Tuesday, October 24, 2017

अफ्रिकामा अपहरणकारीको पञ्जाबाट स्टेला गजमेर यसरी बाँचिन

January 27, 2015 4:41 pm by: Category: Testimonials A+ / A-
स्टेला गजमेर

स्टेला गजमेर

स्टेला गजमेर, दुई छोराको साथमा काठमाडौँमा बस्दै आउनु भएको छ भने हाल उहाँको श्रीमान राजेश गजमेर साउदी अरबमा बैदेशिक रोजगारको सिलसिलामा हुनुहुन्छ ।

मेरो नाम कविता सुनुवार, कवि मेरी आमाले अति प्यार गरेर बोलाउने नाम । वास्तवमा म कवि होइन तर एक दुःखी  भने अवश्य हुँ । यस संसारमा पैदा हुँदा देखि नै संसारिक दुःखी तर आत्मामा अति धनी । मेरी आमाले १४ वर्षको उमेरमा विवाह गर्नु भयो र २२:२३ वर्षको उमेरमा मलाई जन्माउनु भयो रामेछाप जिल्लामा । दुःखको कुरा, म जन्मेको २,३ वर्ष नहुँदै मेरो बाबाले मलाई आमाको साथमा सुम्पिएर परलोक हुनुभयो । त्यति बेला मेरी आमा मस्त जवानी अवस्थामा हुनुहुन्छ जुन समय मेरो बाबाले बिदा गर्नु भयो र मेरी आमा बिधुवा हुनु पर्यो । वस ! यहि समय देखि नै म र मेरी आमाको दुःखको क्षण सुरुवात भयो । मैले आफ्नो बाबाको न्यानो काखमा खेल्ने रमाउने मौका गुमाएकी थिएँ । उता आमाको पनि संघर्षपूर्ण जीवन यात्रा चलिरहेको थियो ।  मेरी आमाले यति बिघ्न कष्ट सहिन् कि, उहाँले मेरो निम्ति दुःख गर्थिन्, खुवाउने, पियाउने र लुगाईदिने गर्थिन् ।

साँचै नै अधुरो मायामा हुर्केकी म एक दुःखी छोरी हुँ तर आमाको निश्वार्थ प्रेममा बाँचेकी  । मेरी आमाले मेरो निम्ति दुःख र कष्टहरु झेल्नु भएको छ । धेरै भोक र प्यास खेप्नु परेको छ । धेरै आँशु बगाउनु भएको छ । मलाई लाग्छ, संसारमा एक मात्र मानिस हुन्छ जसले अर्का मानिसलाई निस्वार्थ प्रेम गर्छ, त्यो हो आमा । मेरी आमाले मलाई आज सम्म पनि निस्वार्थ प्रेम  गर्नु हुन्छ र आज सम्म पनि त्यो प्रेमको साटो मैले मेरो जीवनमा केहि उपहार फर्काउन सकेकी छैन । तर मेरी आमालाई म मेरो पुरा हृदय देखि नै म अति आदर र प्रेम गर्दछु ।

