Monday, October 22, 2018

शिक्षकको बिध्यार्थीलाई जाँच्ने तरीका !!

September 16, 2014 2:03 pm by: Category: Articles A+ / A-

 

Aruna Rai

Aruna Rai

आज मलाई मेरो एउटा कथा भन्न लाग्यो जो सत्य कथामा आधारित छ !

कुनै समय एउटा शिक्षकले एउटा आफ्नु बिध्यार्थीहरुलाई उनीहरुको बिचार जान्नको लागी एउटा प्रश्न गरेछ ! शिक्षकले एउटा ठुलो सेतो पेपर लिएछ अनि त्यहाँ त्यो पेपरको तल एक छेउमा एउटा कालो रँगको सानो बिन्दु झै टिका बनाएछ अनि सबै बिध्यार्थीको ध्यान आकर्शित गर्दै शिक्षकले एउटा प्रश्न सोधेछ — लु अब तपाईहरुले आ- आफनु खाताको एक पन्ना निकालेर त्यस पन्नामा मेरो प्रश्नको उतर लेखेर दिनु होस् तर ध्यान रहोस् जवाब दिन अघि कसैसंग बात नगरी या सोधासोध नगरी आफ्नु उतर लेख्ने अनि मलाई त्यो पेपर दिनु होस् !
 
अब मेरो प्रश्न छ –  यो बोर्डमा मैले  एउटा पेपर टाँसेको छु यस बारेमा तपाई के भन्नु हुन्छ ? तर शिक्षकले खाली यो भनेछ बोर्डमा टाँसेको पेपरलाई हेर्नु होस् अनि तपाईको बिचार पोख्नु होस् ! हतार नगर्नु होस् — ध्यान दिएर हेर्नुहोस् ! समय लगाएर बिचार्नु होस् अनि मात्र जवाब दिनु होस् भनेछ तर उँहाले सेतो पेपर र कालो सानो दागको बारेमा चै केहि भनेन ! तब सबैले फटाफट एक मिनटमा जवाब लेखेर दिएछ अनि शिक्षकले त्यो सबै पेपरलाई जम्मा गरेर पालै पालो गरी हेरेछ अनि त्यहाँ सबैको जवाबमा यो थिएछ – ! त्यो बोर्डमा भएको पेपरमा केहि छैन तर पेपरको तल तिर भने एउटा कालो दाग छ !
 
तब शिक्षकले भनेछ – मलाई जुन कुरोको शँका थियो आज त्यहि हुन गएको छ ! तपाई सबैले त्यो बोर्डमा भएको कालो दागमा आफ्नु नजर पुराउनु भयो अनि तुरुन्तै कहि नसोची जवाब पनि दिई हाल्नु भयो ! तर त्यो बोर्डमा टासिएको पन्नाको ठुलो सेतो भागको बारेमा चै कसैले  देख्नु किन भएन ? तर त्यो बिन्दु झै सानो कालो दाग चै झट्टै देखि हाल्नु भयो अनि शिक्षकले भन्नु भयो – हो हामी मानिस जातिको स्वभाव नै यस्तै हुन्छ जसले अरुको राम्रोपन भन्दा नराम्रोपन छिटो देख्ने गर्छ अनि आफ्नु बिचार केहि नसोची तुरुन्तै बताई पनि हाल्छ !
 
मलाई शिक्षकको यो बिध्यार्थीलाई जाँच्ने तरीका अति नै राम्रो लागेको थियो !
साँच्चै नै आजको यो दुनियाँमा त्यो बिध्यार्थीहरु झै सोच अनि बिचार भएको  धेरै मानिसहरु छन् जसले अरुको बारेमा बोल्न पर्दा या बिचार पोख्न पर्दा जस मानिसको बारेमा आफ्नु बिचार पोख्दैछ  उसको बारेमा त्यो बोर्डमा ठाँगिएको पेपरको ठुलो सेतो भाग नदेखेर केवल त्यो बिन्दु झै कालो दाग या त्यो मानिसको सानो गल्ती या कमी चै पहिला  देखी  हाल्ने गर्छ  अनि बिचार पनि केहि नसोची बताई हाल्छ !
 
