Thursday, July 19, 2018

के तपाई नँया नियमको बारेमा स्पष्ट रुपमा जान्न चहानु हुन्छ ?

September 16, 2014 1:07 pm by: Category: Articles A+ / A-

ख्रीष्टमा मेरो प्रीय दाज्यु भाई दिदी बहिनीहरु !
तपाई सबैलाई प्रभुको पवित्र नाँउमा जय मसिह् !

पर्मेश्वरले मलाई नँया नियमको सत्यता  जान्ने सुनौलो मौका दिनु भएको छ  जँहा मैले धेरै यस्तो सत्यताहरु जान्न सकेको छु जो मैले यतिको दिनसम्म जान्न सकेको थिएन ! हुन सक्ला मैले झै  तपाई मध्ये कसैले यस सत्यता जान्ने मौका नपाई रहनु भएको होला यसैले मैले यी नँया नियमको बचन अपलोड गरेर तपाई सबैसँग बाँट्ने बिचार गरेको छु ! सबै त  भन्न सकिन्न तर  कोहि त होला जसले साँच्चै नै ख्रीष्ट प्रभुलाई भोखाएर अनि तिर्षाएर खोजी रहेको होला यस्तो प्रभुको दास या दासीहरुको निम्ती यी बचनहरु म समर्पित गर्न चहान्छु ! मलाई बिश्वास छ तपाईहरु यो बचन सुनेर आशिषमय हुनु हुनेछ भनेर !

यदि  हामीले  साँच्चै नै आफुले सित्तैमा  पाएको  मुक्ति गुमाउन चँहादैनौ   भने हामीले आफ्नु मन तन अनि आत्माबाट बाईबल भित्र भए को सत्यता जान्ने कोशिष गर्न पर्छ ! जसरी बजारमा पाईने त्यो किम्ती मोती पाउनलाई समुन्दरको छेउ छेउ किनारामा पौडेर खोज्दा मात्रै पाईन्दैन त्यो मोती पाउनलाई समुन्दरको भित्र भित्र गहिराईमा तह सम्म पुग्न पर्छ त्यसरी नै बाईबल भित्रको सत्यता जान्नलाई पनि बाईबल एक एक सरो मात्र पडेर हुँदैन तर हामी तन मन अनि आत्मा भित्रबाट प्यासी हुनु पर्छ !

तर  मेरो अनुभव अनुसार मैले  बचन पडेर भन्दा सुनेर धेरै  बुझ्न सकेको  छु ! किनकि निसन्देह चेलालाई भन्दा गुरुलाई धेरै ज्ञान हुन्छ ! जसरी हामी स्कुलमा इतिहास – भुगोल – बिज्ञानको सत्यता भनौ ज्ञान हासिल गर्नलाई जान्छौ तब गुरुले हामीलाई किताब भित्रको बिषयमा स्पष्टता रुपले बुझाउछ ! जो हामीले एक्लै घरमा बसेर पडेर बुझ्न सक्दैनौ ! ठीक बाईबल पनि त्यस्तै हो ! आफुले पडदा पनि  बुझ्न त बुझछौ  तर त्यो भन्दा दश  गुणा  ज्यादा  हामीले तब  बुझ्छौ जब  हामीलाई  अ लाई अलँकार बनाएर बुझाउने कोहि  हुन्छ ! किनकि हामीले  बाईबल  पडनलाई ज्यादा  भन्दा ज्यादा  आधा घन्टा  लगाएको हुन्छ भने गुरुले त्यहि बाईबल पडन लाई सारा दिन लगाएको हुन्छ ! किनकि उनीहरु माथि गोठालो को जिम्मावारी जो हुन्छ !

ठीक  त्यसरी नै यही  तुलना मैले  हाम्रो ख्रीष्टीय  जिवनसँग  गरे ! बाईबलको  सत्यता जान्नलाई हामीलाई एउटा यस्तो गोठालोको खाँचो छ जसले हामीलाई बाईबल भित्रको सत्यता खुलस्त  बुझाउन सक्छ ! तर  स्कुलको गुरु अनि  ख्रीष्टजनहरुको गोठालोमा धेरै अन्तर  हुन्छ ! स्कुलको गुरुबाट सही  शिक्षा नपाए ज्यादा से ज्यादा  हामी  परिक्षामा फेल  हुन्छौ  तर ख्रीष्टीय  गोठालो सही न पाए हामी  नर्कको  आगोमा  फालिन  पुग्नेछौ ! सु-समचार  स्वर्ग  अनि  मुक्तिको  कथा  त  सयमा  सय  जना  नै   गोठालोले  हामीलाई बताउने गर्छ किनकि यो बचन बाँडन सजिलो छ तर पाप माथि कसरी बिजय पाउन सकिन्छ त्यो सयमा केवल एक प्रतिशत गोठा लोले मात्र  बताउन  सक्छ किनकि  धेरै जसो  गोठालो  खुदैले  नै पाप  माथि  बिजय पाउन  सकी रहेको  छैन  जो  स्वँयले  नै आधा अधुरो ख्रीष्टीय  जिवन  जिइ रह्को छ  जसरी  मुक्तिको   सँदेश  बाँडन  सजिलो  छ  त्यति  नै मुक्ति  पाउनलाई  साँघुरिलो  बाटो भैइ हिडन  गाह्रो  छ ! पर्मेश्वरको  प्रशँसा होस्  फराकिलो  बाटो  भैइ हिडने  लाखौ प्रभुको  दासहरुको  बीचमा मैले कोहि एउटा साँघुरिलो बाटो भैइ हिडने प्रभुको आज्ञाकारी दास पाए को छु जसको बचन सुनेर सुनेर नै मैले धेरै पापहरु माथि बिजय पाउन सकेको छु !