वास्तवमा, बाल्याकाल देखि जसरी बाबाको न्यानो काखबाट बिछोडीएकी छोरी भएँ त्यस पछी मेरी आमा मेरो निम्ति चिन्ता र फिक्रिका साथ बस्नु हुन्थ्यो । त्यसै क्रममा मेरो निम्ति असल शिक्षा र असल हेरचाहको खोजीमा थिइन् मेरी आमा । यहि क्रममा मेरी आमाको नातेदार केहि धनी रहेछ, जो शहरमा बस्दै रहेछ । तिनको हातमा मेरी छोरी सुम्पिदिए मेरी छोरीको भविष्य सुन्दर हुन्छ भन्ने मनशायले आमाले मलाई तिनीहरुको हातमा सुम्पिदिनु भयो । त्यतिखेर म १० वर्ष जतिको थियो । विस्तारै किशोरावस्थामा प्रवेश गर्न लागेकी केटी ।  यहि समय बाट मैले धेरै चोट, दुःख, पिडाको अनुभूति गर्नु पर्यो  ।  शिक्षा दिने प्रलोभनमा मबाट श्रमको फाइदा उनीहरुले उठाए । गल्तिको ठाउँमा सम्झाउने, प्रेम पुर्वक सिकाउने गर्नु पर्नेमा मलाई क्रुरताका साथ भौतिक यातना दिने र मानसिक तनाव दिने गर्दथे । वस, त्यस समय म एक पिडित बालिका थिए“ । जो अरुको इच्छामा चल्नु पर्दथ्यो । मेरो इच्छा त्यहाँ केहि पनि थिएन, अरुको इशारामा मैले खानु पर्थ्यो, बाँच्नु पर्थ्यो  । डर नै डरको कम्पपूर्ण जीवन थियो मेरो । पूर्ण दासत्वको जीवन थियो मेरो । मेरी आमा गाउँमा एक नयाँ बाबाको साथमा पारिवारिक जीवन जिउंदै हुनुहुन्थ्यो । उहाँलाई पत्तै थिएन कि शहरमा छोडेकी छोरी कुन हालतमा छ भनेर । यसरि नै बितिरहेको थियो मेरो जीवन यात्रा । जव म केहि ठुली हुँदै गएँ, त्यस समय नागरिकता बनाउने टोलि गाउँ गाउँमा आउने क्रम चलिरहेको थियो । मेरो पनि नागरिकता बनाउने सिलसिलामा आमा र बाबा मलाई लिन  शहर आउनु भयो । त्यतिखेर पिंजडाबाट बाहिर फुत्किएको पन्छी झैं आभास भएँ मलाई । वस, जीवन एक बाटो हो जहाँ उकालो अनि ओरालो, भिरालो सबै थोक हुन्छ । यात्रा गर्न निस्के पछी बाटो जस्तै किन नहोस त्यो यात्रा त हामीले गर्नु नै पर्छ । जव सम्म गन्तब्य स्थान सम्म पुग्न सकिदैन  तव सम्म ।

यस्तै जीवनको उतारचढावको क्रममा मैले सृष्टिकर्ता तथा सिर्जनाहार मेरो असल पितालाई मैले पाएँ । उहाँले मलाई खोजि गर्नु भयो र मैले पाएँ । करिव १८ वर्षको उमेरमा मैले उहाँको स्वरलाई थाहा गरें । जव देखि उहाँलाई मैले पछ्याउने मौका पाएँ तव देखि मेरो जीवनमा क्रमिक सुधारहरु आउन थाले । आनन्द र खुशीको अनुभव गर्न पाएँ । मेरो खुशी सबै उहाँमा छ । जव म मेरो परमेश्वरलाई सम्झन्छु उहाँको आराधना गर्छु तब सबै दुःखहरुमा पनि म खुशी पाउँछु । किन किन तिनै कष्ट अनि दुःखमा मैले उहाँलाई भेटाए“ । जो मेरो साहारा अनि भरोसा हो । तसर्थ पुरानो सबै बितेर गए अब नयाँ सुरु भएको छ । अब म नयाँ कविताबाट स्टेला भएको छ । यसरि नै दिन चलिरहेको थियो, मैले २५ वर्षको उमेरमा परमेश्वरले मलाई तयार पारि राख्नु भएको व्यक्ति संग बैबाहिक सम्बन्ध स्थापित गर्न पुगें । मेरो श्रीमान् राज, उहाँ संगै जीवन यात्रा चलिरहेको छ, बस अहिले सम्म पनि ।

जीवन यात्राकै क्रममा कति यस्ता घटना हुन्छन् अर्थात् क्षणहरु हुन्छन् जो भुल्न चाहे पनी भुल्न सक्दैन रहेछ । त्यो गहिरो छाप् बनेर हाम्रो मानसपटलमा रही रहन्छ । जो तितो नै किन नहोस । त्यस्तै मेरो जीवनमा पनि एक तितो प्रकारको स्मरण गर्दा एक कल्पना जस्तो लाग्ने तर वास्तविक र सत्य अनि अदृश्य र शक्तिशाली परमेश्वरको अचम्मको उद्दारको काम ममा भएको छ । जुन क्षणको कारण म आफैं परमेश्वरमा पुरा विश्वासी र उहाँको प्रेमको बलिदानलाई अझ बुझ्ने र नजिक हुने मौका पाएकी छु र परमेश्वरलाई अझै नजिक्तामा पाएकी छु ।

