Tuesday, January 23, 2018

कारागारमा सेवकाइ गर्दै आएका पा. विशाल सूव्वासँग हाम्रा प्रतिनिधि पा.रूवेन राईले गर्नुभएको वार्ता :-

June 30, 2014 7:27 am by: Category: Interviews A+ / A-

प्र. १  तपाईले कारागार सेवकाई किन र कसरी सुरु गर्नुभयो ?

  • किन भन्नाले स्वभाविक रुपमा हामी सेवकाइमा होमिएकाहरुलाई वचनले भन्दछ “आफै पनि कैदमा परेझैं झ्याल खानामा हुनेहरुको ख्याल राख्न (हिव्रु १३ः३) र सोसित पिडित दिनदुःखीहरुलाई भेट्नु वास्ता गर्नु प्रेम गर्नु ख्रीष्टलाई प्रेम गर्नु हो । (मत्ती २५) सबैले पश्चाताप गरेर बाँचेको परमेश्वर चाहनुहुन्छ (इजकिएल १८ः३२) यसै आधारमा कारागार सेवकाइ गर्नु पर्ने हो । तर प्रार्थनाचाहिँ निरन्तर थियो । सुरुवात अचानक नख्खु कारागारमा जिवन रायमाझी लगायत केहि भाइहरुले प्रभुलाई ग्रहण गरेर तिव्र आत्मीकि तृष्णा राखेबाट सुरुवात भयो ।

प्र. २. कारागार सेवकाइ बारेमा केही जानकारी दिनुहुन्छ कि ?

  • कारागार जसरी एउटा छुट्टै संसार हो त्यसैगरी कारागार सेवकाइ पनि एउटा विचित्रको सेवकाइ हो । सरकारको नीति अनि सम्बन्धित निकायको निर्णयद्वारा सिधै प्रभावित हुने क्षेत्र पनि हो । अन्य क्षेत्रको तुलनामा सबै जाति, वर्ग, क्षेत्र, तह तप्काका मानिसहरुलाई सत्य चिनाउने अवसर रहेको क्षेत्र हो यो एकातिर भने । अर्कोतिर उत्तिकै खतरनाक र चुनौतीपूर्ण सेवकाइको क्षेत्र पनि हो । तयार हुने गर्ने र परिचालित हुने सवालमा हेर्दा यो विशुद्ध स्वतन्त्र तालिम केन्द्र हो यो ।

प्र.३   हाल कति स्थानमा सेवा पु¥याइ रहनु भएको छ ? कस्तो कस्तो सेवा दिइरहनु भएको छ ?

  • हालसम्म नेपाल गोश्पल चर्चवाट  ई.स. २००६ बाट आराधनाको निम्ति नख्खु कारागारमा प्रवेश अनुमति पाए यता नख्खु, डिल्लीबजार सेन्ट्रल, भद्र गरी चार कारागारहरुमा औपचारिक रुपमा मण्डली स्थापना वा घोषणा गरिएको छ । र पाष्टरीय सेवकाइ गर्दै आएको छु । हरेक शनिबार जस्तो सेन्ट्रल र भद्र जेलमा अनि आइतबार डिल्लीबजार र नख्खुमा गएर वचनको सेवकाइ साथसाथै कारागारभित्र गइ समय समयमा वाइवलक्लासहरु, वप्तीस्मा क्लास, प्रभुभोज जस्ता पवित्र विधिहरु संचालन गर्नुका साथै त्यहाँको आवश्यकता अनुसार सबै सेवा सहयोगहरु अघोषित रुपमा ए टु जेट नै सेवाहरु पाष्टरिय गर्दै आएको छु ।
  • जस्तै उनीहरुलाइ उद्धारको सन्देश साथै सुधार तर्फ अभिप्रेरित गर्ने क्रममा जातिय लिंगिय विभेद अन्धवश्विास कुरिती, कुसंस्कार, विकृती विसंगती मुक्त मनस्थितीमा ल्याउनु प्रतिनिधि प्रतिकार, निरास, तनाव अशान्ति मुक्त तुल्याउनु । प्रेमपूर्वक वास्ता गर्नु सम्पर्कमा नरहेको परिवार सित सम्पर्कमा ल्याउनु, अनमेलहरुलाई मिलापमा ल्याउनु, छुटेर जाने बस्ने उपाय वा स्थान नहुनेहरुको निम्ति विकल्पहरु पहिल्याइदिने, पुर्नस्थापनाको पहल गरिदिनु आत्मिक र बौद्धिक विकासको निम्ति उपयुक्त श्रोत सामग्रीहरु जुटाइ दिनुु आवश्यक परामर्श दिनु परिवारहरुलाई पनि भेटेर उत्साह प्रार्थना गरिदिनु बौद्धिक विकास हुने समयको सदुपयोग हुने कार्यक्रमहरु आयोजना गर्न प्रेरणा दिने सहयोग गनर्,े हरेक ख्रीष्टयान सभा, ख्रीष्टमस कार्यक्रम आयोजना गरी सबैलाई मनोरञ्जन दिने कामहरु निरन्तर रुपमा भइरहेको छ ।

प्र.४   यो सेवकाइका लागि आर्थिक श्रोत कहाँबाट जुटाउनु हुन्छ ?