यहि उदारहणलाई म हाम्रो ख्रीष्टीय जिवनसँग कहिले कहि तुलना गर्ने गर्छु ! किनकि हाम्रो यो ख्रीष्टीय जगत भित्र पनि यस्ता कोही मानिसहरु हुन्छन् जो आत्मिकी यात्रामा एउटा असल ख्रीष्टीय जिवन जिउनलाई आफुले सकेसम्म सही तरीकाले जिउन चहान्छन् जसलाई पुराने अरु कसै आत्मिकी जनहरुको प्रोत्साह अनि हौसलाको खाँचो परेको हुन्छ ! तर त्यी बिध्यार्थीहरुले झै कति ख्रीष्टीयमा भर्खरै पाउलाउँदै गरेकोहरुलाई जोश हौषला अनि हिम्मत दिनु सट्टा भारी शब्दहरुको तीर हानी उसको बडन लागेको पाईलालाई ढगमगाई दिएको हुन्छन् !

यस्तै कारणले गर्दा आज कति  जना मानिसहरुको आत्मिकी जिवन फुल्न नपाई – फल्न नपाई पालुवामा नै सुकेर जाने गर्दछ ! जो अति नै दु:ख दायक कुरा हो ! तर यो सब एउटा परिपक्क ख्रीष्टीयानबाट यस्तो तल्लो दर्जाको सोच हुनु हुंदैन ! आफु भन्दा पछि आउने कसैबाट भुल गल्ती र कमीको खोजी गर्ने होइन तर त्यो नँया मानिसलाई हामीले उसले एउटा असल ख्रीष्टीय  जिउन  चाहेकोमा धन्यबाद – बधाई अनि शुभकामना जस्तो मायालु शब्दले त्यो मानिसलाई हौषला दिन पर्छ ! किनकि यस्ता शब्दहरुले त्यो नँया मानिसलाई आत्मिकी जिवनमा अघि बडने प्रेरणा दिएको हुन्छ !

हामीले कहिले पनि त्यो प्रभुमा नँया नँया मानिसलाई आफुसँग तुलना गनु हुँदैन् किनकि यो त ५ सालको नानीले १५ सालको नानीलाई दौडनमा बराबरी गर्न नसक्दा  त्यो ठुलो केटाले ठटटा उडाएको जस्तो हो ! यस्ताहरुको निम्ती प्रभु भन्नु हुन्छ -मती – ७:३ किन तिमी आफ्नु भाईको आंखामा भएको धुलको कण देख्तछौ तर तिम्रो आफ्नै आँखामा भएको मुडा चाहि थाहा पाउदैनौ ?

यसैले प्रभुको जनहरु हो -हामी पनि त्यो बिध्यार्थीहरु झै कागजको तल भएको सानो कालो दागलाई नहेरौ तर त्यो कागजको ठुलो अनि सेतो भागलाई पनि देख्ने गरौ ! यदि कोहि प्रभुमा नँया छ भने त्यो नँयाहरुलाई प्रेरणा दिई उसलाई प्रेरित गरौ ताकि नँया ख्रीष्टीयानहरुको जिवनमा  पुराने ख्रीष्टीयानहरु उदाहरण बन्न सकेको होस् !
 
धन्यबाद छ त्यो अपरिचित शिक्षकलाई जसले यति महत्वपुर्ण कुरोको बारेमा थाहा गरी हामी सबैलाई एउटा साँचो कुरोको सत्यता जान्ने मौका दिनु भयो !

31 Views

प्रतिक्रियाहरू

शिक्षकको बिध्यार्थीलाई जाँच्ने तरीका !! Reviewed by on .   [caption id="attachment_260" align="alignleft" width="200"] Aruna Rai[/caption] आज मलाई मेरो एउटा कथा भन्न लाग्यो जो सत्य कथामा आधारित छ ! कुनै समय एउटा   [caption id="attachment_260" align="alignleft" width="200"] Aruna Rai[/caption] आज मलाई मेरो एउटा कथा भन्न लाग्यो जो सत्य कथामा आधारित छ ! कुनै समय एउटा Rating: 0
scroll to top