सन् २००८ नोभेम्बर महिनामा म केन्याको नैरोबी भन्ने शहरमा कामको सिलसिलामा पुगें । यो देश अफ्रिका महादेश भित्रको एक कालो जातिहरुको बसोबास भएको देश हो । यहाँ बिशेष गरि चिनिया“ र भारतीय मुलका मानिसहरुको बाक्लो बसोबास रहेको छ । यो देशको राजनीतिक क्षेत्र बाहेक अरु सबै क्षेत्रमा ति देशका मानिसहरुको बाक्लो पकड रहेको छ ।  त्यहाँका वास्तविक नागरिक भने अरुको अधिनमा  काम गर्दै आइरहेका छन ।  यस्तै म पनि एक कामदारको रुपमा यो देशमा आइपुगें र केहि दिन पछी मेरो श्रीमान् पनि काम नभएको कारण घरमै बस्नु परेको कारण मैले त्यहाँ बोलाउने कार्य गरें संगै काम गर्नको लागि । त्यस पछी सन् २००९ को अप्रिल १ मा नैरोबी आउनुभयो मेरो श्रीमान् ।  जीवनको ठुलो आशा र भोलिको मिठो सपना बोकी मैले मेरो श्रीमान्लाई त्यहाँ बोलाएकी थिएँ ।  केहि समय सम्म हामी संगै काम गर्यौ ” । साँच्चै धेरै धेरै कल्पना अनि परिकल्पना गर्यौ” मिठा मिठा योजनाहरु हामीले बुन्यौं हामी दुवै जनाले मेहनतका साथ काम गर्दै थियौं । हाम्रा सपना साकार हुने आशामा दुवै रमाउंदै थियौं तर एक दिनको कुरा हो, हाम्रो जीवनमा अति तितो प्रकारले अनि अचानक हुरी आयो । जसले हामी दुवैको त्यो सुन्दर सपना सबै उडाएर लग्यो । अचानक हामी माथि पहाड खस्यो । हामी अलि अलि हाँस्न थालेका थियौं तर त्यो अवस्थाले हाम्रो मुख नै बन्द गराई दियो । समयको परिवर्तन संगै हाम्रो जीवनमा पनि धेरै परिवर्तन आउँदो रहेछ ।  हरेक परिवर्तनको सामना मानिसले गर्ने पर्दो रहेछ ।  हामीले पनि त्यो परिवर्तनको सामना गर्नु प¥यो  । मालिकले मेरो श्रीमान्लाई काम बाट अवकाश ग¥यो, उहाँलाई फेरी नेपाल फर्कनु पर्ने अवस्था आइप¥यो ।  हामी संग पैसा नभएको कारण मैले मेरो भाईहरुलाई गुहार्न पुगें, जसोतसो मैले ३० हजार पैसा बाटो खर्च  जुटाएर श्रीमान्लाई नेपाल फर्किनको लागि सहायता गरें । अब यहि पैसाको कारण मेरो जीवनमा ठुलो बज्रपात भयो ।  मैले पैसा जम्मा गरेकै दिन म अज्ञात समुहको अपहरणमा परें । यो कुरा सन् २००९, नोभेम्बर ९ को दिन थियो । म संग वार्क परमिट अर्थात कामदारी भिसा नभएको कारण बैंकमा पैसा निकाल्न हामी दुवै जनाको लागि खतरा थियो । र हाम्रो भिजिड भिसाको पनि समय सकिसकेको थियो । तसर्थ हामीले पैसा निकाल्नलाई आफ्नो मालिक संग अनुरोध ग¥यौ““ तर उहाँको व्यस्त समय भएको कारण हाम्रो निम्ति समय उपलब्ध गराउन सक्नु भएन । तसर्थ स्थानीय एक व्यक्तिलाई भनेर उसैको नाममा पैसा निकाल्ने सल्लाह गरि उक्त व्यक्ति संग म पनि बैंकमा गएँ । पैसा निकालीसके पछी हामी बस स्टेशन सम्म पुग्नलाई पैदल यात्रा गर्दै थियौं । अचानक एक कार हाम्रो  नजिक आयो र अफ्रिकन् भाषामा त्यो मेरो साथि संग कुरा गर्न थाल्यो र केहि समय पछी उसलाई कारभित्र हत्कडी  लगाएर राख्यो । मलाई पनि कारभित्र राखी पुलिस अफिसरको कार्ड देखाई दुवै जनालाई कारभित्र राख्यो । म संग कुनै कागज पत्र अर्थात् वर्क परमिट केहि पनि थिएन । आफु संग केहि पनि नभएको कारण लाचार भई कार भित्र बस्यौं । अब कार अर्कै स्थान तिर मोडीन थाल्यो । जति कारको गति तिब्र हुँदै गइरहेको थियो त्यतिनै बढी प्रश्न सोधिरहेको थियो मलाई । जस्तै वर्क परमिट भिसा देखाउ, पासपोर्ट देखाउ, कुन देश बाट आएको, तेरो श्रीमान् कहाँ छ ? … यस्तै यस्तै प्रश्नको साथमा कार गुडीरहेको थियो । यस्तै आधा घन्टाको दुरीमा म संग गएको दाइको पैसा र मोबाइल लुटी आधी बाटो मै कारबाट बाहिर निकाली दियो । अब उसको हातमा लगाएको हतकडी मेरो हातमा राख्न थाल्यो । मलाई  पूर्ण रुपमा कैदी बनायो । त्यति बेला