  • कारागार सेवकाइ सुरु गरेको ६ वर्ष हुन लाग्यो हाल सम्म कारागार सेवकाइको नाम कहि कतै कसैबाट आर्थिक सहयोग भएको छैन । कहिलेकाही ख्रीष्टमस कार्यक्रम गर्न केही व्यक्ति वा मण्डलीहरुले केही भेटी वा सामाग्रीहरु दिएर सहकार्य गर्नु भएको छ । बाँकी आर्थिक श्रोत भनेको आफ्नै मण्डली नेपाल गोस्पल चर्चले गर्छ ।  मलाई मण्डलीको पाष्टर भनेर मासिक ५,५०० र मुठिदान अनि आवासको व्यवस्था मिलाएको छ । नढाँटि भन्नु पर्दा जेल जान आउन कतिपल्ट गाडी भाडा समेत धौ धौ पर्दछ । सोही हाल्नु भएर बताएको मात्र माथिको इनामको लागि प्रभुको काम गर्ने हो सांसारिक सुख सुविधा र सांसारिक नासवान इनाम वा सुख सुविधाको आशामा गर्ने होइन । त्यसैले यसमा कुनै कठिनाइ कहिल्यै महसुस गरेको छैन । इमानदार साथ प्रभुबाट प्राप्त जिम्मेवारी वहन गर्दै रहने छु ।

प्र.५   यसमा के के चुनौतीहरु छन ?

  • कारागार सेवकाइमा अनेकौ चुनौतीहरु छन् । मुख्य चुनौतीहरु भन्नु पर्दा अधिराज्यका ७४ वटै कारागारहरु मध्ये अझै धेरै कारागारहरुमा आराधना संचालन हुन सकिरहेको छैन । सबैठाउँ पुग्ने परिस्थिति सृजना गर्न सके हुन्थ्यो । अर्को कारागार भित्र विश्वास गरेका दाजुभाइहरु तथा दिदीवहिनीहरु अधिराज्य भर फैलिनु हुन्छ । उहाँहरुसित निरन्तर सम्पर्कमा रहन सक्ने केन्द्र विन्दु वा आधार तयार गर्न सके हुन्थ्यो भन्ने लाग्छ । हरेक वन्दीहरुको परिवार तहसनहस, डामाडोल प्रायः भएको पाइन्छ । उनीहरुको परिवारलाई प्रभावकारी परामर्श दिने सहायताको वातावरण तयार गर्न र बालबच्चाहरुको पठन पाठनको निम्ति उचित सहायताको वातावरण तयार गर्नु र अति आवश्यक व्यक्तिहरुलाई निशुल्क कानुनी सहायता पु¥याउने संयन्त्र निर्माण भए हुने थियो र यसको निम्ति व्यापक र शसक्त सहकार्यको आवश्यकताहरु नै आगामी चुनौतीहरु हुन् ।

प्र.६   कारागारमा कस्ता कस्ता व्यक्तिहरुलाई भेट्नु हुन्छ ?

  • कारागार भन्ने वित्तिकै मानिसहरुले अपराधिहरुलाई दोषीहरुलाई भेट्ने भन्ने सोचेको हुनसक्छ तर कारागार भित्र गल्ती गर्दा होइन गल्ती नगर्दा कारागार जीवन विताउनु परेको उदाहरणको रुपमा योसेफ पावल (सिलएन उत्पत्ति ३९, प्रेरित १६) मा दिइएको छ । सबैले भन्ने गरेको नेपालमा दण्ड हिनता मौलाइ रहेको, फितलो न्याय र प्रशासन प्रणालीको कारण वास्तविक अपराधीहरु फरार हुन्छन् भने सर्वसाधारण व्यक्तिहरु सोझासिदाहरु परिवन्दमा परेकाहरु र निर्धक्क अपराध गरेका स्वीकार्नेहरु र गल्ती गरेपनि नगरेको भनी गनगनाउनेहरु साधारण अपराधी देखि कुख्यात अन्तर्राष्ट्रियमा चर्चित व्यक्तिहरु, त मन्त्रीहरु सबै खालका व्यक्तित्वहरु भेटी सुसमाचार सुनाउन पाइन्छ । जो जस्तो पृष्ठभूमि र अपराधसित सम्बन्धित वन्दिहरु कारागारमा हुन्छन् उनीहरुलाई भेट्नु भनेको ख्रीष्टलाई भेट्नु जस्तो लाग्छ मलाई ।

प्र.७      कारागार सेवकाइमा अन्य मण्डलीहरुले कसरी सहकार्य गर्न सक्छन् ?

