Friday, December 15, 2017

१११ वर्ष पुगिन आमा डल्लीमाया – ईसाई जगतमा उहाँ नै अहिले सम्मको जेष्ठ नागारीक

September 2, 2014 5:23 pm by: Category: News A+ / A-

10588516_816166735082288_1980816905_nसंसारमा कमै मात्र व्यक्ति हुन्छन जसले आफनो खनाति सम्मा देख्न पाउछन र परमेश्वरको अनुग्रहमा चार पुस्तासम्मलाई पाउनुहुने  एक जना आमा जसले २०५२ पौष २ गते पिता पुत्र पबित्र आत्माको नाउँमा पानीको बप्तिस्मा लिनु भाई आज सम्म परमेश्वरको अनुग्रहमा ख्रीष्टको जीउदो साक्षी दिइरहनु  भएको छ । वि.स. १९६० बैशाख १० गते छोप्राक गा.वि.स रिप गाँउ, गोरखामा जन्मनु भई हाल क्षेत्रपुरहाईट, आंपटारी, भरपुर २ चितवनमा स्थाई बसोबस गर्नुहुने डल्ली माया बस्याल ( विध्यादेवी) आहिले ११० वर्ष पुरा गरि १११ वर्षमा प्रवेष गर्नु भएको छ ।

सम्भवत ईसाई जगतमा उहाँ नै अहिले सम्मको जेष्ठ नागारीक भन्दा फरक नपर्ला । २०७१ कार्तिक  १६ गते भरतपुर नगरपालिका कार्यालय जेष्ठ नागारिक संघ चितवन वृद्धा कल्यान सेवा संघबाट समेत सम्मनित हुनु भएको र साथसाथै २०६९ कार्तिक १८ मा जेष्ठ नागारिक कल्याणकारी प्रतिष्ठन नेपाल द्धारा सम्मानित, २०७० कार्तिक २६मा सिनर्जी एफ. एमको वार्षिक उत्सावको अवासरमा सम्मान तथा प्रमुख अतिथि रहनु भएको र अन्य थुप्रै जेष्ठा नागारीक सम्मान पाईसक्नुभएको छ ।  अहिले सम्मको महत्वपुर्ण राष्ट्रिय निर्वाचनमा निरन्तर भाग लिनु भई २०७० मंसिर ४ गतेको संविधान सभाको मतदानमा चितवन जिल्ला कै जेष्ठ नागारीक मतदाता हुनुभएको थियो ।

यसरी डल्ली माया बस्याल आमालाई एउटा जेष्ठा नागारिक भएको कारण विभिन्न कार्यक्रममा बोलाएर सम्मान गर्नु एउटा परमेश्वरको महान् योजना र उहाँको महिमाको काम भइरहेको छ र वृद्धा आमाको साक्षी गवाही द्धारा मुक्तिदाता ख्रीष्टको प्रेम आम मानिसहरु माझ सन्देश बाड्ने ठुलो मौका मिलेको छ हामी परिवार प्रभुमा गर्व गर्छैभन्नु हुन्छ कान्छा छोरा रेभ. मान बहादुर बस्याल । भरतपुर नगारपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा थुप्रै मानिसहरु वृद्धा आमाको हातबाट आशिर्वाद थाप्न आएका थिए त्यसै बेला आमाले सबैका सामु येशू ख्रीष्टले हामी सबैलाई प्रेम गर्नुहुन्छ भनेर भन्दा धेरै मानिसहरु अच्चमित अकमकिएका थिए किन भने कार्यक्रम हुनु अघि आयोजकबाट येशूको बारेमा केही नबोल्नु र नभन्नु भनेर भनिएका थियो । 

परमेश्वरको अनुग्रहमा  २ छोरा  ४ छोरी, १६ जना नातीनातिना, २४ जना पानतिना र १ जना खनाति सम्मका आफनो सन्तानहरुलाई देख्न पाउनु मेरो लागि अत्यन्तै खुशी र आशिषको कुरा हो भन्नु हुन्छ आमा । सामन्य अरु मानिसहरु झै हुटडुल गर्न सक्नु हुन्छ राम्रो बातचित पनि । बुहारी अनिता) को निकै बखान गर्न समेत पछि पर्नुहुन्न आमा, हरेक दिन वृद्धा आमाको स्याहार सुसार गर्नुहुने छोरा बुहारी (रेभ. मान बहादुर र अनिता) खुबै खुशी र आशिष अनुभुति गर्नुहुन्छ । रेभ. मान बहादुर बस्याल गेतसामनी बप्तिस मण्डली भरतपुरका पास्टर हुनुहुन्छ ।

प्रकाश पाख्रीन

 

261 Views

प्रतिक्रियाहरू

१११ वर्ष पुगिन आमा डल्लीमाया – ईसाई जगतमा उहाँ नै अहिले सम्मको जेष्ठ नागारीक Reviewed by on . संसारमा कमै मात्र व्यक्ति हुन्छन जसले आफनो खनाति सम्मा देख्न पाउछन र परमेश्वरको अनुग्रहमा चार पुस्तासम्मलाई पाउनुहुने  एक जना आमा जसले २०५२ पौष २ गते पिता पुत्र संसारमा कमै मात्र व्यक्ति हुन्छन जसले आफनो खनाति सम्मा देख्न पाउछन र परमेश्वरको अनुग्रहमा चार पुस्तासम्मलाई पाउनुहुने  एक जना आमा जसले २०५२ पौष २ गते पिता पुत्र Rating: 0
scroll to top