सम्म मैले सोचिरहेकी थिएँ कि अब यिनीहरुले मलाई जेलमा नै लाने भयो भनेर । तर मेरो सोचाई अलि फरक भयो । उनीहरुले कारलाई पुलिस स्टेशनमा होइन अन्यत्र मोडाईयो । म एक्लै थिएँ त्यहाँ मेरो छेउमा दायाँ बायाँ उनीहरु थियो । ठुलो ठुलो स्वरले मलाई प्रश्न सोध्न थाले । त्यसको केहि समय देखि मलाई उनीहरुले भौतिक यातना दिन थाले । मेरो टाउकोमा अनि कम्मरमा र अनुहारमा कुट्नु सम्म कुट्न थाले । कुट्दै गए पछी मेरो अनुहारमा उनीहरुले लगाएको ज्याकेट फुकालेर छोप्न थाले । त्यस पछी मेरो टाउकोलाई कारको सिट मुनि पारेर, केहि शब्द ननिकाल भनेर पिट्न थाले । त्यो समय मलाई स्वास फेर्न पनि धेरै कठिनाई हुँदै आयो । हत्कडीका कारण मेरो हात पनि धेरै दुखिरहेको थियो । मलाई लाग्यो अब मर्ने समय नजिक आउ“दै छ भनेर । यही दर्दनाक समयमा मैले परमेश्वरलाई धन्यवाद दिएँ अनि ति मानिसहरुलाई भनेंकि परमेश्वरले तपाईहरुलाई हेर्नु हुन्छ । यहि क्रममा एकजनाले भन्यो कि तेरो लुगा सबै उतार म तँ संग सुत्छु अनि मैले भनें, म त्यसो गर्दिन किन भने म ख्रीष्टियान हुँ । त्यसले भन्यो तँ हिन्दु होस्, फेरी मैले भने, होइन म त ब्याप्टिस्ट ख्रीष्टियान हुँ । तब अर्कोले भन्न थाले, तँ अब हामी संग ३ दिन बस्नु पर्छ । अब मलाई पूर्ण थाहा भयो कि यिनीहरु पुलिस होइन रहेछ भनेर । यिनीहरु नराम्रो क्षेत्रका मानिसहरु रहेछ भनेर । मैले भनें, म संग भएको सबै पैसा लिनुहोस्, मलाई छोड्नुहोस्, मलाई जान दिनुहोस । तर पनि यिनीहरु सुन्न तयार थिएनन्  र कार धेरै टाडा पुगिसकेको थियो । शहरबाट धेरै टाडा पुगी सकेको थियो कार । मलाई धेरै डर लागिसकेको थियो । त्यो कारबाट उम्कने कुनै उपाय नै थिएन । सोचें अब मार्ने नै भयो यिनीहरुले । अब मेरो जीवन छैन, हृदयबाट नै शुन्यतामा पुगिसकेको थियो ।  तर अचानक म भित्र एउटा प्रश्न उब्जियो, मैले बिश्वास गरेको मेरो परमेश्वर नै मेरो लागि प्रश्न भयो ।  मैले अन्तिम पल्ट अन्तिम क्षणमा प्रभु येशूलाई भने, यदि तपाई साँचो परमेश्वर हो भने यदि तपाई जिउँदो हुनुहुन्छ भने यदि तपाई हुनुहुन्छ भने मलाई यहि घडी यी दुष्ट मानिसहरुको पन्जाबाट छुटाउनुहोस् । मलाई बचाउनुहोस् भनि चुनौतीका साथ पुकारा गरें । जसै मैले यसरी प्रार्थना गरें, मनमा एकप्रकारको शान्ति आयो, डर हरायो । मेरो मनमा शान्ति छायो । एक प्रकारले मलाई केहि भएको छैन जस्तो लाग्यो । त्यसको १५ मिनेट पछी ति व्यक्तिहरुले मेरो हातको हतकडी फुकाली दियो । कार रोकियो र मलाई अनुहार छोपिएको अवस्थामा कारबाट बाहिर धकेली दियो । ज्याकेट अनुहारबाट हटाई ब्याक हातमा दिई रोडबाट भिर तर्फ घचेटि दियो । म हुर्रिदैं लड्दै निकै तल पुग्दै थिएँ तर अचानक मैले सानो रुखलाई समात्न पुगेछु र म रुँदै ब्याग लिएर माथि रोडमा आएँ । यता उता हेर्दा जंगल मात्रै देखें । मेरो ब्याग रित्तो थियो । सबै पैसा ति मानिसहरुले लागेका  थिए  । तर मेरो ब्यागमा एक बिशेष चिज थियो त्यो चाहिं उनीहरुले लागेको रहेन छ । त्यो हो रेभ. डी.आर थुलुङ्गको जीवनी र सेवाकाई नामक पुस्तक । यहि पुस्तक मात्र मेरो ब्याग भित्र थियो । यहि पुस्तक मार्फत प्रभू तिनीहरु कहाँ देखा पर्नु भयो किन भने यो पुस्तकको अगाडी भागमा रेभ.डी. आर थुलुङ्ग र छोरा पास्टर ज्योति थुलुङ्गको पूर्ण पास्टरीय वस्त्र क्रूस सहितको महिमित पोसाक पहिरिएको तस्विर थियो, मलाई लाग्छ जव ब्याग खोलि पैसा निकाल्न थाले तब यो किताब पनि उनीहरुको आँखाबाट ओझेल भएन  । तसर्थ उनीहरुलाई थाहा भयो कि, यिनी त ख्रीष्टियान केटि रहिछिन भनेर । तव पैसा मात्रै लिइ मलाई छोडी दियो ।