  • वास्तवमा हामी सबै सेवकहरुले संसारमा ख्रीष्टमा स्थापित मण्डलीहरुलाई एउटै ख्रीष्टको शरीरको रुपमा प्रेम गर्नुपर्छ साथै हामी हरेकले सम्प्रदाय र सिद्धान्त प्रचार गर्ने नभई ख्रीष्ट प्रचार गर्ने अनि सम्प्रदाय र मण्डलीमा आत्माहरु ल्याउने नभई, ख्रीष्टमा आत्माहरु ल्याउने कुरामा अत्यन्त स्पष्ट हुनु जरुरी छ । त्यसपछि कसैले छर्छ, कसैले पानी हाल्ने, पौडने, छाट्ने र वटुल्ने मध्ये कुनैपनि जिम्मेवारी प्रभुको भयमा उहाँको महिमाको निम्ति गर्नुपर्छ भन्ने मान्यतामा रहि सबै क्षेत्र, सबै सेवकाइमा सुमधर सहकार्य विकसित गर्दै जान सकिन्छ । यसो गर्दा सशक्त र प्रभावकारी रुपमा परमेश्वरको महिमा हुन्छ । र सबै सेवकाइमा सफलता मिल्छ ना आशिष्पूर्ण हुन सकिन्छ । यी सेवकाइमा केही उदाहरणीय सहकार्यहरु पनि बेलाबेलामा भइरहेका छन् । म पाष्टरीय सेवकाइ गरिरहेको छु प्रिजन फेलोसिपले लाइव्रेरीहरु स्थापना गरिदिने परामर्श दिने, त्यस्तैगरी आइटीनबाट जयदेउलाले आइटीन कक्षा संचालन गर्ने स्पोर्टश सेवकाइ मार्फत रोमी तुण्डुकार वैनीको सकृयतामा स्पोटर्स सेवकाइ मार्फत रोमी, निमा शेर्पा, दिदी पा. कुमारी लामा, विस्वासीहरुलाई नियमित भेटेर उत्साह दिएर प्रीन्सीपल अरुणा राई र केही नानीहरु पढाइ दिएर साथै रुवेन राइ, गोविन्द र रमेश प्रभुका जनहरुको सकृयतामा १०० बन्दी दाजु भाइहरुलाई एक छाक खानाको व्यवस्थाका साथै महत्वपूर्ण अध्ययन सामग्रीहरु वितरण गरीदिनुहुन्छ । उक्त कार्यहरुलाई सार्वजनिक गर्ने काम तुरहीले गरेको छ । यसैगरी हामी यो सेवकाइमा सहकार्य गर्दै जान सकिन्छ ।

प्र.८   अन्तमा केही ?

  • यो अवसरको लागि तुरहीलाई धेरैधेरै धन्यवाद छ । कारागार सेवकाइबारे धेरै कुराहरु सार्वजनिक गर्ने अवसर दिएकोमा । तरहीमार्फत सम्पूर्ण मण्डलीहरु वीचमा सुमधुर हातेमालो हुन सकोस् । अनि एउटै मनको र एउटै चित्तको भइ प्रभुको महिमाको निम्ति समर्पित हुन सबैलाई प्रेरणा मिलोस् भन्दै तुरहीको उत्तरोत्तर प्रगती र सपलताको शुभकामना व्यक्त गर्दछु ।

तुरही पत्रिक :

88 Views

प्रतिक्रियाहरू

कारागारमा सेवकाइ गर्दै आएका पा. विशाल सूव्वासँग हाम्रा प्रतिनिधि पा.रूवेन राईले गर्नुभएको वार्ता :- Reviewed by on . प्र. १  तपाईले कारागार सेवकाई किन र कसरी सुरु गर्नुभयो ? किन भन्नाले स्वभाविक रुपमा हामी सेवकाइमा होमिएकाहरुलाई वचनले भन्दछ “आफै पनि कैदमा परेझैं झ्याल खानामा ह प्र. १  तपाईले कारागार सेवकाई किन र कसरी सुरु गर्नुभयो ? किन भन्नाले स्वभाविक रुपमा हामी सेवकाइमा होमिएकाहरुलाई वचनले भन्दछ “आफै पनि कैदमा परेझैं झ्याल खानामा ह Rating: 0
scroll to top