Thursday, July 19, 2018

परमेश्वरको जनले फलाउनु पर्ने फलहरु!!!

September 16, 2014 2:09 pm by: Category: Sermons A+ / A-

Srijana Gurung

Srijana Gurung

तेस्तै गरि हरेक असल रुखले असल फल फलाउछ तर खराब रुखले खराब फल फलाउछ/ असल रुखले खराब फल फलाउन सक्दैन नता खराब रुखले असल फल फलाउन सक्छ / (मत्ती :१७१८)

    हामी यसरी बुझौ,हाम्रो हृदय रुख हो भने हामीले बोल्ने बोली या भनौ  हाम्रो मुख बाट निस्कने शब्द हामीले फलाउने  फलहरु  हुन्  र शब्द ले हाम्रो बनि बेहोराको प्रतिनिधित्व गरिराखेको हुन्छ । माथिको पदले भनेको जस्तै  रुखले कि असल फल फलाउछ कि खराब फल फलाउछ मतलब हामीले आफ्नो मुख बाट कस्तो बोलीहरु निकाल्दैछौ त्यसैबाट हामीले आफ्नु परिचय हाम्रो अगाडी को ब्यक्तीलाई दिरहेका हुन्छौ किनभने फल बाट नै रुखको पहिचान हुन्छ । (तिनीहरुका फल बाट तिमीहरुले तिनीहरुलाई चिन्नेछौ/ के काढाको  बोटबाट अंगुर अथवा सिउड़ी बाट अन्जीर टिपीन्छ ?? मत्ती :१६) यो कुरा  सायदै  तपाई हामीले बिचार गरेका हौला?? किनकि तिम्रो बचनहरुले तिमि निर्दोष ठहरिनेछौ अनी तिम्रो बचन हरुले तिमी दोषी ठहरिनेछौ (मत्ती १२:३७) भनेर बाइबलले हामीलाई बताउछ। निष्क्रिय शब्दहरु  चाहे त्यो बेकारको होस् या बिनामतलबको होस् हानिकारक होस् कि  विनाशकारी होस् यो मामिला खाली मुखको होइन अर्थात् सिर्फ मुखबाट निस्केका होइन तर हाम्रो हृदयदेखी नै निस्केको हो वा भनौ हाम्रो हृदयमा जे छ तही नै शब्द बनेर हाम्रो मुखबाट बाहिर निस्किन्छ, था भएकै कुरा हो बचनहरु धेरै नै शक्तिशाली हुन्छ ,किनभने जिबन र मृत्युको शक्ती जिब्रोमा हुन्छ त्यसलाई  प्रेम गर्नेहरुले त्यसको फल खानुपर्छ (हितोउपदेश १८:२१) भनेर बाइबलले हामीलाई बताउछ ।

    हामीलाई बोल्न स्वतंत्रता छ भन्दैमा यसको मूल्य हामीले चुकाउनु पर्दैन भन्ने होइन। हामीले बोलेको हरेक शब्दको मूल्य चुकाउनुपर्छ। मैले भने ,” आफ्नो चालचलनमा साबधान रहनेछु, आफ्नो जोब्रोलाई पापबाट रोक्नेछु / दुष्टहरु मेरो सामने रहुन्जेल मा आफ्नो मुखमा मोहोलो लाएर बस्नेछु ।”(भजनसंग्रह ३९:किनभने नराम्रा शब्दहरु सार्है नै घातक हुन्छन र यस्ता शब्दहरुले हामीलाई नै चोट पुर्याउछ अनी हाम्रो सामुन्नेको व्यक्तिलाई बर्सौसम्म आघात (damage) पुर्याउछ । हामीले बोल्ने शब्दहरुले त्यो अगुल्टा वा घातक काड हान्ने बौलाहाजस्तो हो, जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, ”मैले ख्यालख्याल मात्रै गरेको थिए !”( हितोउपदेश २६:१८१९)