म जान्दछु, मलाई छुट्कारा दिने एउटा शक्ति छ त्यो हो क्रूस ।  भजन संग्रह ३४ : ४,६ मा भनेझैं मलाई छुटाउनु हुने मलाई दुष्ट मानिसहरुबाट बचाउनु हुने चाहिँ मेरो परमेश्वर नै हुनुहुन्छ ।  भजन संग्रह १२१:७  मा लेखिएको छ कि सबै खराबीबाट मेरो प्राणलाई बचाउने जिउँदो प्रभू, मैले बिश्वास गरेको प्रभु येशु नै हुनुहुन्छ । हाम्रो जीवनको यो शुन्य अवस्थामा पनि प्रभु हाम्रो लागि सहायक हुनुहुन्छ । सबै बाटो, अवस्थाहरु बन्द भए पनि परम प्रभु नै हाम्रो अन्तिम गोहार हुनुहुन्छ । त्यसैले जस्तोसुकै परिस्थितिमा पनि हामीलाई बचाउन, उद्दार गर्न, प्रभु सामर्थी र शक्तिशाली हुनुहुन्छ ।  केवल हाम्रो आशा, हाम्रो आँखा उहाँ तिर उठाउन हामीले भुल्नु हुन्न । यस घटना पछी म अझ प्रभुमा भरोसा  राख्ने र झन् उहाँको नजिक भएकी छु । मेरो जीवनको हरेक पलबाट म मेरो प्रभुलाई महिमा दिन चाहन्छु ।  किन कि उहाँको अचम्मको शक्तिबाट म अपहरणमा परेको अवस्थाबाट छुटकारा दिनुभयो ।  अपहरणको पन्जाबाट छुटकारा पाउनु मेरो लागि साधारण कुरा होइन यो परमेश्वरको काम हो । यो मेरो लागि अविस्मरणीय क्षण परमेश्वरको शक्ति हो मेरो लागि । सबै संकटमा परेको मानिसहरुको लागि परमप्रभु यसरी नै उद्दारक भइरहनु भएको होस, जहाँ संकट छ त्यहाँ तपाई हुनुहोस् सबै संग ।

259 Views

मलाई मनपर्यो l (36)मलाई मन परेन l (0)

प्रतिक्रियाहरू

अफ्रिकामा अपहरणकारीको पञ्जाबाट स्टेला गजमेर यसरी बाँचिन Reviewed by on . [caption id="attachment_992" align="alignright" width="300"] स्टेला गजमेर[/caption] स्टेला गजमेर, दुई छोराको साथमा काठमाडौँमा बस्दै आउनु भएको छ भने हाल उहाँको श [caption id="attachment_992" align="alignright" width="300"] स्टेला गजमेर[/caption] स्टेला गजमेर, दुई छोराको साथमा काठमाडौँमा बस्दै आउनु भएको छ भने हाल उहाँको श Rating: 0
scroll to top