सत्य नै  बताउ भने – प्रभुलाई  ग्रहण गरे पछि पनि  मैले पाप गर्न  छोडन सकेको थिईन ! तर पर्मेशर महान अनि दयालु हुनु हुन्छ उँहाले सबैलाई एकपल्ट मौका जरुर दिनु हुन्छ !  पर्मेश्वरले  पापलाई घृणा  गर्नु  हुन्छ तर पापीलाई प्रेम ! उँहाले हामी सबैलाई एक आखिरी  मौका  दिनु  हुन्छ त्यो  पापबाट  फर्कनलाई  यसैले  पर्मेश्वरले सँसारमा  उँहाको  आज्ञाकारी  दासहरुलाई  हाम्रो अगुवा  या गोठालो  बनाएर पठाउनु  भएको हुन्छ जस  मध्ये Brother Zac Poonen  एक हुन जसलाई पर्मेश्वरले हामी जस्तो पापले ग्रस्त  भएको रोगीहरुको  उपचार गर्नको  निम्ती पठाउनु भएको छ ! पावल प्रेरित पछी यदि कोहि ख्रीष्टमा प्रभु को पाईला पछी आफ्नु क्रुस प्रत्येक दिन बोकेर प्रभुको पाईला लाई  पछाउने  ईमान्दारी दास मध्ये Brother Zac एक हुन भन्न मा म रतिभर हिच्किचाउदिन !

के  तपाई पापबाट  साँच्चै मुक्ति चहानु हुन्छ ?  के तपाई  सांचै नै आफुले सित्तैमा पाएको मुक्ति  गुमाउन  चाहानु हुन्न ? यदि यसो हो भने यी  बचनहरु  एउटै  पनि  नछोडी  सुन्नु होस् यँहा  मतीदेखि  प्रकाशसम्म एक पछि  एक गर्दै स्पष्ट  रुपमा  बताएको छ  पुरानो  नियम  अनि नँया नियम  बीचको  फरक  बताएको  छ !  स्वर्गको  राज्य पाउन  त्यति सहज  छैन जति  हामीले  सोचेको छौ हामी मध्ये धेरै जसोले बाईबल बचन पडन अल्छी मान्छौ  अनि त्यो  भन्दा  बढी अल्छी हामी बचन सुन्नमा गर्छौ किनकि त्यो एक घण्टाको लामो अडियो या भिडियोको बचन कसले सुन्ने ! कृपया परमेश्वरको  बचन सुन्नमा अल्छी नमानौ ! नाच गाना – खेल  कुद – रोमान्स अनि अरुको जीवनमा भई रहेको चट पटा भिडियो हेर्नलाई त कति चाख  मान्दै  रातभर जागो  बसेर भए पनि यी  संसारिक  कुराहरु हेरेर नै छोड्छौ !  तर त्यसो  होइन है  प्रभुको जनहरु हो ! संसारिक कुरोहरु देखि आफुलाई टाडो राखौ ! प्रभु न चिताएको बेला आउनेछु भनी भन्नु भएको छ यसैले जागो रहौ पर्मेस्वेरको जीवित बचन पढेर – सुनेर आत्मालाई तयार राखौ ! भन्ने मेरो सोचाई छ साथै सुझाउ पनि !!!!!!

 

Aruna Rai

79 Views

प्रतिक्रियाहरू

के तपाई नँया नियमको बारेमा स्पष्ट रुपमा जान्न चहानु हुन्छ ? Reviewed by on . ख्रीष्टमा मेरो प्रीय दाज्यु भाई दिदी बहिनीहरु ! तपाई सबैलाई प्रभुको पवित्र नाँउमा जय मसिह् ! पर्मेश्वरले मलाई नँया नियमको सत्यता  जान्ने सुनौलो मौका दिनु भएको छ ख्रीष्टमा मेरो प्रीय दाज्यु भाई दिदी बहिनीहरु ! तपाई सबैलाई प्रभुको पवित्र नाँउमा जय मसिह् ! पर्मेश्वरले मलाई नँया नियमको सत्यता  जान्ने सुनौलो मौका दिनु भएको छ Rating: 0
scroll to top