गाइ हुनेछ |यी फुकेर दिएको सबै थोक फ्याकी दिनुस् भन्नु भयो |मेरो लगभग २५हजार आइ सि खर्च भई सकेको थियो |मेरो मनमा धोधार हुन थाल्यो |छेमाले १० दिन सम्मा बचन सुनाइ रहनु भयो |बाइबल दिएर ,पढ्नुस भन्नु भयो अनी मेरो मनमा शान्ती छाउन थाल्यो अनी मैले भनी म अब प्रभु येशू मा विश्वाश गर्छु भनी |राती को ११:३० बजे मलाई ग्रर्हण गरी दिनु भयो |राती रूम गएर मैले मिठो निन्द्रा पाइ |यसरी एक महिना सम्मा धेरै परिक्षा आइ रहयो |२००8 जनवरी महिनाको २० गते नेपाल आइ र घर नगाइकन काठमाडौं गई |छेमा त्यहा बस्नु हुन्थ्यो | बुधवार त्यहा घरेलु सँगती थियो म पनि गई |त्यहाँ म त धेरै काम्न थाली उहाहरु प्रथाना गर्नुहुन्थो म त नाच्थि त र मलाई केही पनि थाहा हुँदैन थो | त्यहा बस्नु हुने सबै जनाले उपबास राख्नु भयो र शनिबार मैले पनि उपबास राखेर सितापाइला कोलह मन्डली चर्चमा गइयो |मलाई त मन्डली नजिक गए पछी भागु भागु जस्तो हुन थाल्यो अनी छेमाले भन्नुभयो चर्च भित्र गएर बस्नुस भन्नु भयो ,म भित्र गई,भित्र पस्नु बितिकै काम्न सुरु भयो र बिहान् १० बजे चर्च को समय भयो |स्तुती प्रसम्सा को समय भयो अनी सबै जना प्रभु को उपस्थितीमा मग्न थिए तेसै समयमा मलाई पनि पछाडि बाट धकालेको थियो, कोले धकालेको मैले केही थाहा पाइन र म लोटी अनी मैले माफि मागी हात जोडेर अनी गुरुबाले मेरो लागि प्रथाना गरिदिनुभयो फेरी मेरो टाउको एकदम सँग जमिनमा ठोकियो तेस पछी मेरो शरीर हलुका भयो |अनी मैले सोच्न थाली मेरो शरीरको काडा प्रभु येशू ले निकाली दिनु भयो र मलाई नयाँ जिबन दिनु भयो|तेस दिन देखी मैले सैतान बाट छुट्कारा साथै अनन्त जिबन मैले पाइ | आज मेरो घरमा शान्ती छ |स-परिवार विश्वासी हुनुहुन्छ र सबै मा मिल मिलाप छ |हामी सबैले प्रभु येशूमा नयाँ जिबन पाएर खुशी छौ !

Anjan B.K

131 Views

प्रतिक्रियाहरू

मेरो जीवन गवाही – अन्जान वि.के Reviewed by on . [caption id="attachment_536" align="alignleft" width="150"] Anjan B.K[/caption] मेरो नाम अन्जन बिके हो |अश्राङ छ गोर्खा हो मेरो घर |मेरो घरमा आमा बुवा दुई दिदी [caption id="attachment_536" align="alignleft" width="150"] Anjan B.K[/caption] मेरो नाम अन्जन बिके हो |अश्राङ छ गोर्खा हो मेरो घर |मेरो घरमा आमा बुवा दुई दिदी Rating: 0
scroll to top