Tuesday, October 24, 2017

About Us

देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली इसाईहरुको संजाल मंच यस नेपाली ख्रीष्टियान साइट २००९ मा स्थापना गरिए पनि २०१० बाट मात्र यसलाई राम्रो सँग संचालनमा ल्याईएको हो | यस नेपाली ख्रीष्टियन साईट विशेष गरि ति मानिसहरुको निम्ति उपयोगी हुनेछ जसले परमेश्वरको अनुग्रहलाई जान्दछन र बुझ्दछन् | प्रभुलाई नचिन्ने व्यक्तीहरुको निम्ति पनि यो साईट एउटा महत्वपुर्ण माध्यम साबित हुने सक्नेछ । धर्म शास्त्र बाइबल अनुसार ख्रिष्ट येशुको साचो अनुयायिहरु धार्मिकता अर्थात् व्यवस्थाको सहायताद्वारा होइन तर परमेश्वरको अधिनमा रहेर जिउँदछ र जो परमेश्वरको अधिनमा रहन्छ त्यो व्यक्ति आफुले पाएको मुक्ति आफैमा मात्र सिमित राखेर खुशी हुन सक्दैन |

यसैले हाम्रो प्रमुख भूमिका भनेको नै सम्पूर्ण नेपाली इसाईहरुलाई एकतामा ल्याएर अहिलेको मिडिया प्रतिस्पर्धा बिचमा पनि ख्रिष्ट प्रतिको स्मर्पणतालाई मजबुत बनाउदै र प्रभुको कार्यमा लागि पर्नु हो । साथै प्रभुलाई जान्न चाहने र परमेश्वरको बारेमा खोजि गर्ने व्यक्तिहरुलाई सहि शिक्षा दिदै आत्मामा बलियो बन्न साहयता पुर्‍याउनु र विश्वासमा नयाँ आत्माहरुलाई (झुटो शिक्षाको परिजालहरू बाट पन्छ्याउदै)परिपक्कतातिर बढ्न साहयता पुर्याउनु हो | हामी विश्वास गर्छौ निश्चयनै यस नेपाली ख्रीष्टियान साईटले प्रभुको उद्देश्यमा एक कदम बढाउने काम गर्न सफल हुनेछ । यति मात्र नभएर बिभिन्न देशमा छरिएर बसेको नेपाली इसाई परिवेशलाई एकताको आभास गराउन पनि मद्धत पुर्‍याउने छ र यहि हाम्रो उद्देश्य पनि रहिरहने छ | यसै गरि प्रवासको ठाँउमा रहदा कति जना मन्डली जान नपाउनेहरुको लागि यस नेपाली ख्रीष्टियान साइट धेरै उपयोगी हुनेछ । जस्तै बचन पठन पाठानको निम्ति र नबुझेको कुराहरु एक अर्कामा राख्दै, बढ्दै शरिरमा अनुपस्थित तर आत्मामा प्रभुमा उपस्थित हुँदै सेवा संगति पनि यहाँ गर्न सकिनेछ जुन हाम्रो मुख्य लक्ष्य हो ।

यस साईटमा सदस्यहरुले आफ्नो व्यक्तिगत सार्वजनिक प्रोफाइल पेज पनि बनाउन सक्नेछन् र नयाँ नयाँ आत्मिक मित्र र शुभ चिन्तकहरु भेट्न सक्नेछन । साईटमा रहेको बिभिन्न छलफल फोरममा सहभागी हुनुको साथ साथै आफ्नो लेख तथा रचनाहरु पनि राख्न सक्नेछन । देश् बिदेशमा रहेको इसाई दाजुभाइ तथा दिदिबहिनीहरु सँग आफ्नो प्रार्थना को बिषयहरु साटा-साट पनि गर्न सक्नेछन । भविष्यमा यस साईटलाई अझै भरिपुर्ण र अशिषमय बनाउने प्रयास गरिरहनेछौ ।

यो नेपाली ख्रिस्टियान वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रिस्टियानहरुको विसुद्ध सामाजिक सन्जाल मन्च हो । यस साईटमा रखिएको बिचार, तस्विर, भिडियो र अन्य सामाग्रीहरु सदस्यहरुको निजि हुन । त्यसमा नेपाली ख्रिस्टियान टिमको कुनै उत्तरदायित्व रहने छैन् । कुनै सामाग्री तपाईंको सर्वधिकारमा पर्दछ भने कृपया हामीलाई mail@nepalichristians.com मा वा nepalchristians@gmail.com मा संपर्क गर्नु होला । यस साईटलाई हामीले बर्षेपिछे शुल्क तिरेर चलाँउदै आएका छौ । यदि तपाईं हाम्रो यस साईटलाई दोनट गरेर सहयोग गर्न चाहनुहुन्छ भने कृपया हामीलाई निम्न उल्लेखित ईमेलमा संपर्क गर्नुहोला ।

धन्यबाद् ।
नेपाली ख्रिस्टियन व्यवस्थापन ।

Nepali Christians Website is a network portal for Nepalese Christians all over the world. It was launched on 2009 but brought into full service on 2010. The website is known to be useful for those who knows the grace of our Lord. The website will also be an important medium for those who doesn’t yet know about our Lord Jesus Christ. According to Bible the true followers of Jesus Christ are those who are not according to Deuteronomy but those who live lives in God’s will. These people who live their lives in God’s will can never stop themselves from sharing the salvation they received.

The main motive of this site is to bring all Nepali Christians into once place in this current competitive media age and strenthen the devotion to our Lord Jesus Christ and keep getting involved in his work. We look forward to give good knowledge to those who seek the right education and help them be strong in their spirit. Also to stop new believers from getting into false education and help them gradually move towards perfection. We believe that this website will help a lot in our Lord’s work. Our target is also to gather and unite all Nepali Christians living worldwide and make them feel united as one. There are many believers working and living abroad who are not able to go to the Church and we believe that this website will be of a greater help to them. They will also be able to discusss various Bible study matters and matters which they don’t understand. They can be physically absent but spiritually connected as one and be in service together which is our main motive and goal.

Members can create their public profile pages and make new spiritual friends and well wishers. They can also participate in various discussions at our forum and also publish their articles, poems and other materials. They will be able to share their prayer request with believers living all around the world. We will continuosly try to make this website full of belssing and resources in near future.

Nepali Christians website is an online web portal network for Nepalese Christians living all around the world. The thoughts, photos, videos and other contents provided in this website are their own. We have no responsibilities in such contents but we can eliminate them if problem occurs because of member contents. If any of the contents published in this website are copyright to you kindly mail us at mail@nepalichristians.com / nepalchristians@gmail.com. We are running Nepali Christians website and we have to pay for the hosting and domain renewal charges on yearly basis so if you want to help us run this website continuously kindly mail us on the email. Nepali Christians website uses Unicode font mostly, if you see distorted text then you might not have Unicode support in your system.

Thank you.
Nepali Christians Administration.

304 Views

मलाई मनपर्यो l (24)मलाई मन परेन l (2)
scroll to top