   शब्दहरु त फिका हुन्छ भनेर शैतानले हामीलाई धोका दिइराखेको हुन्छ र यस्ता अप्रसन्न शब्दहरु बोल्नलाई प्रेरित गर्छ तर हामीले बोल्ने शब्दले हामीलाई परमेश्वरसँग सम्बन्ध राख्न साहयता गर्छ किनभने हाम्रो परमेश्वर अप्रसन्न शब्दहरुलाई घृणा गर्नुहुन्छ। शब्द ले हामीलाई हाम्रो साथीभाई सँग जोडछ किनकि तपाई हामी के बोल्छौ भनेर विचार गर्दैनौ भने त हाम्रा साथीभाई आफन्त सबैसंग सम्बन्ध बिग्रन सक्छ येसैले शैतानको धोकामा पर्न छोडीदीउ र निरन्तर परमेश्वरमा स्तुति आराधाना र धन्यबाद को प्रशंसा चडाइराखौ । हुनत जे कुरा हामीले देख्छौ र सुन्छौ त्यही कुरा नै हाम्रो मन मस्तिष्कमा जरा गाडेर बसेको हुन्छ। हाम्रो वोरिपरिको बाताबरणले हामीलाई असर परिराखेको हुन्छ तर यदि हाम्रो आफ्नो शब्दहरु  नकारात्मक छ भने विनासकारी छ भने हानिकारक छ भने र डर नै डरले भरिएको छ भने हामी फरक ढंगले किन नसोच्ने त यसको लागी हामी आजदेखी नै बाइबल पढ्न किन सुरु नगर्ने ?? जब जब हामी बाइबल पढ्छौ तब विश्वासले भरिएको शिक्षा पाउछौ किनभने बाइबल द्वारा परमेश्वर हामी संग बात गर्नुहुन्छ र जब धन्यबाद र प्रशंसाले भरिएको गीतहरु गाउछौ हामी हाम्रो शब्दहरुमा अनी आनीबानी मा स्वत परिबर्तन भएको महसुस गर्नेछौ । हाम्रो जिबनमा फलेका असल फलहरुको मिठो अनुभब गर्न सक्नेछौ ,किनकी बाइबलले हाम्रो हरेको दिनको दैनिक जिबनको बारेमा बताउछ । जस्तै उदाहरणको लागी, बाइबलले हामीलाई सिकाउछ – पैसा को सदुपयोग कसरी गर्नुपर्छ, हाम्रो जरुरत लाई कसरी पुरा गर्नुपर्छ, चिन्तित नबनीकन कसरी बस्ने, हाम्रो अगाडी रहेको दुनियाको साथ कसरी निभाउने यो सबै कुरा बाइबलले हामीलाई सिकाउछ । यहासम्म कि रातमा निन्द्रा कसरी आउछ, बिहान उठेर के गर्नुपर्छ देखी लिएर हामीले खाने भोजनको रिती अनि हामीले पिउने पानीको बारेमा समेत बाइबलले बताउछ। यसरी सामन्य देखी सामन्य कुराहरु को बारेमा पनी बाइबलले हामीलाई बताईराखेको  हुन्छ जुन कुरा यो दुनिया जान्न चाहन्छ ,तपाई हामी जान्न चाहन्छौ यसर्थ हामीले हरेक दिन बाइबल पढ्यौ र बाइबलले भनेको अनुसार गर्यौ भने हामीले जिउने जिबन अति नै सुखमय हुन्छ र समस्याको बाबुजद पनी शैतानको जीत हुदैन । सफलताको सिडी चढ्नको लागी संसारको खेल नखेलौ तर परमेश्वरमा बिश्वास गरौ किनभने साचो उन्नति उहाबाटनै आउछ।

    अब हामी विचार गरौ हामी आफुले आफुलाई अरुले कसरी चिनोस भनेर चाह्न्छौ?? हामी कसैलाई उ त कस्तो मिलनसार छ भनेर भन्छौ भने त्यो गुड हामीले उसमा देखेरनै भनेका हुन्छौ किनकि उसमा कस्तो फल फलेको छ हामी देख्न सक्छौ । कसैलाई हामी भन्छौ  उ कस्तो नरम स्वभावको छ भनेर त हामी उसमा त्यही गुड देखिराखेका हुन्छौ यसरी कोही हसिलो हुन्छ भने कोही घमण्डी स्वभावको हुन्छ यसैले नै भनिएको हो  व्यक्ति को फल द्वारा उसको पहिचान हुन्छ भनेर यसको मतलब अरुलाई हेरेर हामीले उनीहरुलाई judge गर्ने भनेको होइन तर उनीहरुले प्रस्तुत गरेको उनीहरुको फललाइ हेर्ने किनभने जो उनीहरु उत्पादन गर्छ त्यही नै देखिनमा आउछ /किनभने (असल मानिसले आफु भित्र भरिएको असल थोकबाट असलै थोक निकाल्छ, तर  दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ/मती१२:३५ ) भनेर बाइबल ले बताउछ/यसरी हामी पर्मेस्वोरको सन्तानहरुले भ्रमात्मक कुरा वा  ब्यर्थका कुरामा gossip गरेर , ढाटेर ,मुर्खतापुर्ण कुरा गरेर वा गनगन गरेर आफ्नो समय बर्बाद गर्नुहुदैन तर प्रभुको सन्तान भएको हेतुले हामीले जैले पनी एकले अर्कोलाई प्रोत्साहन गर्ने धन्यवाद दिने प्रशंसा तथा स्तुति आराधना गर्ने ज्ञानको कुरा तथा आशीर्वादले भरिएको कुरा गर्ने गर्नुपर्छ किनकी तर तिमीहरुका बिचमा ब्याभिचार र सारा असुद्दता अथवा लोभको नाउसमेत  नलिइओस जो सन्तहरुका बीचमा हुन सुहाउदैन  कुनै अश्लील कुरा,मुर्ख बातचीत अथवा बेफाइदाका ठटयुली नगर्नु, यी सुहाउने कुरा होइनन तर बरु धन्यबाद दिने काम होस् भनेर एफिसी  ५ अध्यया को ३ र ४ पदले भन्छ ,त्यसैले हाम्रो प्रियजनहरुलाई अनी हाम्रो चाहनेहरुलाई  हामीले आशीष दिनुपर्छ र दिन्छौ पनी साथसाथै  हामीले हाम्रो दुश्मन लाइ पनि आशीष दिन सक्नु पर्छ, श्राप होइन/ यो हाम्रो लागी अति नै गार्हो कुरा होला तर  आफ्नो शत्रुहरुलाई पनि प्रेम गर भनेर प्रभु यशु भन्नुहुन्छ र जती जती हामी अरुलाई आशीष दिन्छौ त्यो भन्दा बढी परमेश्वरले हामीलाई आशीष दिनुहुन्छ र हामीलाई आशीषित पार्नुहुन्छ ।

