Friday, December 15, 2017

विश्वासीहरुमा एकता छैन कि, अगुवाहरूमा ?

October 6, 2014 5:20 pm by: Category: Articles A+ / A-
गएको केहि हप्ता अगाडी पारस्पारिक यूवा समूहले आयोजना गरिएको एकदिने सेमिनारमा मैले भाग लिने मौका पाएको थिए। यस सेमिनारमा झन्डै २० देखि बढी मण्डलीहरुबाट आउनुभएका १७० भन्दा बढी संख्यामा जवानहरुको उपस्थिति देख्न सकिन्थ्यो। त्यस दिन त्यहाँ भएको जवानहरुको एकता, एक रुपले, आजको वर्तमान समयमा एकता र प्रेममा सहभागी हुन नचाहने केहि ठुला मण्डली र इसाई अगुवाहरुलाई चुनौतi दिई रहेको कुरा मैले देख्न सके।आजकल धेरै ठाउमा मण्डलीहरुमा एकता नभएको कुरा हामि सुन्न पाउछौ। मण्डलीहरु एकतामा आउन नसक्नुको कारण देखाउदै, हामीले विभिन्न मण्डली सम्प्रदायहरुलाई मुछेर आलोचना गरिरहेका पनि सुनेका छौ, तर यस सेमिनारमा भेला भएका जवान-जवानिहरुबीच साम्प्रदायिक नियमले असर गरेको कुनै रोगि बिरामीलाई मैले देख्न पाइन।

मैले आज यो बिषयलाई उठाएर “मण्डली एकतामा छैन कि, हाम्रो अगुवाहरु एकतामा छैन, भन्ने कुरालाई अलिकति नजिक भएर हेर्न मात्र खोज्दै छु।

हाम्रो नेपालि इसाई जगतका हाम्रा केहि पाष्टर, अगुवाहरुले जहिले पनि आज मण्डली एकतामा छैन एकतामा आउनु पर्छ, मिलेर ख्रीष्टको साइनोमा हामि एक भएर बढ्नु पर्छ भनेर भनि रहदा, मेरो मनमा एउटै जिज्ञासा अल्झी रहेको हुन्छ l साच्चै मण्डली एकतामा नभएको होकी, अगाडिबाट बोलिरहने मेरो गुरुजनहरु एकतामा हुनुहुन्न?

एउटा सादरण युवा समूहले राखेको सानो सेमिनारमा २० भन्दा बढी मण्डलीका बिश्वसिहरु भेला हुन सक्छन भने, किन ५ भन्दा बढी पाष्टरहरु द्वारा संचालित कुनै छलफल कार्यक्रममा अर्को ५ जना पाष्टरको उपस्थिति हुन सक्दैन “गार्हो हुन्छ” ? यहाँ मण्डलीको एकता नभएको हो र ? कि अगुवाको एकता नभएर हो ?

बाइबलले गोठालाहरुको बारेमा आलोचना गर्ने अनुमति हामीलाई दिएको छैन, तर मैले बुझेको यहिँ हो कि, बाइबलले अगुवाहरुलाई पनि बिश्वसिहरुको हृदयमा फुट जन्माउने र उनीहरुलाई हेरेर बिभेद्ता सिक्ने प्रभावित खालको जीवन जिउने अनुमति दिएका छैन।

पहिलाको दशकमा इसाईहरुको बारेमा आलोचना गर्ने र हाम्रो ख्रीष्ट प्रतिको बिश्वासको जीवनलाई खेदो गर्ने मानिसहरु संसारको तर्फ भएर जिउनेहरू मात्र हुदथ्यो भने, आज दु:खको कुरा यो छ कि बाहिरका मानिसहरुबाट भन्दा मण्डली भित्रबाट’नै इसाईहरुको आलोचना भइरहेको छ। यो कुरा मण्डलीको सादरण बिश्वसिमा भन्दा, अलिक बढी बाइबल पढ्ने र बुझेका व्यक्तिहरुमा नै बढी लागू भएको देख्न सकिन्छ ।

मत्ती १२:३० “जसले म सँग बटुल्दैन त्यसले छरपष्ट पार्छ” आजको हाम्रो मण्डलीले बिश्वसिहरु बटुल्ने काम त गरेका छन्, धेरै संख्याले हाम्रो भवनहरु भरेका पनि छन्, तर के हाम्रो मण्डलीले ख्रीष्ट सँगै भएर आत्माहरु बटुली रहेको छन् त ? l के हाम्रो बिश्वसिहरुले छरपष्ट हुन नहुने प्रेमको नमूनाको रुपमा हाम्रो पाष्टर, अगुवालाई देख्न पाएका छन्? कि, हामि बाहिरी तवरले देखिदा मात्र धेरै र, प्रेममा रहेको जस्तो देखिन्छौ, ? र अदेखा सत्यमा चाहिं ख्रीष्टले बटुल्नु भएका आत्माहरुलाई पनि छरपष्ट पार्ने काम तपाइँ र हामिबाट भइरहेको छ?।

संसारको पतन हुने दिन नजिकिदै आएकाले पनि आज ख्रीष्टका जिउदो मण्डलीहरुमा, शैतानले आफ्नो शक्तिको प्रदर्शन गरिरहेका छन्। शैतानले, ख्रीष्टका जनहरुलाई आफ्नो नियन्त्रमा ल्याउन र मण्डलीलाई कमजोर तुल्याउन, सबै खाले भौतिक लालचको कुरालाई मण्डलीको बिचमा ल्याएर राखेका छन्। यहिँ लालचले गर्दा नै, अहम, इर्ष्य, लोभ, होडबाजी जस्ता कुरा हाम्रो मण्डली भित्रको गम्भीर समस्या भएका हुन् ।

मासेर जाने शरीरको पक्ष्यमा धेरैजना हाम्रो अगुवाहरुलाई र मण्डलीका बिश्वसिहरुलाई शैतानले आफ्नो पन्जामा लिइरहेका छन्। यसैले गर्दा आजको धेरै जना सेवकहरुले भौतिक उन्नतिका कुरालाई बढी चासोको बिषय बनाएर ख्रीष्टको वचनबाट टाढीरहेको अबस्था पनि छ।

तपाईलाई लाग्न सक्छ, मण्डलीमा पनि भेदभाव छ, हाम्रो मण्डलीको अगुवामा केहि अबाइबलीय असर बढी छ,। तपाईलाई ठिकै लागेको हुन सक्छ, किनकि आज धेरै अगुवाहरुले बिश्वसिहरुलाई एकताको सुत्रमा बाधिन मदत गर्न चाहदैनन्। भरसक आजको धेरै सेवकहरुले त आफ्नो मण्डलीमा हुर्केका बिश्वसिहरुलाई अर्को मण्डलीमा जना नहुने सुझाब दिन रुचाउछन। अरुको सेवामा गएर आराधनामा बस्नुहुन्न भन्ने खालका उपदेश दिन चर्को आवाजले कराउछन। उपत्यका भित्रका केहि ठुला भनेर चिनिने मण्डलीहरु बीच नै कति सार्हो झुटो एकता र सत्य झुट छ भन्ने कुरा, त्यस मण्डलीका केहि, अगुवाहरुको पाइलाहरुले हामीलाई देखाई रहेको छ । त्यसैले होला, मानिसकै नियमलाई लादेर मण्डलीलाई छरपष्ट पार्दै आएका त्यहि अगुवाको प्रवचनमा फेरी हामी सुन्न सक्छौ … मण्डलीहरुमा किन एकता छैन ? म त भन्छु अगुवा ज्यु एकता मण्डलीमा होइन तपाईहरुमा छैन ।

म देखिरहेछु हाम्रो इसाई जवानहरु एकतामा आउन चाहन्छन, छरपष्ट भएकाहरु जोडिन चाहन्छन। एकै मनका भएर ख्रीष्टको राज्यको पाल तन्काउँन मुक्तिको बाटोमा हिड्न चाहन्छन । तर हाम्रा अगुवाहरु जोडिएको सस्थांले हामीमा बिभाजन ल्याउन खोजिरहेको छ, हाम्रो अगुवाहरुले सिकाएको सम्प्रदायिक परमपरा शिक्षाले हामीलाई जोड्न दिई रहेको छैन । अनि यो असध्यै दुखको कुरा हो, ख्रीष्टमा चुनिएका हाम्रा असल सेवकहरुबाट बिभाजन सुरु भइरहेको छ भने, उनीहरुकै शिक्षाले फुट हुन्छ भने, ख्रीष्ट येशूले त हामीलाई समाजमा अन्याजतिहरु बिचमा पनि मिलेर रहन आफ्नो छिमेकीलाई प्रेम गर भनि सिकाउनु भयो,। तर हामि आफैबाट हामि भित्र नै फुट, सुरु भइरहेको छ भने, तपाइँ र मैले खोजेको एकता ख्रीष्टमा नभएर, शैतान र त्यसको संसार पट्टिको सम्झौता भएन र ? तब हामि आफै यसरि मुर्छ परिरहदा,… छिमेकीलाई प्रेम गर्ने कुरा कस्तो रहला ?

आदरणीय अगुवा-पाष्टर, विश्वासीजन, ज्यूहरुमा मेरो एउटा अनुरोध यहिँ छ, तपाइले पुल्पीटबाट मण्डलीहरुमा एकता छैन, यो कारणले त्यो करणले भनि रहदा कृपया तपाईको मण्डली नजिक रहेको अर्को मण्डलीको पाष्टर सँग, विश्वासी भाइ वा बहिनि संग, त पाईको आफ्नो व्यक्तिगत सम्बन्ध चाहिं कस्तो छ, त्यो पनि सोची दिनुहोला। किनकि तपाईले मण्डलीमा एकता छैन भनेर बिश्वसिहरुको प्रेमलाई एकअर्काबाट टाढा भएको अनुभव गराई दिदा, तपाइँबाट ख्रीष्टको मिलापको आशा गरिरहेका बिश्वसिहरु कतै छरपष्ट भइरहेका त छैनन् ? एकचोटी सोच्नुस् त, एकता कसमा छैन, अगुवाहरूमा कि, बिश्वसिहरुमा ?


१ यूहन्ना २:१७
संन्सार बितिजान्छ र त्यसका अभिलाषा पनिबितिजान्छ,
तर परमेश्वरको इच्छा पुरा गर्नेचाहिं सधैको निम्ति रहन्छ ।
श्रवन बोम्जन

550 Views

प्रतिक्रियाहरू

विश्वासीहरुमा एकता छैन कि, अगुवाहरूमा ? Reviewed by on . गएको केहि हप्ता अगाडी पारस्पारिक यूवा समूहले आयोजना गरिएको एकदिने सेमिनारमा मैले भाग लिने मौका पाएको थिए। यस सेमिनारमा झन्डै २० देखि बढी मण्डलीहरुबाट आउनुभएका १ गएको केहि हप्ता अगाडी पारस्पारिक यूवा समूहले आयोजना गरिएको एकदिने सेमिनारमा मैले भाग लिने मौका पाएको थिए। यस सेमिनारमा झन्डै २० देखि बढी मण्डलीहरुबाट आउनुभएका १ Rating: 0
scroll to top