    खराब फलको बिषयमा गलाती ५ अध्याय को १९ र २० पदले यसरी ब्याख्या गर्छ- पाप-स्वोभाबका कामहरु प्रत्यछ छन् जो यिनै हुन् ब्याभिचार, अपबित्रता,लम्पटपना मुर्तिपुजा, मन्त्रतन्त्र, दुश्मनी , झैझगडा, इष्र्या , क्रोध,स्वार्थीपना, फुट, गुटबन्दी, डाह, पियक्कड़पन, मोजमज्जा र यस्तै अरु जसका बिषयमा म  तिमीहरुलाई चेतवानी दिन्छु र आघि पनी  दिएकै हु । जस-जसले यस्ता  कामहरु गर्दछन परमेश्वरको राज्यको हकदार  बन्नेछैनन।

   असल फलको बिषयमा गलाती ५ अध्याय को २२ र २३ पदले यसरी ब्याख्या गर्छ- तर पबित्र आत्माको फल चाही प्रेम,आनन्द ,शान्ति,धिरज,दया.भलाई, विश्ववस्तता,नम्रता ,संयम हुन् यस्ता कुराहरुका बिरुद्दमा कुनै ब्यबस्था छैन तर तिनीहरु, जो ख्रीष्ट यशुका हुन् तिनीहरुले पाप-स्वोभावलाइ त्यसको बास्ना र  लालसासहित क्रुसमा टागीदिएका छन् ।

   तसर्थ हामी आफ्नो फलको परीक्षा गरौ हाम्रो हृदय को  सम्पति के हो या कस्तो शब्द हाम्रो मुखबाट निस्किरहेको छ विचार गरौ। ख्रीष्टको  अनुयायी हौ भनेर  हाम्रो  काम  द्वारा हाम्रो पहिचान  हुन्छ भने म मा अरुले के देखिरहेको छ सोचौ ।प्रयत्न गरौ कि हामी राम्रो फल फलाउ  ताकी जब दोस्रो व्यक्तिले हामीलाई हेर्छ , हाम्रो बोलीमा, हाम्रो ब्यबहारमा, हाम्रो सोचाइमा, हिडाइमा, अनी हाम्रो हरेको कुरामा सामुन्नेको व्यक्तिले हाम्रो प्रभु यशु ख्रीष्टलाइ हामीमा देख्न सकोस,किनभने भनीन्छ नि यदी तपाई हामी प्रभुको सुसमाचार सुनाउन चाहन्छौ भने स्रीफ मुखले मात्र भनेर होइन तर गरेर देखाउनासकौ।  बाइबल बाट हामी जे सिक्दछौ त्यसअनुसार जिबन जिउ, तितस २ को ६ पदले सबै कुरामा असल कामको नमुना भई तिमीले आफुलाई देखाउ भनेर बताउछ । तब विचार गरौ,जब हामी भन्छौ ख्रीष्ट यशु को अनुसरण गरौ तब के हाम्रो ब्यबहारले त्यो देखाउछ?? यसर्थ हाम्रो आफ्नो बचन द्वारा हाम्रो आफ्नो बानीब्यबहारबाट अनी हामी आफुले जिउने जिबन द्वारा हाम्रो आफ्नो काम गरौ हाम्रो अगाडिको ब्यक्तीलाई परिबर्तन गर्ने काम परमेश्वरले गर्नुहुन्छ।

232 Views

प्रतिक्रियाहरू

परमेश्वरको जनले फलाउनु पर्ने फलहरु!!! Reviewed by on . [caption id="attachment_622" align="alignleft" width="300"] Srijana Gurung[/caption] तेस्तै गरि हरेक असल रुखले असल फल फलाउछ तर खराब रुखले खराब फल फलाउछ/ असल रुख [caption id="attachment_622" align="alignleft" width="300"] Srijana Gurung[/caption] तेस्तै गरि हरेक असल रुखले असल फल फलाउछ तर खराब रुखले खराब फल फलाउछ/ असल रुख Rating: 0
scroll to top